
महासङ्घको केन्द्रीय समितिको चौथो बैठकले सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दा समेत सरकारी र निजी सञ्चारगृहहरुले श्रमजीवी ऐन कार्यान्वयनमा अटेर गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै प्रेस रजिष्टार र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई ऐन कार्यान्वयन भए नभएको तत्काल अनुगमन गर्न पनि महासङ्घले आग्रह गरेको छ ।केन्द्रीय समितिको बैठकपछि महासचिव ओम शर्माद्धारा जारी विज्ञप्तिमा लोककल्याणकारी विज्ञापनमार्फत सरकारले दिँदै आएको रकम अहिलेको चर्को मूल्यवृद्धिको सन्दर्भमा अत्यन्त कम रहेकोले त्यसमा समयसापेक्ष वृद्धि गर्न सरकारसँग माग गरेको छ ।
। लिभरपुलले कार्लिङ कप फुटबलको उपाधि जितेको छ । आइतबारराति भएको फाइनलमा कार्डिफ सिटीलाई टाइब्रेकरमा ३-२ ले पराजित गर्दै लिभरपुलले ६ वर्षपछि कुनै पनि प्रतियोगिताबको पहिलो उपाधि जितेको हो ।
लिभरपुलले ६ वर्षअघि सन् २००६ मा एफए कप फुटबलको उपाधि जितेको थियो । कार्लिङ कपमा भने लिभरपुलको यो आठौं उपाधि हो । पछिल्लो पटक सन् २००३ मा लिभरपुलले कार्लिङ कपको उपाधि जितेको थियो । निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सएपिछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

किशोर रानाको निर्देशन रहने उक्त चलचित्रमा कल्याण घिमिरे, पुजना प्रधान, सुनिल थापा, निर शाह, सृजना वस्नेत, सुभेच्छा थापा लगायतका कलाकारहरुको अभिनय रहने छ ।
पछिल्लो समय निकै चर्चामा रहेका नायक जीवन लुईटेल आफू अभिनित चलचित्र 'म तिम्रो भईसकें' प्रदर्शनका लागि कतार आउँदैछन् । मार्च दुई तारिखका दिन दोहा हलमा हुन लागेको सो चलचित्रको बिशेष प्रदर्शनीका लागि जीवन बुधबार सम्ममा कतार आईपुग्ने छन् ।रामेश्वर भट्टराईको पहलमा इभेन्ट नेपालले चलचित्रको प्रदर्शनी गर्ने जिम्मा लिएको हो । नाई नभन्नु ल, म तिम्रो भईसकें र अन्दाजबाट निकै चर्चा पाएका जीवन कतार आउने भएपछि आयोजकले व्यापक पब्लिसिटी गरेको छ । आयोजकले दर्शकहरूलाई नायक लुईटेलको साथमा चलचित्र हेर्न आग्रह समेत गरेको छ ।

दशैंको छेकोमा अष्ट्रेलियामा त चलचित्रको प्रिमियर नै गरिएको थियो । सो प्रिमियरमा पनि जीवनको स्वयं उपस्थिती रहेको थियो । यसैगरी केहि दिन अगाडी मात्र अमेरिकाको डेलासमा सफलता पूर्वक सो चलचित्रको प्रदर्शनी भएको थियो । विकाश आचार्यको निर्देशनमा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी, उत्तम केसी, विज्ञान सापकोटा, प्रतिष्ठा प्रर्साई, रामकृष्ण बजगाई लगायतले अभिनय गरेको सो चलचित्र काठमाण्डौ उपत्यकामा चैत्र ३ गते लाग्दैछ ।
ब्यस्तताको बाबजुत मौका मिलेको फुर्सदको समयमा अर्धाङगीनिको फुर्सद नमिल्दा पतिदेवलाई पक्कै पनि पिडा हुन्छ होला जुन पिडाबाट मुक्त हुदै रोमान्स गर्ने योजना बनाएका नयाँ दुलाहा उर्फ अभिनेता निरज बराल बिजी श्रीमतीका कारण पर्याप्त रोमान्सबाट बंचित भएका छन् ।बिहे गरेको चार महिना पश्चात एयर होस्टेस श्रीमतीका साथ थाईल्याण्डको फुकेट बिचमा रमाउन पुगेका निरजलाई समयको अभावले सोचे जति माईन्ड फ्रेस गराउन सकेन ।

अत्यधिक बोसो र चिल्लोयुक्त पदार्थको सेवन र व्यायामको अभावले युवाहरूको रगतमा बोसोको मात्रा बढ्न थाल्छ । कोलेस्ट्रोल शरीरमा भएको हरेक कोसिकाको एउटा अभिन्न अंग हो । यो मैन जस्तै हुन्छ, शरीरभित्रै बन्छ । शरीरलाई राम्ररी काम गर्नका लागि अलिअलि कोलेस्ट्रोलसमेत चाहिन्छ, जुन खानामा भएको चिल्लोबाट प्राप्त हुन्छ ।


काठमाण्डौको अति सुरक्षित स्थान मानिने सिंहदरवार नजिकै आयल निगम भवन अगाडी केहीवेरअघि शक्तिशाली बम बिष्फोट भएको छ । बिष्फोटबाट दुई जनाको घटनास्थलमै र घाइते एकजनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घाइते अन्य चार जनाको अवस्थापनि गम्भीर रहेको र उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले छ ।मारिनेमा एक जना मागेर वस्ने बृद्धा र अर्को एक जना युवक रहेको बताइएको छ । अहिलेसम्म उनीहरुको शव उठाइएको छैन् । घटनास्थललाई अहिले प्रहरीले घेराबन्दीमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरी अतिरिक्त महानिरिक्षक कुवेसिंह राना अहिले घटनास्थल आइपुग्नुभएको छ ।
रिष्ठ साहित्यकार तथा कवि भीमबहादुर महर्जन अर्थात भीम बिरागको ७८ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
लामो समयदेखि स्वासप्रस्वासम्बन्धी रोगबाट पीडित रहँदै आउनुभएका अधिकारीको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बिरागका दुखेको इन्द्रेणी र अतृप्त स्पर्श नामक गितीसंग्रह तथा सुस्केरा कविता संग्रह र आठटुक्रे बादल नामक कथा संग्रह प्रकाशित छन् । केही समय पत्रकारिता समेत गरेका बिरागले नारायणी साप्ताहिक र बिगुल साप्ताहिकमा आबद्ध रहेर काम गर्नुभएको थियो ।