यस वर्षदेखि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले पुनर्याेगपछि एसएलसी परीक्षाको उत्तरपुस्तिका हेर्न पाउने व्यवस्थालाई सरलीकृत बनाएको छ ।सबै विद्यार्थीले पुनर्योग गर्न पाऊँ भनेर सात सय रुपियाँ तिरे उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरिएको परीक्षा उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी गराए । उपनियन्त्रक अर्यालले बिहीबार भएको एक कार्यक्रममा सूचनाको हकसम्बन्धी ऐनको व्यवस्थानुसार पुनर्याेगको व्यवस्थालाई सरलीकृत बनाइएको बताए ।
एक टेलिभिजन प्रस्तोताले भित्री बस्त्र नलगाई सर्बियाली प्रधानमन्त्रीको अन्र्तवार्ता लिदा देखाइदिएकि छिन ।क्रोएसियन टेलिभिजनका लागि लिइएको अन्र्तवर्तामा एक मोडल प्रस्तोता हुन्छिन् । प्रधानमन्त्री आउनुअघि नै आफ्नो भित्री बस्त्र फुकालेर छोटो मिनी स्कर्ट लगाएकी मोडलले प्रधानमन्त्री भित्र छिर्नासाथ दुवै गालामा चुम्बन गर्छिन् ।प्रमलाई कुर्सीमा बसाएपछि उनले गम्भीर राजनीतिक कुराकानी थाल्छिन् । एउटा खुट्टामाथि अर्को खुट्टा खप्टाएर बसेकी ती मोडलले अन्तर्वाता लिने क्रममा खुट्टा खोल्छिन् । जतिबेला उनको भित्री बस्त्रले ढाक्नुपर्ने सवै चीज देखिन्छ । गम्भीर राजनीतिक बिषयमा जवाफ दिइरहेका सर्बियाली प्रधानमन्त्री छक्क पर्दै उनको दुर्लभ दृष्य हेरिरहेको टेलिभिजन फुटेजमा देखिएको छ ।
एमाओवादीको जिल्ला सम्मेलनमा वाइसिएलका कार्यकर्ताले पत्रकारलाई खोजी–खोजी आक्रमण गरेको समाचार लेखेको भन्दै वाइसिएलका कार्यकर्ताले दुई पत्रकारलाई धम्की दिएका छन् ।नेपाल पत्रकार महासंघ काभ्रेका सचिव, सौर्य दैनिकका सहकर्मी, चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतिराम तिमल्सिना र कान्तिपुर दैनिकका काभ्रे संवाददाता मनोज बस्नेतलाई वाइसिएलका कार्यकर्ताले धम्की दिएका हुन् । ‘तिमल्सिनालाई मंगलबार बनेपामा आक्रमण
गर्यौँ, भोलि पनि सिध्याइदिन्छु भन्दै धम्क्याए,’ तिमल्सिनाले भने । वाइसिएलका कार्यकर्ताले काभ्रे र काठमाडौंमा समेत जिल्लाका पत्रकारमाथि आक्रमण गर्ने योजना बनाइरहेका सूचना बुधबार पत्रकारका मोबाइलमा आइरहे ।असुरक्षित भएको महसुस गर्दै पत्रकारहरूले बुधबार दिउँसो सिडिओ ऋषिराम ढकाललाई शान्ति सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । पत्रकारहरूले मंगलबार कुटिएका पत्रकारहरूको उपचार, लुटिएका सञ्चारसामग्री फिर्ता तथा क्षतिपूर्ति तथा आक्रमणमा संलग्न वाइसिएलका कार्यकर्तालाई कारबाही माग गरेका छन् । souryadaily.com मा दैनिकमा खबर छ

काठमाडौं, माघ १९--
उच्चशिक्षामा छात्रवृत्ति पाउने आशामा कतिपय निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूले सरकारी विद्यालयबाट एसएलसी परीक्षामा दोहोरो रजिस्ट्रेसन गरेको पाइए त्यस्ता विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन्।
त्यस्ता विद्यार्थीहरूले चालु वर्षका लागि गरेको रजिस्ट्रेसन स्वतः रद्द हुने व्यवस्था परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गरेको छ। 'एसएलसी परीक्षाको तयारी'बारे शिक्षा पत्रकार समूहद्वारा आयोजित छलफल कार्यक्रममा परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले एसएलसी परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका दोस्रो संशोधन गरी नयाँ व्यवस्था गरिएको जानकारी दिए। गत वर्ष दुई हजार ८०० विद्यार्थीको दोहोरो रजिस्ट्रेसन देखिएको थियो।
यस वर्ष त्यस्तो रजिस्ट्रेसन भए/नभएको बारेमा अध्ययन भइरहेको भन्दै उपनियन्त्रक अर्यालले सो कार्यमा संलग्न विद्यालय र सम्बन्धित कर्मचारीलाई पनि कारवाही हुने बताए। उनका अनुसार त्यस्ता विद्यार्थीले रु. सात सय तिरेर सिधै नियन्त्रण कार्यालयमा उत्तरपुस्तिका हेर्न पाउँ भनी निवेदन दिन सक्नेछन्।
शिक्षाविद् डा तीर्थ खनियाँले परीक्षालाई प्राविधिक र प्रशासनिक बनाइएको टिप्पणी गर्दै गेसपेपर प्रतिबन्ध गरेर नियन्त्रण गर्नेतिरभन्दा मौलिक उस्तै खालको प्रश्नपत्र निर्माणको साटो चिट चोर्न नसके गरी प्रश्नपत्र बनाउन बनाउन सुझाव दिए।

शिक्षक सेवा आयोगले गराउन लागेको स्थायी शिक्षकको परीक्षामा दृष्टिविहीनका लागि समय थप लगायतका माग राख्दै दृष्टिविहीन युवा संघ नेपालले बिहीबार आयोगका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ । अरु परीक्षामा जस्तै दृष्टिविहीनका लागि १ घण्टा समय थप्नुपर्ने, मावि र निमावि तहमा आरक्षण वृद्धि गर्नुपर्ने र सहयोगी लेखकको स्पष्ट मापदण्ड निर्धारण गर्नुपर्ने माग राखी ज्ञापन पत्र बुझाईएको संघका अध्यक्ष कलाधर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगका अध्यक्ष उदयराज सोतीले मागप्रति आफू सकारात्मक रहेको भन्दै एक महिना भित्रमा नीतिगत रुपमै सुधारको प्रयास गरिने बताउनुभएको छ
शिक्षकले विद्यार्थीलाई दुव्र्यवहार र कुटपिट गरेको भन्दै स्थानीय अभिभावकले आज बिहान सर्लाहीको ईश्वरपुर–५, रामपुरस्थित आदर्श निम्न माध्यमिक विद्यालय घेराउ गरेका छन् । शिक्षक रामलाल रायले कक्षा ५ का विद्यार्थी शुशिल चौधरीलाई गत १५ गते अपशब्द बोल्दै लात्ताले भकुरेका स्थानीय अभिभावकको आरोप छ । साथै विद्यालयको घण्टी समेतले ती बालकलाई निर्घात कुटपिट गरेको अभिभावकले बताएका छन् । सिसा कलमका विषयमा दुई विद्यार्थीबीच भएको विवादको निहँुमा शिक्षक रायले गाली गलौज गर्दै जुत्ता सहितको खुट्टाले निर्घात कुटपिट गरेका पीडितका बुवा गुलन चौधरीले गुनासो गर्नुभयो । हिजो शहिद दिवसको विदा परेकाले अभिभावकहरु शिक्षक रायलाई कार्वाहीको माग गर्दै आज विद्यालय पुगेका हुन् । तर शिक्षक राय घरायसी कामले आज विद्यालय नआएकाले यस विषयमा छलफल हुन नसकेको प्रधानाध्यापक सहदेव सिंहले जानकारी दिनुभयो । आक्रोशित अभिभावकले भने डरले शिक्षक राय भागेको दावी गरेका छन् । प्रधानाध्यापक सिंहले यस विषयमा छलफल गर्न आगामी आईतबार अभिभावक बैठक बोलाएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष शिव गाउँलेले प्रेसको ज्याकेट लगाएर समाचार सङ्कलन गर्न गएका पत्रकार कुटिनु निन्दनीय भएको बताउनुभएको छ । उहाँले देशको नेतृत्व सम्हालिरहनुभएका प्रधानमन्त्रीको उपस्थितिमा घटना भएकाले एकीकृत नेकपा माओवादीले सार्वजिक रुपमा आममाफी माग्नुपर्ने पनि बताउनुभएको छ । एकीकृत नेकपा माओवादीका शीर्ष नेता सहभागी काभ्रे जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशनको समाचार सङ्कलन गर्न अस्ति बनेपा पुगेका जिल्लाका पत्रकारहरुमाथि वाइसीएलका कार्यकर्ताहरुले कुटपिट गर्दै प्रेसको ज्याकेट समेत च्यातेको घटनापछि अवस्था बुझ्न आज काभ्रे आइपुग्नु भएका अध्यक्ष गाउँलेले यस्तो बताउनुभएको हो । महासङ्घका अध्यक्ष गाउँले, केन्द्रिय सदस्यहरु बालकृष्ण बस्नेत, दिलिप थापा मगर र प्रेस चौतारीका उपाध्यक्ष राजेन्द्र अर्याल सम्मिलित टोलीले वाइसीएलको आक्रमणबाट घाइते र ज्यान मार्ने धम्की आएका पत्रकारहरुसँग छुट्टाछुट्टै भेट गरेको थियो । महासंघको टोलीले जिल्लामा क्रियाशील मानवअधिकारकर्मी, नागरिक समाजका अगुवाहरुसँग पनि घटनाको बारे जानकारी लिएको छ । टोलीले आक्रमण र धम्कीपछि काभ्रेका पत्रकारहरु त्रसित मानसिकतामा रहेको भन्दै सुरक्षाको प्रत्यभूति दिलाउन प्रशासनसँग माग गरेको छ । वाईसीएलको आक्रमणबाट ६ जना पत्रकार घाइते भएका थिए । गम्भीर घाइते ग्रेस एफएमका कृष्ण न्यौपानेको अझै पनि धुलिखेल अस्पालमा उपचार भइरहेको छ । यसैबीच जिल्लामा रहेका विभिन्न ११ वटा सामाजिक सङ्घसंस्थाहरुले आज प्रेस विज्ञप्ति निकालेर प्रशासनकै अगाडि पत्रकारमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।