सामान्य मान्छे मात्र नभई कहलिएका मान्छेलाई पनि यो समस्याले सताउने गरेको छ । ओस्कार अवार्ड विजेता हलिउड अभिनेता जर्ज क्लुनी युवावस्थामा अनुहारको पक्षाघात -बेल्स पाल्सी) ले पीडित थिए । उनले केही समयअघि सञ्चारमाध्यमलाई बताएअनुसार केही व्यक्तिले उनको हाई स्कुल पढ्दाताकाको तस्बिर उनलाई देखाएर नराम्रो देखिएको टिप्पणी गरेका थिए । त्यतिबेला उनले आफूलाई अनुहारको पक्षाघात भएको जानकारी दिएका थिए ।
अनुहारको पक्षाघात भनेको मुहारका दुवैतर्फका नशामध्ये एउटाको क्षतिको परिणामस्वरूप अनुहारको एकातर्फ अस्थायी कमजोरी वा मांसपेशीको पक्षाघातले उत्पन्न अवस्था हो । बेल्स पाल्सीले अनुहारलाई मात्र प्रभावित गर्छ । यसैले कुनै व्यक्तिको शरीरका अन्य भागमा कमजोरी वा लक्षण भए त्यसो हुनुको कारण अर्को हुन सक्छ । चिकित्सा तथ्यपत्रअनुसार वयस्कमा हुने करिब ७५ प्रतिशत अनुहारको पक्षाघातको कारण बेल्स पाल्सी नै हो । 'यो रोग देखिनासाथ तुरुन्त स्नायु विशेषज्ञको सल्लाहमा उपचार थाल्नुपर्छ,' त्रिवि शिक्षण अस्पतालका वरिष्ठ स्नायु रोग विशेषज्ञ प्राडा. जगदीशप्रसाद अग्रवालले भने, 'यसको उपचारभन्दा पनि प्रबन्धन गर्नु महत्त्वपूर्ण हुन्छ ।' यो रोग अनुहारको सात नम्बरको नशा क्षतिग्रस्त हुँदा हुन्छ । तर यो स्थायी भने होइन । यसको खासै कुनै उपचारसमेत छैन ।
फुलटेक्रा रकर्स क्लब नेपालगन्जले सीटी कलेज टी २० क्रिकेट प्रतियोगिता -२०६८ को उपाधीमाथि कब्जा जमाएको छ। नेपालगन्ज युथ क्लबको आयोजनामा स्थानीय मंगलमाविमा भएको फाइनल खेलमा रकर्सले रोयल स्पोर्टसलाई ५ विकेटले पराजित गर्दै उपाधी हात पारेको हो।
रकर्सले टस जितेको सो खेलमा रोयलले पहिले व्याटिगं गर्दै १८.५ ओभरमा सबै विकेट गुमाई ११७ रन बनाएको थियो। कप्तान महेश क्षेत्रीले सर्वाधिक ३२ र ईमरान सिद्दिकीले २१ रन बनाएका थिए। रकर्सका रोहित राना र निर्मल ओलीले ३-३ विकेट लिएका थिए। प्रतिउत्तरमा ११८ रनको विजयी लक्ष्य लिएर खेल्न आएको रकर्सले १७.५ ओभरमा ५ विकेट गुमाउदै १२० रन बनाएपछि जित निश्चित भएको थियो।
आठ दिन चल्ने राष्ट्रिय खेलकुदमा नेपाली सेनाको टोली भने सहभागी हुने छैन। पाँच विकास क्षेत्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, माओवादीको पिएलए र विश्वविद्यालय गरी नौ टोलीका खेलाडीले ३१ खेलमा प्रतिस्पर्धा गर्नेछन्। २ हजार २ सय ३४ पुरुष र १ हजार ३ सय ८५ महिला खेलाडीसहित करिब ५ हजार खेलकर्मी सहभागी हुनेछन्।
सुदूरपश्चिमका धनगढी र महेन्द्रनगर लगायत स्थानमा प्रतिष्पर्धा हुनेछ। पहिलो दिन नौ खेल हुने आयोजकले जनाए।
सिद्धार्थ बैंकले संघसंस्था र सर्वसाधारणका लागि ४० करोड रुपैयाँको ऋणपत्र (डिबेन्चर) बिक्री गर्ने भएको छ । बैंकले ‘एसबीएल डिबेन्चर २०७५’ ऋणपत्र निष्कासन अनुमतिका लागि करिब दुई साताअघि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डले यसलाई स्वीकृत गर्न बाँकी छ ।
बोर्डलाई दिइएको प्रस्तावअनुसार डिबेन्चर किन्नेले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् । बैंकले डिबेन्चरको सावाँ सात वर्षमा फिर्ता गर्नेछ । “यो डिबेन्चरमा लगानी गर्नेले अर्ध–वार्षिक रूपमा ब्याज पाउनेछन्,” बैंकका वित्त तथा लेखा प्रबन्धक रामचन्द्र खनालले भने ।
राष्ट्र बैंकको निर्देशनअनुसार पुँजी पर्याप्तता अनुपात कायम गर्न डिबेन्चर निष्कासन गर्न लागेको बताउँदै खनालले भने, “बोर्डवाट फागुनसम्ममा निष्कासन अनुमति पाए चैतको पहिलो सातामा बिक्री खुला हुनेछ ।”
बोर्डलाई दिइएको प्रस्तावअनुसार डिबेन्चर किन्नेले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् । बैंकले डिबेन्चरको सावाँ सात वर्षमा फिर्ता गर्नेछ । “यो डिबेन्चरमा लगानी गर्नेले अर्ध–वार्षिक रूपमा ब्याज पाउनेछन्,” बैंकका वित्त तथा लेखा प्रबन्धक रामचन्द्र खनालले भने ।
राष्ट्र बैंकको निर्देशनअनुसार पुँजी पर्याप्तता अनुपात कायम गर्न डिबेन्चर निष्कासन गर्न लागेको बताउँदै खनालले भने, “बोर्डवाट फागुनसम्ममा निष्कासन अनुमति पाए चैतको पहिलो सातामा बिक्री खुला हुनेछ ।”
घरजग्गा व्यवसायमा समस्या भए पनि नयाँ अपार्टमेन्ट तथा हाउजिङमा लगानी गर्नेहरू १० महिनायता बढेका छन् ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय काठमाडौंका अनुसार २०६८ का १० महिनामा नयाँ र पुराना घरजग्गा व्यवसाय गर्ने कम्पनीले १ हजार ६ सय १० नयाँ अपार्टमेन्ट र हाउजिङ बनाउन स्वीकृति लिएका छन् । २०६७ मा ९ सय ७० नयाँ अपार्टमेन्ट तथा हाउजिङ बनाउन स्वीकृति लिइएको थियो । यो तीन वर्षयताकै बढी हो । गत माघमा मात्रै दुई नयाँ कम्पनीले घरजग्गा व्यवसाय गर्ने स्वीकृति लिएका छन् ।
व्यवसायीले यसलाई घरजग्गा व्यवसायको सुधार मानेका छन् । “नयाँ–नयाँ परियोजना आउने क्रम सुरु हुनु घरजग्गा कारोबारमा सुधारको संकेत हो,” नेपाल जग्गा तथा आवास विकास संघका सचिव भेषराज लोहनीले भने, “पछिल्ला महिनादेखि यो क्षेत्रमा केही सुधार भएका छन् ।”
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय काठमाडौंका अनुसार २०६८ का १० महिनामा नयाँ र पुराना घरजग्गा व्यवसाय गर्ने कम्पनीले १ हजार ६ सय १० नयाँ अपार्टमेन्ट र हाउजिङ बनाउन स्वीकृति लिएका छन् । २०६७ मा ९ सय ७० नयाँ अपार्टमेन्ट तथा हाउजिङ बनाउन स्वीकृति लिइएको थियो । यो तीन वर्षयताकै बढी हो । गत माघमा मात्रै दुई नयाँ कम्पनीले घरजग्गा व्यवसाय गर्ने स्वीकृति लिएका छन् ।
व्यवसायीले यसलाई घरजग्गा व्यवसायको सुधार मानेका छन् । “नयाँ–नयाँ परियोजना आउने क्रम सुरु हुनु घरजग्गा कारोबारमा सुधारको संकेत हो,” नेपाल जग्गा तथा आवास विकास संघका सचिव भेषराज लोहनीले भने, “पछिल्ला महिनादेखि यो क्षेत्रमा केही सुधार भएका छन् ।”
नेपाली कांग्रेसबाट व्रि्रोह गरी कांग्रेस प्रजातान्त्रिक गठनमा निकै महत्वपुर्ण भूमिका खेलेका पूर्वमन्त्री चिरञ्जीवी वाग्ले र कांग्रेसबाटै फोरम राजनीतिमा लागेका जयप्रकाश प्रसाद गुप्तालाई राख्न डिल्लीबजार कारागार प्रशासनले लाइबे्ररी नै फुटाउनुपरेको हो ।
भ्रष्टाचार अभियोगमा जेल सजाय पाएका विशिष्ट अभियुक्तलाई राख्न डिल्लीबजार कारागार प्रशासनले लाइब्रेरीलाई एउटा कुनामा थन्क्याएर कोठालाई आधा/आधा गरी बारेको छ । जेलमा कोठा नभएपछि एक वर्षघि पूर्वमन्त्री वाग्लेका लागि लाइब्रेरीको आधा भाग फुटाइएको थियो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक दुर्गाप्रसाद भण्डारीका अनुसार खाली कोठा नभएकाले उनीहरूलाई एउटै ब्लकको पनि पुस्तकालय नै विभाजित गरेर राख्नुपरेको हो । 'कैदी बन्दीको संख्या अत्यधिक छ, त्यसैले पनि पुस्तकालयको कोठा बारेर आधा/आधा बनाउनुपरेको हो,'
भ्रष्टाचार अभियोगमा जेल सजाय पाएका विशिष्ट अभियुक्तलाई राख्न डिल्लीबजार कारागार प्रशासनले लाइब्रेरीलाई एउटा कुनामा थन्क्याएर कोठालाई आधा/आधा गरी बारेको छ । जेलमा कोठा नभएपछि एक वर्षघि पूर्वमन्त्री वाग्लेका लागि लाइब्रेरीको आधा भाग फुटाइएको थियो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक दुर्गाप्रसाद भण्डारीका अनुसार खाली कोठा नभएकाले उनीहरूलाई एउटै ब्लकको पनि पुस्तकालय नै विभाजित गरेर राख्नुपरेको हो । 'कैदी बन्दीको संख्या अत्यधिक छ, त्यसैले पनि पुस्तकालयको कोठा बारेर आधा/आधा बनाउनुपरेको हो,'
हिरोइन ऋचा घिमिरेले फिल्म 'तुलसी'को पोस्टर सार्वजनिक गरेको भोलिपल्ट अर्की हिरोइन रेखा थापाले 'रावण'को प्रोमो निकालेकी छिन्। ऋचाले मंगलबार आफ्नो २९ औं जन्मदिनमा पोस्टर रिलिज गरेकी थिइन्। रावणको पोस्टर यसअघि नै रिलिज भइसकेको छ।
दुवै फिल्मको रिलिज डेट पनि सँगैसँगै हुने सम्भावना छ। कमलकृष्णको निर्देशनमा बनेको 'रावण'लाई चैत २७ मा रिलिज गर्ने योजना रेखाको छ भने ऋचाले नयाँ वर्ष ताकेकी छिन्। 'तुलसी'को सुटिङ अगाडि गरिएको भए पनि रिलिजमा 'रावण'ले उछिनेको छ।
फिल्म 'साथी म तिम्रो'को पत्रकार सम्मेलनमा अभिनेत्री रेखा थापाले भुवन केसीलाई 'थुप्रै शताब्दीदेखि क्रियाशील अभिनेता' भनेर व्याख्या गरिन्। रेखाको गल्ती सुनेर पत्रकार पंक्तिमा हाँसोको पर्रा छुट्यो।
पत्रकारको हाँसो सुनेपछि रेखाले 'किन हास्नु हुन्छ? मलाई सुन्न मन छैन भने बाहिर जानुस्,' भन्दै अंग्रेजीमा हप्काइन्। जब सञ्चारकर्मी सन्दीप सापकोटाले दशक र शताब्दीको अर्थ प्रष्ट पारे उनले थपिन्, 'म तपाईंसँग पछि कुरा गर्छु।'
अभिनेता भुवन केसीले अर्को फिल्ममा छोरा अनमोललाई मुख्य नायक बनाउने बताएका छन्। 'साथी म तिम्रो'मा छोटो भूमिकाबाट अभिनय थालेका अनमोललाई हिरो बनाएपछि आफू निर्देशनमा लाग्ने भुवनको मनसाय छ।राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भुवनले आफू निर्देशक र छोरो हिरो बन्ने फिल्मको स्क्रिप्ट लेखिरहेको जानकारी गराए। कार्यक्रममा उनले नराम्रा फिल्मले उद्योग बिगारेको औंल्याउँदै आफूले 'साथी म तिम्रो' राम्रो बनाएको दाबी गरे।
सुदूरपश्चिममा आइतबारदेखि सुरु हुने राष्ट्रिय खेलेकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अनलाइनखबरलाई जानकारी दिुनुभयो । ‘खेलाडी तथा पाहुनाका लागि बस्ने ठाउँ र खाने कुराको तयारी पूरा भएको छ’, लामाले भन्नुभयो, ‘ उद्घाटन समारोहको मञ्च र रंगशाला निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।’
शिक्षकका पेसागत संगठनले आइतबार देशभरका विद्यालय बन्द गर्न शनिबार कक्षा लिए । उनीहरूको पूर्वघोषणा अनुसार देशभरका सबै विद्यलाय त खुलेनन् तर खुलेका विद्यालयमा पनि साँच्चैको कक्षा चलेन । केही विद्यालयमा शिक्षकले पढाए, केहीमा पढाएको अभिनय गरे ।पेसागत सुरक्षा र अस्थायी सहकर्मी तथा कर्मचारीलाई स्थायी बनाउन देशभरका शिक्षक यतिखेर आन्दोलनमा छन् । शनिबारको आकस्मिक कक्षा आन्दोलनको एउटा रूप थियो तर यही आन्दोलनमार्फत एसएलसी परीक्षामा समेत नसघाउने गुरुहरूको घोषणा विद्यार्थीका लागि अलमलको विषय बनेको छ । शिक्षा मन्त्रालयसित पटकपटक भएका सहमति कार्यान्वयन माग गर्दै आन्दोलनमा उत्रेका शिक्षकको शनिबारको कक्षाभन्दा एसएलसीमा नसघाउने घोषणा विवाद र चर्चामा छ । घोषणालाई उनीहरूले भावनात्मक र उत्तेजनात्मक नभई बाध्यात्मक भएको बताइरहेका छन् ।
अध्यक्ष पुष्पकमल दाहालको बोलीमा बिश्वास नभएको भन्दै वाइसिएलले 'लिखित रुपमा आर्थिक प्याकेज उपलब्ध गराउने प्रतिबद्धता नजनाए दाहालकै निवास घेराउ गर्ने' चेतावनी दिएका छन् । वाइसीएल नेताहरुले 'वाइसीएलका लागि भनेर लडाकुबाट एक/एक हजारका दरले तलबबाट उठाएको रकम' सार्वजनिक गर्न माग समेत गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको वाइसीएल केन्द्रीय समिति बैठकमा प्याकेजलाई व्यवहारमा कार्यान्वयन नगरे पार्टीभित्र देखिएका बिकृतिको भण्डाफोर गर्ने अडान व्यक्त गरेका थिए । बैठकमा उपस्थित दाहालले भने 'छिट्टै प्याकेज उपलब्ध गराउने' मौखिक प्रतिबद्धता जनाए । प्याकेज दिन ढिलाइ भएकोमा दाहालले दुःख पनि व्यक्त गरेका थिए ।
आगामी सोमबारबाट लोडसेडिङ दैनिक एक घण्टा घट्ने भएको छ ।कुलेखानी जलायशमा पानी जम्मा भएको तथा चुहावट नियन्त्रणमा कमी आएकाले लोडसेडिङ प्रतिहप्ता ६८ घण्टामा झार्न लागिएको प्राधिकरण भार प्रेशण केन्द्रका प्रमुख चिरन्जिी शर्माले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो-’विद्युत चुहावटसँगै उपभोक्ताबाट पनि राम्रो सहयोग पाएका छौं ।’ हाल सातामा ७५ घण्टा लोडसेडिङ हुँदै आएको छ ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकले सरकार गठनताका माओवादीसँग भएको चारबुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।फोरम गणतान्त्रिकको केन्द्रीय कार्यसमितिको शनिबार बैठकले चारबुँदे सहमतिको कार्यान्वयनको स्थिति र सहमति पालनाको समीक्षाका लागि स्पष्ट कार्यादेश बनाउन कार्यवाहक अध्यक्ष राजकिशोर यादवलाई आफ्नै नेतृत्वमा तीन सदस्यीय समिति गठन गर्ने गरी जिम्मेवारी दिएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजेल, मट्टतिेल र हवाई इन्धनमा चार/चार रुपैयाँका दरले वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावतै राखिएको छ । यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर ११६, डिजेल र मट्टतिेलको मूल्य, ८५/८५ तथा आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ ।यद्यपि हवाई इन्धनको मूल्य कर्णाली अञ्चलमा उडान भर्ने जहाजका हकमा भने लागू नहुजे निगमले जनाएको छ । नेपाल आयल निगमका प्रवक्ता मुकुन्द ढुंगेलले गएराति बसेको निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको अनलाइनखबरलाई जानकारी दिनुभयो ।
करिब २०० ग्रामको भ्यागुता । कम्तिमा ५० हजार ग्रामको मान्छे । भ्यागुताभन्दा मान्छे ४८ हजार ग्राम ठूलो । अर्थात भ्यागुता जत्रो त मान्छेको खुट्टाको बुढि औंलानै हुन्छ। अनि कसरि भ्यागुताले मान्छेलाई यौन सम्पर्क गरे होला ? भ्यागुता यौन सम्पर्क गर्न आउन्जेल महिलाले के हेरेर बसिन् होला ? कौतुहलता जाग्दैन त ? यस्तोपनि कहि संभव छ ? जे सुकै भन्नुस संभव हुने रहेछ त । नेपालको पूर्वी जिल्ला चरिकोटमा भ्यागुताको यौन संपर्कबाट एक जना महिलाले बच्चानै जन्माइछन् ।
निर्मातामध्येका एक नरेन्द्र महर्जनले त ५१ दिनपछि ‘हंगामा’ हुने भविष्यवाणी नै गरे । बक्सअफिस स्थापनाको कारण देखाएर नेपाली सिनेमाको एउटा वर्गले ‘लुट’को आम्दानीलाई वाहियात भन्न सक्छ ।
एघारौ महिनामा आएर सिनेमाको ब्यापारमा सुधारको संकेत देखिएको छ । नयाँ कन्सेप्ट सहितका सिनेमा निर्माण भैदिंदा र युवा दर्शक नेपाली फिल्म प्रति आकर्षित भैदिंदा विग्रिएको सिने उद्योगमा उत्साह थपिएको छ ।
दशौ महिनाको सुरूवातबाट लुटले सिने बजारमा तहल्का मच्चाईदिंदा अहिले लुट पछि रिलिज भएको चलचित्रका निर्माता निर्देशकहरू केही हर्षित बनेका छन् । राम्रा सिनेमा निर्माण भईदिंदा समेत दर्शक हलसम्म नगएको अवस्थामा लुटबाट पुनः सुरू भएको दर्शक हल जाने प्रक्रियाले खस्किएको उद्योगमा राहत मिलेको छ । लुटले साढे दुई करोडको छेकोमा गस्र बटुलेको अवस्थामा त्यस पछाडीका सिनेमाले पनि आफूलाई कलेक्सनमा अब्बल तुल्याई रहेको छन् ।
|