महिलाहरूले २८ वर्षको उमेरमा आफूलाई सबैभन्दा सेक्सी मान्ने गरेको पत्ता
लागेको छ। हालै बेलायतमा गरिएको एक सर्वेक्षणमा यस्तो नतिजा निस्केको हो।
सामान्यतया जुनसुकै उमेरका भए पनि अधिकांश महिलाहरू आफ्नो शारीरिक बनावट वा फिगरबारे कुनै न कुनै गुनासो गरिरहेका हुन्छन्। महिलाका लागि स्वास्थ्य सामग्री उत्पादन गर्ने एक बेलायती कम्पनीले सर्वेक्षण गरेको थियो। बेलायती महिलालाई सोधिएका विभिन्न प्रश्नमध्ये एउटा महिला भएकोमा कस्तो लाग्छ भन्ने थियो।
सर्वेक्षणमा सहभागीमध्ये ४१ प्रतिशत महिलाले आफ्ना पयर लामा र सुडौल होस् भन्ने चाहना राखेको बताए। २८ वर्षको उमेरताकाको फिगरमा अधिकांस महिला सबैभन्दा बढी सन्तुष्ट र खुशी हुने गरेको सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणमा महिलाहरू ३२ वर्षको उमेरमा सबैभन्दा बढी आत्मविश्वासी हुने नतिजा देखिएको छ। ३२ वर्षको उमेरमा महिला पूर्ण आत्मविश्वासी हुुनुमा उनीहरूलाई सहयोग गर्ने साथी र परिवारको हात रहने पाइयो।
सर्वेक्षणमा दुई हजार महिलाको सहभागीता थियो। सहभागी दुई हजार महिलामध्ये ७५ प्रतिशत महिलाले आफ्नो कुनै अंग फेर्न पाए पनि आफ्नो ‘बडी सेप' जस्ताको तस्तै राख्ने बताए।
२३ प्रतिशत महिलाले आँखा, २० प्रतिशतले वक्ष र १३ प्रतिशत महिलाले दिमागलाई आफ्नो सबैभन्दा आकर्षक अंग बताए। फेर्नु परे कुन अंग फेर्नु हुन्छ भन्ने प्रश्नमा ४१ प्रतिशत महिलाले लामो र सुडौल पयर बनाउन चाहने जवाफ दिए। सर्वेक्षणमा महिलालाई अग्लो हिल जुत्ता लगाउँदा, मेकअप गर्दा, हेयरस्टाइल बनाउँदा र बाहिर जानुअघि तयार हुदाँ सबैभन्दा आनन्द लाग्ने तथ्य पत्ता लागेको छ।
सर्वेक्षणमा सहभागीमध्ये आधा महिलाले आफ्नो जीवनबारे धेरै सोचेर टाउको दुखाउन नचाहेको बताए। कामसँग सम्बन्धित कठीनता र आफ्ना पतिलगायत मित्रले छोडेमा महिलामा आत्मविश्वास घट्ने तथ्य समेत अध्ययनमा फेला परेको छ।

यसबाहेक १० वर्षमा एक ओछ्यानबाट औसत ३ हजार ६ सय ५० ट्वीस र १४ हजार ६ सय टेक्स्ट म्यासेज गरिने गरिन्छ ।
अध्ययनले यो पनि देखाएको छ कि बेलायतीहरु १० वर्षमा मात्रै २ वर्ष र ८ महिना आफ्नो ओछ्यानमा सुत्ने गर्छन् । त्यस्तै यस समयमा ३ हजार ६ सय ४० पटक अंगालो मार्ने काम हुन्छ भने ४ हजार १ सय ६० पटक चुम्बन हुने गर्छ ।
डेलिमेलमा प्रकाशित रिपोर्ट बमोजिम बेलायतीहरु १० वर्षमा ३८ घण्टा ५० मिनेट फोनमा कुरा गरेर बिताउने गर्छन् भने ७० दिन भन्दा धेरै फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालहरुमा समय व्यतित गर्ने गर्छन् ।

इमेज च्यानल स्वयंले च्यानल बन्द हुनुको कारण स्पष्ट हुन नसकेको समाचार प्रसारण गर्यो । त्यसका समाचार सम्पादक महेन्द्र बिष्टले भने ‘हामीले सरकारविरुद्ध समाचार बजाएका कारण दबाबमा बन्द गरिएको हुनसक्छ ।’ त्यसपछि प्रेस चौतारी र प्रेस युनियनलगायतका पार्टी निकट पत्रकारका संस्थाहरुले प्रधानमन्त्रीको दबाबमा इमेज टेलिभिजन बन्द गरिएको ठोकुवा गर्दै विज्ञप्ति निकाले ।
तर, इमेज टेलिभिजन बन्द गर्ने केवल टेलिभिजन संघका सदस्य एवं सुबिसु केवलका संचालक सुधीर पराजुलीले भने त्यस्तो हल्लालाई ‘बकम्फुसे हल्ला’ मात्र बताए । ‘हामी अहिले सरकारले ल्याएको संसोधित ऐनको बिरोध गरिरहेका छौं’ उनले भने( ‘सरकारलाई दबाव दिने आन्दोलनको घोषित कार्यक्रमअनुसार इमेजको प्रसारण बन्द गरिएको हो, प्रधानमन्त्रीको दबाबमा भन्नु बकम्फुसे हल्लामात्र हो ।’
माघ २ गतेदेखि नेपाल टेलिभिजन र एनटीभी प्लस टेलिभिजन पनि बन्द गर्न लागेको जानकारी गराउँदै पराजुलीले भने( ‘स्वयं प्रधानमन्त्री भट्टराई इमेज टीभीको बाषिर्कोत्सव कार्यक्रममा सहभागी भइरहेका बेला हामीले प्रसारण काटेका हौं, प्रधानमन्त्री कार्यालयको दबाब भन्नु धमिलो माछा मार्न खोज्नु हो ।’
आफ्ना माग पूरा नभए माघ ९ गतेदेखि सबै टीभीको प्रसारण बन्द गर्ने कार्यक्रम रहेको उनले बताए । आफ्नो आन्दोलनलाई इमेज टेलिभिजनले असहयोग गरेका कारण सबैभन्दा पहिले इमेज काटिएको पराजुलीले बताए ।
.jpg)
उनीहरु दुईबीच प्रेम सम्बन्ध चल्दै आएको लामो समय भइसकेको छ । युवतीले पुस २७ गते राती नशालु पदार्थ खुवाएर नगरकोटको भ्यू होटलमा प्रेमीको साथी श्रेष्ठले आफु माथि बलात्कार गरेको आरोप लगाएकी छिन । भ्यू होटल जिल्लाको नाल्दुम बालुवापार्टी देउपुर गाविस भित्र पर्दछ ।प्रेमीको मिलेमतोमा उसको साथीले आफुलाई बलात्कार गरेको आरोप युवतीले लगाएकी छिन्,प्रहरी नायव उपरीक्षक कृष्णजी अधिकारीले ईकान्तिपुरसँग भने, ुपक्राउ परेका दुईसँग बयान लिएपछि थप कुरा थाहा हुनेछ । इलाका प्रहरी कार्यालय बनेपाबाट घटनाको अनुसन्धान थालेको उनले बताए ।
प्रेमीकै योजनामा आफु बलात्कृत भएको आरोप पीडित युवतीको छ । उनले प्रेमी सहित बलात्कार गर्ने श्रेष्ठलाई कडा कारवाहीको माग गरेकी छिन् ।
चितवन राष्ट्रिय निकुन्जबाट गाउँ पस्ने जंगली हात्तीको आतंक नरोकिएपछि पर्साको ठोरीका बासिन्दा त्रसित बनेका छन् । राष्ट्रिय निकुन्जबाट गाउँ पसेको जंगली हात्तीले दिनहुँ घर भत्काउनुका साथै घरमा भण्डारण गरेको खाद्यान्न र खेतमा लगाएका अन्नबालीसमेत नष्ट गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका हुन् ।
हात्ती नियन्त्रणका लागि चितवनको कसराबाट टोली खटेको एकसाता वित्न लाग्दा पनि हात्ती नियन्त्रणमा आउनुको सट्टा झनै उत्पात मच्चाउन लागेपछि ठोरीबासी त्रसित बन्न पुगेको स्थानीय रामप्रकास कुवँरले जानकारी दिनुभयो । हात्तीले गएराति पनि ठोरीमा तीनवटा घर भत्काई दिएको छ भने ५ विघा भन्दा बढीमा लगाइएको मकै र गँहुबाली खाएर नष्ट गरिदिएको छ ।
सम्साँझै जंगलबाट मानवबस्तीमा पसेको गोविन्दे नामको हात्तीले ठोरी गाविस वडा नम्बर १ रोजीनगरका अर्जुन गिरी, वडा नम्बर ३ सरस्वती नगरका होमनाथ भारती, वडा नम्बर ५ हनुमाननगरका तारा तामाङ्गको घर भत्काइ दिएपछि हात्ती नियन्त्रणका लागि ठोरीमा परिचालन गरिएको चितवन कसराका रेन्जर लक्ष्मणकुमार महत्तोले जानकारी दिनुभयो । हात्तीले घर भत्काउँदै उपद्रो मच्चाउने क्रम जारी राखेपछि चितवनको कसराबाट खटेको हात्ती धपाउने टोलीले नेपाली सेनाको सहयोगमा ३ राउण्ड हवाईफायर गरेको महत्तोले जानकारी दिनुभयो । आफूहरुले हात्ती धपाउनका लागि निकै प्रयास गरेको भएपनि गाउँलेको घर भत्काउन र खेतमा लागएको मकै र गहुँ खान हात्तीले नछोडेपछि बाध्य भएर सेनाले हवाईफायर गरेको महत्तोले बताउनु भयो ।
हात्तीले अघि अघि उपद्रो मच्चाउने र टोलीले पछाडिबाट धपाउने प्रयास गर्दा पनि वडा नम्बर ५ का रहरमान घलानको ५ कठ्ठामा लगाएको मकैबाली खाइदिनुका साथै अन्यको गहुँबालीमा नोक्सानी पु¥याएको पीडितले बताएका छन् । यसअघि पनि हात्तीले करिव दुईदर्जन स्थानीयको घर भत्काइ दिएको थियो भने हात्ती धपाउने टोलीले ११ राउण्ड हवाईफायर गरेको थियो । गएको असोज ३० गते हात्तीको आक्रमणबाट ठोरीमा स्थानीय रामप्रसाद मोक्तानको ज्यान गएको थियो । ठोरीमा हात्ती नियन्त्रणका लागि भन्दै ऋषि ढकालको नेतृत्वमा तीन सदस्यीय टोली खटेको एक हप्ता वितिसके पनि हात्ती नियन्त्रणमा लिन नसके पछि ठोरीका बासिन्दा अहिले आक्रोसित भएका छन् ।
यता पर्साको बगवाना ४ का स्याङ्तान बाजे भनिने वीरबहादुर स्याङ्तानको घर गएराति हात्तीले भत्काएको छ । स्याङ्तानको घरका साथै भकारीमा रहेको धान, मकैलगायतका खाद्यन्नसमेत नष्ट भएको छ । विगत केही दिनदेखि चितवनको माडी, पर्साको ठोरीमा आतंक मच्चाउँदै आएको हात्ती अहिले बागवान पसेको छ । हात्तीले बगवाना वडा नम्बरमा ९ मा समेत तीनवटा घर भत्काएको स्थानीय बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
पर्सा भिश्वा–७ स्थित सुराकीको आधारमा लागूऔषध चरेश लुकाई छिपाई राखेको छ भत्रे खबर प्राप्त हुनासाथ प्रहरी चौकी भिश्वाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा खोजी गर्दा परालभित्र लुकाई छिपाई राखेको बेवारिसे अबस्थामा अन्दाजी १० किलो चरेश बरामद गरेको छ । सोनबर्षा–७ मलही टोलमा ईलाका प्रहरी कार्यालय पटेरवा सुगौलीबाट खटि गएको प्रहरी गस्ती टोलीलाई देखी गाँजा तस्करहरुले अन्दाजी २० के.जी. लागूऔषध गाँजा आज ०४ः१५ बजे फाली फरार भएकोले उक्त गाँजा प्रहरीले बरामद गरेको छ । साथै सीमा प्रहरी चौकी भिष्वा बन्जारीबाट खटीएको प्रहरी टोलीले भिष्वा–७ स्थित परालमा लुकाई छिपाई राखेको अन्दाजी १० किलो लागूऔषध गाँजा आज ०७ः०० बजे बेवारिशे अवस्थामा फेला पारी बरामद गरेको छ ।