
न समाचार लेखेको, मेरो बारेमा नराम्रो र राम्रो दुबै समाचार नलेख भन्दै धम्काएकी हुन् । ‘तेरा बाउले बनाएको सिनेमा हो ? तँ साले प्रोड्युसर होस् ?’- सुमिनाले फोनमा भनिन् ।यस्तै उनले तँ साले खाते, भन्दै पत्रकार आवाजलाई मारेर फालिदिने धम्की दिएकी हुन् । ‘तँ सालेले मलाई चिनेको रैनछस्, तेरो टाउको झोलामा र खुट्टा खोलामा पुर्याइदिन्छु ।’- नायिका घिमिरेले फोनमा धम्काउदै भनिन् । करिब ४ मिनेट फोन गरेकी घिमिरेले पत्रकार आवाजलाई असभ्य भाषामा गाली गरेको अडियो रेकर्ड अनलाइनखबरसँग सुरक्षित छ ।
नेपाली मिडियामा चलचित्रहरु र त्यसमा अभियन गर्ने नायक नायिकाहरुका विषयमा समीक्षा हुनुलाई समान्य मानिन्छ । सुमिनाका बारेमा अनलाइनमा छापिएको समाचारमा सुमिनाले खेलेका चलचित्रबारे समीक्षा गरिएकोमा यसैलाई आधार मानेर ‘टाउको झोलामा खुट्टा खोलामा’ भन्दै नायिकाको धम्कीले उनी चलचित्रमा मात्रै असफल हैन, सांस्कृतिक स्तरको हिसाबले पनि कमजोर छिन् भन्ने देखाएको छ । नायिका जस्तो संस्कृतिकर्मीले यस्तो तल्लोस्तरको भाषा बोल्ला भनेर सभ्य समाजमा कल्पनासम्म गर्न सकिँदैन ।
अनलाइनखबरले खबर प्रकाशित गरेको छ |
गाली गरेको अडियो रेकर्ड

एसीसी ट्वान्टी-२० कप क्रिकेटको उपाधी लगातार चौथो पटक अफगानिस्तानले जितेको छ ।नेपाललाई ७ विकेटले पराजित गर्दै अफगानले उपाधी रक्षा गरेको हो । अघिल्ला खेलहरुमा जस्तो व्याटिङ र बलिङ दुबै चल्न नसक्दा पहिलो पटक फायनल पुगेको नेपाल उपविजेतामा सिमित भएको छ ।नेपालले प्रस्तुत गरेको १ सय ३६ रनको विजयी लक्ष्य अफगानिस्तानले १३ बल बाँकी छँदा मात्र ३ विकेटको क्षतिमा भेट्टयो । उसका लागि गुल्वादिन नाभीले अविजित ४३ रन बनाए । नेपालका कप्तान पारस खड्का र शक्ति गौचनले समान १-१ विकेट लिए ।
यसअघि त्रिबि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो ।