प्रधानमन्त्रीमा सुशील कोइराला निर्वाचित
नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन | व्यवस्थापिका संसदमा हाल कायम रहेको ५७१ सभासद मध्ये ४०५ मत प्राप्त गरेर कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
पिता बोधप्रसाद र माता कुमुदनी कोईरलाका ९ जना सन्तानमध्येका साईला छोरा हुन् शुसील कोईरला । जन्मकुण्डली हराएकोले उनको वास्तविक जन्ममिति कहिले हो त्यसको जानकारी कसैलाई छैन,तर विद्यालयमा भर्ना हुनेबेला उनको अन्दाजमा जन्ममिती वि।सं १९९४ माघ २१ गते बिहीबार राखिएको थियो । विराटनगरमा जन्मिएका कोईरालाको बाल्यकालको केही समय त्यही बित्यो ।त्यसपश्चात कञ्चनपूर हुदै नेपालगञ्ज पुगेर उनले प्रारम्भिक शिक्षा पूरा गरे । उनले हाईस्कुल पढ्न थाल्दा देशमा राणाविरोधी क्रान्ति अन्तिम चरणमा पुगिरहेको थियो । सानैदेखि विपी कोईरालाको परिवारसंग निकटता भएकोलेपनि उनमा विपीको ठूलो प्रभाव परेको थियो । त्यसैले सानैदेखि उनी राणविरोधी आनदोलनका पर्चा पम्प्लेटहरु बाड्दै हिड्थे ।
२००७ सालको क्रान्तिपछि अध्ययनका लागि उनी बनारस पुगे । उनले बि।ए। पास गर्ने तयारी गर्दैगर्दा नेपालमा राजा महेन्द्रले कु गरेर प्रजातन्त्रको चीरहरण गरे । नेपालमा विपी कोईराला लगायतका नेताहरु पक्राउ परेपछि शुसीलले भारतमा नै पञ्चायतविरोधी क्रियाकलापहरु सञ्चालन गरिरहे । पञ्चायतकालमा विमान अपरण गरेको आरोपमा उनले लामो समय भारतमा जेलसजाय भोगेका थिए । २०३६ सालको जनमतसंग्रह हुनुभन्दा १५ दिनअघि मात्रै उनी स्व।गिरिजाप्रसाद कोइएरालासंग नेपाल फर्किएका थिए ।२०४२ सालको सत्याग्रहमा पनि पटकपटक जेलनेल भोगेका शुसील कोईराला त्यसअघि नै २०३५ सालमा नेपाली काँग्रेसको केन्द्रिय सदस्य भईसकेका थिए । विपी कोईरालको निधनपश्चात पार्टीको कामका सिलसिलामा विदेश भ्रमण जानुपर्दा उनले आफ्नो जग्गासमेत बेचेर खर्चको जोहो गरेका थिए ।२०४८ सालको आम निवार्चनमा बाके क्षेत्र नम्बर २ बाट निर्वाचित भएपनि उनी कहिल्यैमन्त्री भएनन् । परराष्ट्रमन्त्री बन्नका लागि पार्टीका शीर्ष नेताहरु गणेशमानसिंह,कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालाको आग्रहलाई उनले अस्वीकार गर्दै पार्टीको कामका लागि आजीवन क्रियाशील हुने प्रण गरेका थिए । २०५१ को झापा महाधिवेशनपश्चात काँग्रेसको विदेश विभाग प्रमुख भए । त्यसपश्चात २ पटक महामन्त्री बनेका कोईराला उपसभापति, कार्यबाहक सभापति हुदै हाल काँग्रेसको निर्वापचित सभापति समेत बनेका छन् ।नेपाली काँग्रेसभित्र निष्ठाको राजनिती गर्ने र त्यागी नेताका रुपमा उनले आफूलाई सधै प्रस्तुत गर्दै आईरहेका छन् । हालसम्म कुनैपनि लाभको पदधारण नगरेका कोईराला सभापतिमा बिजयी हुनको लागि पनि उनको निष्ठावान् र त्यागी छविले नै सहयोग गरेका उनलाई बुझ्नेहरुको भनाई छ । शुसील कोईरालाले संगठनभित्र धेरै विवादहरुको सामनासमेत गरेका छन् । कोठे राजनिती गर्ने,गुटमा विश्वास गर्ने र भातृसंगठनहरुमाथि अनावश्यक हस्तक्षेप गर्नेगरेको आरोप उनलाई पार्टीभित्रबाटै लागिरहेको छ ।१२ औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएका सुशील कोइराला २०७० सालको संविधानसभा निर्वाचनमा बाँके र चितवनबाट निर्वाचित भएका हुन् । प्रधानमन्त्री उम्मेदवारका लागि एकल मनोनयन परेपछि उनले सवै दललाई मिलाएर सरकार गठन गर्ने बताएका थिए । पत्रकारहरुसँग कुरा गर्दै उनले एमाले, एमाओवादी सहित साना दललाई समेत सहभागि गराएर सरकार गठन गर्ने स्पष्ट पारेका थिए ।

0 comments