
पूर्वप्रधानमन्त्री तथा काठमाडौं २ का एमाले उम्मेद्वार माधवकुमार नेपाल मतदाता घरदैलो अभियानमा हेल्मेट नलाएका मोटरसाइकल चालकको पछाडी बसेर दौडिरहनु भएको देखिएको छ।यसले के प्रष्ट पार्छ भने, कानून सानाका लागिमात्रै हो, ठूलालाई होइन । माधव नेपालको कार्यक्रममा हिँडेका केहीले हेलमेट लगाएका थिए भने केहीले लगाएका थिएनन।पूर्वप्रधानमन्त्री तथा काठमाडौं २ का एमाले उम्मेद्वार माधवकुमार नेपाल मतदाता घरदैलो अभियानअन्तर्गत सोमबार काठमाडौंको मूलपानी-५ स्थित दलित वस्तीमा यसैगरी हेलमेट नलगाएका चालकको पछाडि बसेर कुदीरहनु भयो ।ट्राफिक नियम मिचेर हिड्नुभएको उहाले बिसुंखे टोलमा दलित समूदायलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले दलितका छोराछोरीलाई निःशुल्क शिक्षा तथा नर्सिङतर्फ निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने निर्णय आफ्नै नेतृत्वको सरकारले गरेको जानकारी दिनुभयो ।नेपालले दलित बस्तीमा पुगेर भन्नुभयो ‘वास्तविक रुपमै दलित समुदायलाई साहारा दिने पार्टी एमाले नै हो ।’
मतदाता घरदैलो कार्यक्रमअन्तर्गत सोमबार नेपालले मूलपानीको वडा नं ५, ६ र ९ का मतदाताहरुसँग भेटघाट गर्नुभएको थियो ।
Recent Updates
Recomment to Your Friends
Current Views