
ठिमीका प्रहरी नायब उपरिक्षक राजन अधिकारीले यस्ता उजुरी कम पर्ने गरेको बताए । ‘गन्तव्य पुग्ने हतारो, उजुरी गर्दा आफै अपहेलित भइएला भन्ने भयले प्रहरीसम्म आउने थोरै देखिएका हुन्,’ अधिकारीले भने, ‘कतिपय चालक परिचालक, यात्रुहरुमा यस्ता कार्य दुर्व्यवहार हुन् भन्ने ज्ञानको कमी पाइन्छ ।’ विभिन्न अनुसन्धानले सार्वजनिक यातायात महिला मैत्री हुन नसकेको, युवावस्थाका महिला बढी दुर्व्यवहारको सिकार हुनु परेको देखाएको छ । सवारीमा नग्न महिलाका तस्बिर तथा अश्लिल सन्देश राख्नु पनि दुर्व्यवहार भएको प्रहरीको भनाइ छ ।
अभियान तीन चरणमा चल्नेछ । पहिलो चरणमा अभिमुखीकरण, दोश्रो चेतनामूलक प्रचार-प्रसार र तेश्रो कानुन कार्यान्वयन हुने अधिकारीले बताए । दोश्रो चरणको जनचेतनामूलक प्रचार-प्रसार शुक्रबारदेखि सुरु गरेको छ । सार्वजनिक सवारी साधन र यात्रु प्रतीक्षालयमा लैङ्गकि मैत्री यातायात सेवा बनाउने विषयको स्टिकस, सवारी साधनमा तुल झुण्डयाउने भएको छ । कार्यक्रम सफल पार्न बृतका सई लेखनाथ आचार्यले दोहोरी गीतको रचना गरेका छन् । जनचेतनामूलक कार्यक्रम आइतबारसम्म चल्ने अधिकारीले बताए ।
तेश्रो चरणको कानुन कार्यान्वयन गर्न अरनिको राजमार्ग र पेप्सिकोला दुवाकोट जाने बाटोमा २/२ ठाउँमा गुनासो सुन्ने डेक्स राखिने छ । निगरानीका लागि सवारीमा सादा पोशाकका महिला जुनियर प्रहरी अधिकृत खटाइने छ । ‘दुव्र्यवहार भएको देखेमा पीडकलाई अन द स्पट कमप्लेन हयाण्डलिङ्ग डेस्कको जिम्मा लगाउने र गल्ति जानकारी तथा महसुस गराउने अधिकारीले बताए । उनले भने, ‘गल्तिको प्रकृति अनुसार कारवाही हुन्छ ।’ सचेतनाका लागि प्रहरीले तयार गरेकेा
पर्चामा ‘सावधान महिलाउपर दुव्र्यवहार गर्दै हुनु हुन्छ भने तपाई सादा पोशाक प्रहरीको निगरानीमा हुनुहुन्छ’ लेखिएको छ । ‘महिलामाथि जानीजानी स्पर्ष गर्ने, संवेदनसील अंगमा छुने, अस्लिल शब्द प्रयोग गर्नु अपराध हो’ लगायत स्लगन सवारीमा राखिने छ । अभियानलाई मध्यपुर यातायात सद्भाव समिति, नयाँबाटो मिनिवस सद्भाव समिति, मध्य उपत्यका यातायात व्यवसायी संघ, पशुपति सार्वजनिक माइक्रोबस समिति र भक्तपुर मिनिबस समिति भक्तपुरले सहयोग गरेका छन । प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीले यस्ता कार्यक्रम भक्तपुरमा मात्रै नभई उपत्यकाको तीनै जिल्लामा लागू गर्नु पर्ने बताए ।
ekantipur.com

उक्त अवधिमा ३९ हजार ६६६ सवारी साधन कारबाहीमा परेकामध्ये ३४ हजार ४९१ सवारी साधनबाट मात्र राजस्व असुली भएको बताइएको छ । मापसे विरुद्धको अभियानअन्तर्गत ट्राफिक प्रहरीले मङ्सिरमा ५९७, पुसमा एक हजार ३२१, माघमा दुई हजार ८०८, फागुनमा पाँच हजार ९९१, चैतमा छ हजार ५६४, वैशाखमा पाँच हजार ४१४, जेठमा ५ हजार ४५ र असारमा पाँच हजार ७५१ वटा सवारी साधनका सवारी चालक कारबाहीमा परी राजस्व दालिखा गर्न आएको महाशाखाले जनाएको छ ।सवारी दुर्घटनामा कमी ल्याउनका लागि मादक पदार्थ सेवन विरुद्धको अभियानलाई अझ अनुशासित, प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गरिनु पर्छ भत्रे आमजनताको धारणा रहेको पाइन्छ ।
मादक पदार्थ सेवन गरेर जुनसुकै सवारी साधन चलाएको पाइएमा ट्राफिक प्रहरीले प्रति सवारीचालकलाई रु एक हजार जरिवाना गर्ने गरेको छ । यो अभियान सुरु गरिएपछि सवारीचालकहरूमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु हुँदैन भत्रे चेतनामा अभिवृद्धि हुँदै गएको पाइएको छ ।
दानाको मूल्य अत्यधिक बढेका कारण कुखुरापालक कृषकको आकर्षण मन्द गतिमा घटिरहेकाले बजारमा पर्याप्त कुखुरा नपाइएकाले समेत मासुको मूल्यमा बढोत्तरी भएको उनले स्वीकारे।
गत साउन महिनामा प्रतिकेजी रु २५० मा बिक्री हुँदैआएको ब्रोइलर कुखुराको मासुको खुद्रा मूल्य रु ५० देखि रु ५५ बढ्न गई हाल ३१० देखि ३१५ मा बिक्री वितरण भइरहेको छ। नेपालमा काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा दैनिक दुई लाख ५० हजार केजी मासु खपत हुने गरेको छ भने काठमाडौँ उपत्यकाबाहिर दैनिक एक लाख केजी मासु खपत हुने गर्छ।
दानाको मूल्यमा आकस्मिक मूल्य वृद्धि भएकै कारण मासुको उपभोक्ता मूल्य बढाउन बाध्य भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर बिसीले जानकारी दिए। गत सातादेखि नै बजारमा ब्रोइलर कुखुराको मासु प्रतिकेजी खुद्रा रु ३१० देखि ३१५ सम्म बिक्रीवितरण गर्ने प्रबन्ध मिलाइएको अध्यक्ष बिसीले बताए।
किसानले भने जिउँदो कुखुरा प्रतिकेजी रु १८५ देखि १९५ सम्ममा बिक्री गर्दैआएका छन्। उत्पादनमा सबैभन्दा धेरै मर्का किसानलाई परेको अध्यक्ष बिसीले उल्लेख गरे। स्वदेशमै उत्पादन हुनसक्ने मकै र भटमासमा समेत नेपाल आत्मनिर्भर हुने सकेको छैन भने अन्य अधिकांश कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने बाध्यताले नेपाली बजारमा कुखुराको मासुको मूल्य बढ्न गएको बताइन्छ। दाना उद्योगी व्यवसायीले भटमासको पिनामा भने प्रतिकेजी रु ५० बढी तिर्नुपर्ने भएको छ। आजभन्दा चार महिनाअघि दाना व्यवसायीले सोही पिनाको मूल्य भने रु ३५ मा खरिद गर्दैआएका थिए।
दाना उत्पादन गर्न आवश्यक पर्ने मकै, भटमासको पिना, हड्डी र माछाको सिद्रा भारतबाटै आयात गर्नुपर्ने नेपाली उद्यमीको बाध्यता भएकाले दानाको मूल्यमा उतारचढाब आइरहने बताइन्छ। कुनै बेला कुखुरापालनमा निकै हौसिएका र प्रशस्त लाभ बटुलिसकेका किसान दानाको मूल्यमा भारी वृद्धिका कारण व्यवसायबाट अलग भई गाईपालनतर्फ आकर्षित हुन थालेको पाइन्छ।
कुखुरा पाल्न थालेको दिनदेखि नै तनाब बेहोर्नुपरेका कारण आफू गाईपालन गर्ने सोचमा पुगेको हरि दाहालले बताउनुभयो। कुखुरा पाल्दा चल्ला मर्ने, दाना महँगो हुने, मासुको मूल्य भने जति नपाइने र बेलाबखतमा बर्डफ्लुको हल्लाले सस्तो मूल्यमा कुखुरा बिक्री गर्नुपर्ने भएकाले कुखुरा पाल्ने सोच हराएको छ- उहाँले थप्नुभयो । ।
नेपालमा सबै प्रकारका कुखुराका लागि दैनिक एक हजार ५०० टन दाना खपत हुने गर्छ तर सोही दाना आजभन्दा चार महिना पहिले दुई हजार २०० टन उत्पादन हुने गर्थ्यो। रासस
विश्वका होचा पुरुष नेपालका चन्द्रबहादुर डाँगी र विश्वकै होची महिला भारतकी ज्योती अम्गेबीच भेट भएको छ । गिनिज इतिहासमा होचा महिला र पुरुषबीच भेट भएको यो पहिलो भएको रेकर्डसले जनाएको छ । गिनिज रेकर्डमा नाम लेखेका डाँगीको उचाइ ५४. ६ सेमि र ज्योतीको ६२. ८ सेमि रहेको छ ।
ज्योती र डाँगीको भेट गिनिज बुक अफ वल्र्ड रेकर्ड २०१३ को सार्वजनिक कार्यक्रममा इटालीमा भएको हो । उनीहरुले आफ्नो रेकर्ड दर्ता गराएपछि फोटोशुट पनि गरेका छन् । ७२ वर्षीय डाँगी दौरा सुरवाल, ढाकाटोपीमा छन् भने ज्योती सारी चालोमा सजिएकी छन् । डाँगीले गिनिज मा आफूले अर्को नयाँ रेर्कड दर्ता गर्न पाएको खुसी भएको बताएका छन् । उनले आफ्नो परिवार, गाउँ र देशका लागि यो ठूलो कुरा भएको बताए । दुवैजनाले गत वर्षमात्र विश्वकै होचा पुरुष र महिलामा गिनिज मा आफ्नो रेकर्ड दर्ता गराएका हुन् । उनीहरूसहितको नयाँ गिनिज बुकको नयाँ संस्करणको किताब सेप्टेम्बरमा आउने रेकर्डसले जनाएको छ ।

पर्दा भित्र अनु शाहसँगको एकोहोरो प्रेममा परेका बाबु बोगटीले आफ्ना सुटिङका तस्विरहरू पहिलो पटक फेसबुक मार्फत सार्वजनिक गरेका छन् । तस्विरमा बाबु र अनुको लभलाई देख्न सकिन्छ ।
.jpg)
सिल्भर स्क्रिन सिने आर्ट्सको व्यानरमा बिष्णु बस्नेतले निर्माण गरेको सो फिल्मको केहि साता अगाडी सार्वजनिक गरिएको गीतलाई दर्शकले रूचाएको पाईएको छ । बाबु बोगटीको स्वर तथा संगीत रहेको सो गीतमा बाबु बोगटीले आफू कसैको लभमा परेको भावना गीत मार्फत व्यक्त गरेका छन् । उक्त गीतलाई कविराज गहतराजले करियोग्राफी गरेका हुन् ।