मागको तुलनामा आपूर्ति बढेपछि पोल्ट्री व्यवसायमा लगानी गरेका देशभरका करिब ८ हजार कुखुरा पालक किसान पलायन भएका छन् । देशभरका कुखुरा पालक किसानहरूको संगठन राष्ट्रिय कुखुरा पालक किसान संघका अनुसार ७ देखि ८ हजार किसान यस पेसाबाट पलायन भएका छन् । 'देशभर १५ हजार हाराहारी किसान संघका सदस्य थिए,' संघका अध्यक्ष हेमचन्द्र शाहले भने, 'तर एक वर्षयता ७/८ हजार सदस्य अन्य पेसातर्फ लागेका छन् ।'संघका अनुसार बजार मागको दाँजोमा कुखुरा उत्पादन बढ्नु, बढ्दो लोडसेडिङ, फैलँदो बर्डफ्लु, ह्याचरी/पोल्ट्री उद्यमीहरूको एकाधिकार र जो पनि बिनाअध्ययन कुखुरापालनमै लागेका कारण यस पेसाबाट पलायन हुने बढेका हुन् । कुखुरा पालनबाट पलायन हुनेहरू तरकारी खेती, च्याउ खेती, व्यापार, पशुपालन, वैदेशिक रोजगारलगायत क्षेत्रमा सरेको संघको अनुमान छ ।'लगानी थोपरियो, सहरी क्षेत्रमा मासुको आपूर्ति बढ्यो तर बजारको आकार बढेन अनि धेरै किसान घाटामा गए फार्म बन्द गरी पलायन हुनुको विकल्प नै भएन,' ९ वर्षदेखि राजधानीको काभ्रेस्थलीमा हिमाल पोल्ट्री फार्म सञ्चालन गरिरहेका अध्यक्ष शाहले भने । पोल्ट्री क्षेत्रमा घाटा बढेपछि उनी अघिका संघका अध्यक्ष गोकर्ण घिमिरे पनि यस बेला नेपालबाटै पलायन भइसकेका छन् । 'गोकर्णजी जितफुरफेदीको फार्म बन्द गरी २ वर्षअघि नै नेपाल छाडेर न्युजिल्यान्डतिर लाग्नु भो,' शाहले भने ।संघले केही महिनाअघि सार्वजनिक गरेको अनुमानित तथ्यांकअनुसार देशभर पोल्ट्री क्षेत्रमा मात्रै ३५ अर्बभन्दा बढी लगानी छ । संघमा आबद्ध सक्रिय सदस्यहरू घट्दै गएपछि किसानले राजधानीको बालाजुमा राखेको केन्द्रीय कार्यालय ८ महिनायता बन्द गरेका छन् । '३ हजार रुपैयाँ बहालमा केन्द्रीय कार्यालय थियो, उनले भने ।धेरै साथीहरू पलायन भएपछि कार्यालय नै हटाइदियौं,' पलायन हुने क्रम नरोकिएको मूलपानीका अर्का किसान मीनबहादुर विश्वकर्माले बताए । 'दाना उद्योगी, डिलर, कोल्ड स्टोर र ह्याचरीहरूको मनोमानी छ, किसानले त प्रतिचल्लामा ४० रुपैयाँसम्म घाटा बेहोर्नुपरेको छ,' महिना दिनअघि आन्दोलनमा समेत उत्रिएका विश्वकर्माले भने, 'जसरी जग्गा कारोबार डुब्यो त्यसरी नै यो व्यवसायमा पनि संकट आएको छ, सरकारले हस्तक्षेप नगरे हजारौं किसानको लगानी डुब्ने छ त्यो सबै बैकको ऋण हो। किसानको लगानी डुबाउनमा कुखुरा ओसार्ने सवारीसाधन, खरिद गर्ने डिलर, कोल्ड स्टोर, चल्ला दिन ह्याचरी र कमसल भिटामिन बिक्री गर्ने एग्रोभेटको पनि भूमिका रहेको शाहले बताए । किसानका अनुसार डिलरले फार्ममै गई कुखुरा राति तौलिने, ओसार्ने ड्राइभर सहचालकले बीचबाटैमा कुखुरा गायब गर्ने, फिड उद्योगीले कमसल र बिग्रेको दाना बिक्री गर्ने, एग्रोभेटले विदेशी ब्रान्डमा नेपालमै तयार पारिएका कमसल औषधि र भिटामिन बिक्री गर्ने समस्या देखिएका छन् ।बजार नपाएपछि किसानहरू चल्लाको संख्या पनि घटाउँदै छन् । 'डेढ लाखसम्म चल्ला पाल्ने किसानले अहिले ६/७ हजार चल्ला हालेको सुनिरहेको छु,' उनले भने । कृषि विकास मन्त्रालयका अनुसार राजधानीमा सबैभन्दा धेरै कुखुरा पालन हुने क्षेत्र जितपुरफेदी, धर्मस्थली र काभ्रेस्थली हुन् । तर यी क्षेत्रमा हाल किसानका फारम घट्दै गइरहेका छन् ।
चिउरा कुट्ने मुसलले हिर्काएर सिन्धुपाल्चोकमा मंगलबार राति दम्पत्तिको हत्या भएको छ ।टाउकोमा गहिरो चोट देखिएको दम्पत्तिको घटना स्थलमै मृत्यु भएको छ । मारिएकाहरुमा लिस्ती-५ भाल्दूङ गाउँका अन्दाजी वर्ष ६५ का भक्तबहादुर प्रधान तथा उनकी पत्नि मानकुमारी प्रधान छन् । प्रहरी निरीक्षक विष्णु लामिछानेका अनुसार दम्पत्तिलाई उनीहरुकै घरको मझेरीमा रक्ताम्मै अवस्थामा भेटिएको थियो ।सम्पत्ति लुटपाट गर्ने योजनामा उनीहरको हत्या गरिएको अनुमान प्रहरीले गरेको छ ।
बुटवल बसपार्कमा रोकिराखेको बसभित्रै किशोरी बलात्कृत भएकी छन् । रोल्पा नुवागाउँ गाविस–४ घर भई कामका लागि बुटवल आएकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् । तीन जनाबाट बलात्कृत भएकी उनको पाठेघर च्यातिएको छ भने उनी कहिले अचेत हुन्छिन त कहिले डराउने र चिच्याउने गरेको सौर्य सहितका आजका पत्रकपत्रिकामा खबर छ । ८ पुसमा बेलुका भएको घटना एक महिनापछि मात्र सार्वजनिक भएको हो ।
किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा बुटवल–९, दीपनगरका १७ वर्षीय भीमबहादुर सुनार, सोही ठाउँका २३ वर्षीय रमेश थापा र स्याङ्जाको वालिङ–१ का १९ वर्षीय हरि पाठकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका एसपी राजकुमार बैदवारले बताए ।
सौतेनी आमाको दुव्र्यवहार सहन नसकी गाउँकै एक युवाको सहयोगमा कामका लागि बुटवल आएकी किशोरीलाई बुटवल बसपार्कमा रोकी राखेको लु १ ख ३६०८ नम्बरको बसमा लगेर तीनजनाले सामूहिक बलात्कार गरेका थिए ।
मुख थुनेर हातखुट्टा बाँधेर नियन्त्रणमा लिएर बलात्कार गरिएको पीडित किशोरीले प्रहरीसामु बताएकी छन् । घटनाको एक महिनापछि तीनै अभियुक्तलाई इलाका प्रहरी कार्यालय बुटवलले सार्वजनिक गरेको हो । अभियुक्तमध्ये सुनारलाई ८ पुसमा उसकै बयानका आधारमा, अर्का अभियुक्त थापालाई ९ पुसमा घरैबाट पक्राउ गरेको थियो । उनीहरू पुर्पक्षका लागि थुनामा छन् । एक महिनाको खोजतलासपछि ८ माघमा पाठकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
किशोरी बलात्कारपछि दाङ जाने गाडी चढाइदिन्छु भन्दै लैजाँदै गर्दा ८ पुसमा सुनारलाई गस्तीमा रहेको वडा प्रहरी कार्यालय बुटवलको प्रहरी टोलीले पक्राउ गरेको थियो, पीडितलाई बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारार्थ लगिएको थियो । मुख्य अभियुक्त पक्राउ नगर्दासम्म घटनालाई प्रहरीले गोप्य राखेको बताएको छ । घटनामा संलग्न सबै पक्राउ भएपछि मात्रै प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो
गुगलको नक्शा सम्बन्धि साइट गुगल म्याप्समा अहिलेसम्म उपलब्ध नभएको उत्तर कोरियाको नक्सा सार्वजनिक गरेको छ ।गुगलको म्याप मेकर टुल्सको प्रयोग गरी तयार पारिएको उत्तर कोरियाको नक्सांकनलाई गुगलले पहिलोपटक आफ्नो वेबसाइटमा उपलब्ध गराएको हो । यो टुल्समा सर्वसाधारणले उपलब्ध गराउने तथ्य तथा जानकारी र स्याटेलाइट तस्वीरको संयोजनबाट पूर्ण नक्सातयार पारिन्छ ।

गुगलम्याप मेकर कावरिष्ठ म्यानेजर जयन्त मेसोरले केहीवर्षको प्रयास पछि उत्तर कोरियाको पूर्ण नक्सा तयार पारिएको र अहिले गुगल म्याप्समा उपलब्ध भैसकेको जानकारी दिए । यो सँगै अब गुगल म्याप्समा गएर उत्तर कोरियाको विस्तृत नक्सा तथा जानकारी प्राप्त गर्न सकिनेछ,
विश्वमा सूचना प्रविधिको विकाश भैरहेपनि अरु विश्वबाट अलग्गै रहेको कम्युनिष्ट मुलुकउत्तर कोरियाको आन्तरिक वस्तुस्थिति तथा भौगोलिक अवस्थाका विषयमा अरु देशका मानिसले जानकारी पाउननिकै कठीन छ । निकै नियन्त्रित सासन व्यवस्था रहेको उत्तर कोरियामा मानिसहरुले गुगल चलाउन प्रतिबन्धित छ । त्यसकारण गुगलको यो नक्सा तयार गर्दा उत्तर कोरियालीहरुबाट सूचना तथा तथ्यांक प्राप्त हुन सकेन । लगभग पूर्ण रुपमा स्याटेलाइट तस्वीरमा आधारित उत्तर कोरियाको गुगल म्यापमा केही दक्षिण कोरियालीहरुले उपलब्ध गराएका सूचना र केहीकच्चा नक्साहरुको सहायतापनि लिइएको छ ।


ट्युसन सेन्टरहरू नियमनमा नआउँदा विद्यार्थीहरूको पढाइ अव्यवस्थित भएको भन्दै अनेरास्ववियुले त्यस्ता ट्युसन केन्द्रहरू अनुगमन सुरु गरेको छ ।

महिला माथि जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थली डेरा गरी बस्ने १८ वर्षीया सावित्री तामाङ ( नाम परिवर्तन) लाई आज विहान दुई यवकले जवरजस्ती अनुचित कार्य गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर जिल्ला बरीया–९ घर भएका १९ वर्षीय लालबहादुर तामाङ र २७ वर्षीय लीलाबहादुर तामाङ रहेका छन् ।
सावित्रीले विहान साढे छ बजे आफूलाई जबरजस्ती अनुचित कार्य गरेको उजुरी दिए पछि महानगरीय प्रहरी वृत्त ठिमीबाट गएको टोलीले दुबै जनालाई पक्राउ गरेको थियो
मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थली डेरा गरी बस्ने १८ वर्षीया सावित्री तामाङ ( नाम परिवर्तन) लाई आज विहान दुई यवकले जवरजस्ती अनुचित कार्य गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर जिल्ला बरीया–९ घर भएका १९ वर्षीय लालबहादुर तामाङ र २७ वर्षीय लीलाबहादुर तामाङ रहेका छन् ।
सावित्रीले विहान साढे छ बजे आफूलाई जबरजस्ती अनुचित कार्य गरेको उजुरी दिए पछि महानगरीय प्रहरी वृत्त ठिमीबाट गएको टोलीले दुबै जनालाई पक्राउ गरेको थियो
चलचित्र क्षेत्रमा योगदान दिएको व्यक्तिलाई चलचित्र बोर्डको नेतृत्व दिनुपर्ने माग गर्दै आजबाट आमरण अनसन सुरु गरेका चलचित्रकर्मीलाई नेकपा एमालेका नेता केपी ओलीले अहिलेको सरकार छिट्टै ढल्ने दाबी गर्दै अब धेरै दिन आन्दोलन गर्नु नपर्ने बताउनुभएको छ । नेता ओलीले चलचित्रकर्मीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै दलहरुले पनि चलचित्रकर्मीको आन्दोलनलाई साथ दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले चलचित्र क्षेत्रको विकासका लागि बोर्डमा व्यावसायिक मान्छे नै आउनु पर्ने भन्दै आन्दोलनलाई निष्कर्षमा पु¥याउन सुझाव दिनुभयो । हरेक क्षेत्रलाई कार्यकर्ता भर्तीको केन्द्र बनाउने सत्तारुढ दलको नीति चलचित्र क्षेत्रमा पनि भएको भन्दै ओलीले आपत्ति जनाउनुभयो ।ओलीले भन्नुभयो-’सद्धे मान्छेलाई समेत धुलो पारेर कुट्दा पनि मरेन भनेर गाड्ने जातकाहरुले तपाईंहरुको माग पूरा गर्छन् जस्तो मलाई लाग्दैन’ पत्रकार डेकेन्द्र थापाको प्रसंग निकाल्दै ओलीले भन्नुभयो । उहाँले चलचित्रकर्मीहरुको जायज मागलाई सम्बोधन नगरी दुःख दिएको भन्दै सरकारको विरोध पनि गर्नुभयो
धम्कीका कारण दैलेखबाट विस्थापित भएका २२ जना पत्रकार आज जिल्ला फर्किएका छन् । पत्रकार डेकेन्द्रराज थापाको हत्या आरोपीलाई पक्राउ गरेपछि अनुसन्धान अघि बढाउन दबाब दिएका दैलेखका पत्रकारहरुलाई स्थानीय एकीकृत माओवादी र नेकपा माओवादी कार्यकर्ताहरुले ज्यान मार्ने धम्की दिएपछि ६ दिनदेखि सुर्खेत आएका थिए । काठमाण्डुबाट गएको नेपाल पत्रकार महासंघको टोलीको अगुवाइमा पत्रकारहरु फर्किएका हुन् । फर्किएका पत्रकारहरुलाई दैलेख बजारमा अबिर र माला लगाएर स्वागत गरिएको थियो । क्षेत्रीय प्रशासक कार्यालय, सुरक्षा निकाय, राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघको टोलीसँगै विस्थापित पत्रकारहरु दैलेख गएका हुन् ।
प्रधानमन्त्री बाबुराम भट्टराई काभ्रे आउने भएपछि सरकार विरुद्ध आन्दोलनमा उत्रिएका विपक्षीदलहरुले विरोध प्रर्दशन गरेपछि आज झडप हुँदा पत्रकारसहित विपक्षी दलका नेताकार्यकर्ताहरु घाइते भएका छन् । त्यसक्रममा पत्रकार भोला थापा, मोतीराम तिमल्सिना, मनोज बस्नेत, कृष्ण न्यौपाने, प्रकाश सुन्दास, केशव पौडेल, रामकृष्ण चापागाईं, कृष्णचन्द्र बन्जारालगायतलाई पनि दुव्र्यवहार गर्दै घाइते बनाएका छन् । पत्रकारमाथि आक्रमणपछि पत्रकारहरुले विरोधस्वरुप कार्यक्रम बहिस्कार गरेका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष एवं प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र अर्का उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ काभ्रे जिल्ला अधिवेशनका लागि आज काभे्र आउनुभएको थियो । प्रधानमन्त्री आउने थाहा पाएपछि विपक्षीहरुले प्रधानमन्त्रीलाई जिल्ला प्रवेश निषेधको घोषणा यसअघि नै गरेका थिए र आज विरोध गर्दै प्रदर्शनमा उत्रिएका हुन् । प्रर्दशनका क्रममा कम्तीमा ६ जना विपक्षी दलका नेता कार्यकर्ता घाइते भएकोमा काङ्गे्रस कार्यकर्ता गणेश केसीको अवस्था गम्भीर भएकाले उपचारका लागि काठमाण्डु रिफर गरिएको छ ।पत्रकारमाथि आक्रमण गरेपछि बसेको पत्रकार महासंघ काभे्र शाखाको आकस्मिक बैठकले एकीकृत माओवादीको समाचार बहिष्कार गर्ने निर्णय गरेको छ भने प्रशासनले पनि पत्रकारको सुरक्षामा चासो नदेखाएको भन्दै आपत्ति जनाएको छ ।
यसैबीच काभे्रमा पत्रकारहरुमाथि भएको घटनाको पे्रस चौतारी नेपालले घोरभत्र्सना गरेको छ । चौतारीका सचिव लक्की चौधरीले विज्ञप्ति निकालेर प्रधानमन्त्री गएको कार्यक्रममा समेत पत्रकारमाथि कुटपिट हुनुले सरकार पत्रकारहरुको शान्ति सुरक्षाप्रति गम्भीर नभएको स्पष्ट भएको भनिएको छ ।