अर्घाखाँची जिल्लामा फोर्स गाडी दुर्घटनामा परी १५ जना मध्ये १३ जनाको परिचय खुलेको छ । दुर्घटनामा परेका ५ जना यात्रु गम्भीर घाईते भएका छन् ।मृत्यु हुनेमा अर्घाखाँची बाँगीका गाडी मालिक नारायण प्रसाद पन्थी, कपिलवस्तु चन्द्रौटाका गाडी चालक राजेन्द्र चौधरी, सीतापुर-३ का सहचालक पदम क्षेत्री, अर्घाखाँची केरुङा घर भई जन सम्पर्क कार्यालय सन्धिखर्कमा कार्यरत मेघराज खनाल र दाङका कृष्ण चौधरी, वाङला देउरालीकी सीता बस्नेत, हंसपुर-१ की मीना नेपाली, कपिलवस्तु महेन्द्रकोट भेलाईका शारदा बेलवासे र ओमप्रकाश बेलवासे, जुकेना-२ की चेतकला न्यौपाने, ठाडा-९ की शान्ती अधिकारी, ढाकावाङ ५ का केशव थापा र खाचिकोटकी कमला पौडेल रहेका छन् । दुई जनाको परिचय खुल्न बाँकी रहेको र मृतकहरुको शव आफन्तलाई बुझाउने काम जारी रहेको प्रहरीले वनाएको छ ।बुटवलबाट सन्धिखर्क जाँदै गरेको बा.२ ख.७९४८ नम्बरको फोर्स गाडी गोरुसीङे-सन्धिखर्क सडकखण्डको दह खोलामा आईतबार साँझ ५ बजे सडकबाट करीब २ सय मीटर तल खोलामा खसी दुर्घटना ग्रस्त भएको थियो ।गाडीमा सवार यात्रुहरुमध्ये जीवित ५ जना यात्रुहरु पनि बोल्न सक्ने अवस्थामा नरहेको कारण घटना कसरी घट्यो भन्ने यकिन विवरण आउन बाँकी रहेको छ । घाईतेहरुको घाईते मध्ये ५ जनाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको जनाएको छ ।सदरमुकाम सन्धिखर्कबाट ७ कि.मि. नजिकै रहेको दुर्घटना स्थलमा प्रहरी, नेपाली सेना र ठुलो संख्यामा पुगेका स्थानीय बासिन्दाहरुले उद्धार गरेका थिए । सवारी दुर्घटनामा एकै पटकमा १५ जनाले ज्यान गुमाए पछी अर्घाखाँची शोक मग्न भएको छ
थापाथली वाग्मती नदी किनारका सुकुम्बासीलाई सुन्दरीघाटमा सार्ने सरकारी निर्णयको विरोधमा स्थानीयबासीले आज दोस्रो दिन पनि ललितपुर बन्द गरेका छन् ।बन्दका कारण सार्बजनिक सबारीका साधन फाट्टफुट्ट मात्र संचालनमा आएका छन् भने बजार तथा शिक्षण संस्था पनि ठप्प रहेका छन् । यसअघि बन्दको पहिलो दिन हिजो बन्दकर्ताले विभिन्न ठाउँमा प्रदर्शन तथा सवारी साधनहरुमा तोडफोड गरेकाले आज सुरक्षा व्यवस्था कडा पारिएको छ ।मल पोखरी बनाउन भन्दै अधिग्रहण गरिएको जग्गामा सुकुम्बासी राख्न नदिने भन्दै मलपोखरी संरक्षण संघर्ष समितिले ३ दिने ललितपुर बन्दको घोषणा गरेको हो । सरकारले सुन्दरीघाटमा टहरा बनाएपनि स्थानीयको विरोधपछि सुकुम्बासी सार्न सकेको छैन ।
पूर्वराजा ज्ञानेन्द्र शाहले बीरेन्द्रको बंशनास गरेको भन्ने आरोप आफुमाथि लगाउनु केवल प्रोपोगाण्डामात्र भएको बताउनुभएको छ ।
न्यूज २४ टेलिभिजनलाई दिनुभएको अन्र्तवार्तामा उहाँले दरबार हत्याकाण्डलाई आफ्नो बदनामा गर्न प्रयोग गरिएको र त्यसमा कुनै सत्यता नभएको बताउनुभयो आफ्नै समयमा २ सय ४० बर्ष लामो राजतन्त्र उन्मुलन भएको सन्र्दभमा शाहले भन्नुभयो-के गर्नुपर्दथ्यो त मैले त्यसबेला ? के गर्न सक्थे त ? म रोइकराई गरेर हुनेवाला केही थिएन् ।’।‘मलाई कुनै पश्चाताप र लाज छैन, म दोषी छैन भने म किन डराउनु ?’ शाहले भन्नुभयो । दरबार हत्याकाण्ड र आफ्नै कार्यकालमा राजतन्त्रको अन्त्य हुँदा कतै पीडावोध हुँदैन भन्ने प्रश्नमा शाहले भन्नुभयो-’ त्यसरी डिप्रेस नै हुने गरि डिस्टर्व गरेको छैन् ।’