"Heroine" is set for a September release, Saturday said she was confident but not over-confident about it.
"I am not over-confident but quite confident and excited about the film," she said at a promotional event, marking the film's tie-up with clothing brand, Jealous 21, here.
Asked about she is jealous of in life, she said: "I am jealous of people who get to go on holidays, even though I go on many on my own. I love travelling. I am also jealous of people who get to eat whatever they want."
Releasing on Sep 21, the film also stars Arjun Rampal and Randeep Hooda and has been directed by Madhur Bhandarakar.
Having done various films like "Ra One", "Bodyguard" and "3 Idiots", the actress said that the one closest to her heart will be her first film, "Refugee".
"The first film is always special. That innocence never comes back. 'Refugee' is my favourite film," she said.
"Heroine" revolves around the ups and downs in a journey of an actress. Kareena said that even though she is playing the role of an actress in the movie as well, she is nothing like that in real life.
"People think there are similarities, but I am not like that in real life. She is bold, manipulative, dark and edgy. I am not at all like that," she said.
Talking about her look in the film, she said: "My favourite looks are in the title song of the film, which is yet to release."
महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ ? एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको 'मुड' मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ ।अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।
ekantipur.com
पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारीलगायतका अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिको विरोध गर्दै महिलाको एक समूहले आज जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका छन्। जिल्ला प्रशासन कार्यालयको धर्नाका कारण केही समय सो क्षेत्रको यतायात अवरुद्ध बन्यो।
नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घमा आबद्ध महिलाहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रममा सर्वदलीय सहमतीय राष्ट्रिय सरकारको माग गर्दै बिहान ११ बजेदेखि १२ बजेसम्म बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयको ढोकामा धर्ना दिएका हुन्।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले मुलुकमा भइरहेको मूल्यवृद्धि रोक्नका लागि अनुगमनको आवश्यकता परेको औंल्याए।
सङ्घका अध्यक्ष रत्न गुरुङले देशका विभिन्न स्थानमा भइरहेको हत्या, हिंसा र भ्रष्टाचारलाई वर्तमान सरकारले बढावा दिएको आरोप लगाइन्।त्यसै गरी राष्ट्रिय कार्यक्रम अनुसार अखिल नेपाल महिला संघ मकवानपुरलेपनि जिल्ला प्रशासन कार्यालय मार्फत् बिरोधपत्र पठाएका छन् ।
अखिल नेपाल महिला संघकी मकवानपुर अध्यक्ष गायत्री सुबेदीले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई पत्र बुझाउनु भएको थियो । अराजकता, असुरक्षा, भष्ट्राचार र महङ्गीले सीमा नाघेकोले तत्काल नियन्त्रणगरि जनतालाई अबिलम्व राहत पु¥याउन संघले माग गरेको छ । मुलुकको महङ्गी लगाएत अराजकता, असुरक्षा, भष्ट्राचार मौलाउनुको मुल कारण राजनितिक अस्थिरता भएको भन्दै संघले राजनितिक पार्टीहरुसँग सहमतिगरि छिटो भन्दा छिटो संवैधानिक र राजनितिक निकास दिनपनि माग गरेको छ ।
फोटो: nepalsambad.com
गायन प्रतियोगिता नेपाल आइडलको छनौट चरण(अडिसन)हेटौंडामा यही असोज १ गते हुने भएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनगरि यस्तो जानकारी दिईएको हो । रेड लाईट ईन्टरटेनमेन्ट प्रालि काठमाडौंले आयोजना गर्ने प्रतियोगिताको अडिसन हेटौंडामा गर्न लागिएको बजार व्यवस्थापक बिश्वास रुपाखेतीले जानकारी दिनुभयो ।
११ शहरमा गरिने अडिसन दमक, ईलाम, धुलाबारी, बिराटनगरमा भईसकेको र धरानमा भईरहेको बताईएको छ । प्रतियोगिताको अडिसन असोज ३ गते नारायणगढ, ६ गते बुटवल, १४ र १५ गते पोखरा, १९ गते बनेपा र २३, २४ र २५ गते काठमाडौंमा हुने बजार व्यवस्थापक रुपाखेतीले जानकारी दिनुभयो । प्रथम चरणमा सहभागि करिब तीन जनामध्ये उत्कृष्टलाई काठमाडौंमा हुने प्रतिष्पर्धामा सहभागि गराईने रेड लाईट ईन्टरटेनमेन्टले जनाएको छ । प्रतियोगितामा प्रथमलाई नगद एक लाखसहित पाँच लाख बराबरको म्यूजिक एल्बम बनाउँने अबसर र फिल्ममा गित गाउने अबसर पाउँने छन् । त्यस्तै, दोश्रालाई ५० हजार, तेश्रालाई २५ हजारसहित फिल्ममा गित गाउने अबसर पाउँने बताईएको छ । प्रतियोगिताको उत्कृष्ट दशमा पर्न सफलहरुको म्यूजिक एल्बम र म्यूजिक भिडियो निर्माण गर्नेपनि बताईएको छ । पप गायक निमा रुम्बा, दिप श्रेष्ठ लगाएतले निर्णायकको भुमिका निर्बाह गर्ने प्रतियोगिता एनटिभी प्लसबाट प्रशारण गरिने बताईएको छ ।
nepalsambad.com
कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको बहुमत निर्णय सबैले मान्नु पर्ने बताउँदै नमान्नेलाई स्पष्टिकरण सोध्नुपर्ने बताएकी छन् ।नेपाल प्रेस युनियनले आज रुपन्देहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सभापति सुशील कोइराला विरुद्ध वरिष्ठ नेता शेरबहादुर देउवाले गालीगलौज गर्न नहुने बताईन् ।
‘सभापतिलाई गाली गर्दै हिँड्नु हुँदैन,’ उनले भनिन्, ‘पटक÷पटक प्रधानमन्त्री भएको व्यक्तिले यस्तो गर्नु पार्टीको लागि राम्रो हुँदैन ।’सभापति कोइरालाका विरुद्ध गतिविधि गरेर एक्लै हिँडेर पार्टीलाई केही असर नपर्ने बताएकी उनले भनिन्, ‘वरिष्ठ नेता शेरबहादुर देउवा जीसँग स्पष्टीकरण सोध्नु पर्छ ।’
उनले कांग्रेस नेतृत्वमा सहमतीय सरकार बन्ने अवस्था आएमा पार्टीले प्रधानमन्त्रीको उम्मेदवार प्रजातान्त्रिक प्रक्रियाबाटै टुङगाउने बताईन् ।
‘सभापतिलाई गाली गर्दै हिँड्नु हुँदैन,’ उनले भनिन्, ‘पटक÷पटक प्रधानमन्त्री भएको व्यक्तिले यस्तो गर्नु पार्टीको लागि राम्रो हुँदैन ।’सभापति कोइरालाका विरुद्ध गतिविधि गरेर एक्लै हिँडेर पार्टीलाई केही असर नपर्ने बताएकी उनले भनिन्, ‘वरिष्ठ नेता शेरबहादुर देउवा जीसँग स्पष्टीकरण सोध्नु पर्छ ।’
उनले कांग्रेस नेतृत्वमा सहमतीय सरकार बन्ने अवस्था आएमा पार्टीले प्रधानमन्त्रीको उम्मेदवार प्रजातान्त्रिक प्रक्रियाबाटै टुङगाउने बताईन् ।
सरकारले ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी र स्वास्थ्योपचारमा ५० प्रतिशत छुट दिने भएको छ । ज्येष्ठ नागरिक र सरकारबीच भदौ १२ गते भएको सहमतिअनुसार यस्तो व्यवस्था भएको हो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र ज्येष्ठ नागरिकबीच भएको सहमतिमा स्वास्थ्योपचारका लागि ५० प्रतिशत र सार्वजनिक सवारीमा ५० प्रतिशत सहुलियत दिने उल्लेख छ । महिला मन्त्री बद्रीप्रसाद न्यौपानेले सहमतिअनुसार कानुनी व्यवस्थालाई एक महिनाभित्र कार्यान्वयन गर्ने बताए । ’सहमति कार्यान्वयन हुनेछ,’ उनले भने, ‘मन्त्रालयले एक महिनाभित्र अर्को समिति गठन गरेर थप अध्ययन गरी सहमति कार्यान्वयन गर्नेछ ।’ ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६१ को ९ (२) मा सार्वजनिक सवारी र स्वास्थ्योपचारमा ५० प्रतिशत छुट दिनुपर्ने कानुनी व्यवस्था छ ।पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ऐन कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताए । ‘सबैले जीवनमा वृद्ध हुनुपर्छ,’ उनले भने, ‘यसले दीर्घकालीन रूपमा सबै व्यक्तिलाई फाइदा पुग्छ ।’ सर्वोच्च अदालतले ०६७ साल चैतमा ज्येष्ठ नागरिकलाई सुविधा दिन आदेश दिएको थियो । आदेश कार्यान्वयन नभएपछि ज्येष्ठ नागरिक आन्दोलनमा उत्रेका थिए । माग सुनुवाइ नगरे सार्वजनिक यातायातमा तालाबन्दी, अमरण अनशनलगायत आन्दोलन घोषणापछि सहमति भएको हो ।‘माग पूरा नगरे सबै खालका आन्दोलन गर्न तयार छौं,’ दिव्यश्वरी नागरिक समाजका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले भने । सार्वजनिक सवारीमा महिला तथा अपांगका लागि सिट आरक्षण भए पनि ज्येष्ठ नागरिकका लागि त्यस्तो सुविधा छैन । सार्वजनिक सवारीसमेत ज्येष्ठ नागरिकमैत्री छैनन् । सहमति कार्यान्वयनका लागि भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयले समेत सहमति जनाएको छ । उसले मातहतका निकायका लागि जारी गरेको परिपत्रमा ज्येष्ठ नागरिकलाई सवारीमा २ वटा सिट सुरक्षित गर्न निर्देशन दिएको छ ।
ekantipur.com
सुनको भाउले आइतवार नयाँ रेकर्ड बनाएको छ । गएको हप्तादेखि प्राय हरेक दिन रेकर्ड तोड्दै आएको सुनले आज नयाँ कीर्तिमान बनाएको हो । गत शुक्रवारको तुलनामा आज एकै दिन ९ सय रुपैयाँ प्रतितोलाले वढेर छापावाल सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवासायी संघका महासचिव मणिकरत्लेन शाक्यले अनलाइनखबरलार्इ जानकारी दिनुभयो । उहाँका अनुसार गएको शुक्रवार छापावाल सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोवार भएको थियो ।यसैगरी तेजावी सुन पनि उसैगरी वढेको छ । शुक्रवार ५८ हजार ७ सय ५० रुपैयाँ रहेको तेजावी सुन आज प्रतितोला ९ सय रुपैयाँले नै वढेर ५९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको भाऊ पनि केही वढेको छ । शुक्रवार प्रतितोला ११ सय ५ रुपैयाँमा कारोवार भएको चाँदी ४० रुपैयाँ प्रतितोलाले वढेर ११ सय ४५ रुपैयाँ कायम भएको छ ।अहिले अन्तराष्ट्रिय बजारमै भाऊ बढेकोले त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव मणिकरत्न शाक्यले जानकारी दिनुभयो । शाक्यका अनुसार सात वर्षदेखि अन्तर्राष्ट्रिय बजार बढिरहेको छ । सुरक्षित लगानी क्षेत्र मानिने सुनमा माग बढेपछि स्वतः भाउ बढ्छ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले पनि सुनको भाउलाई असर गर्छ । किनकी तेलको भाऊ बढ्दा सुन उत्पादनको लागत बढ्छ ।