"तेस्रो सिमरा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दीको हातमा"
शनिबार भएको फाइनल खेलमा घरेलु प्रतिद्वन्द्वी सहारा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङलेउपाधिसँगै ३ लाख १ हजार रुपयाँ हात पारेको हो । उपविजेता सहाराले भने १ लाख ५० हजारमा चित्त बुझाएको छ ।
सन्तोष साहुखल, अनिल गुरुङ लगायतका आफ्ना स्टार खेलाडीहरु राष्ट्रिय टोलीका लागि बन्द प्रशिक्षणमा रहेको बेला मनाङका युवा खेलाडीहरुले क्लबका लागि यस सिजनमा यो दोस्रो उपाधि दिलाएका हुन् ।युवा खेलाडीहरुको साथमा मनाङले हालै पोखरामा भएको आहा गोल्डकप फुटबलको उपाधि जितेको थियो । राष्ट्रिय लिग फुटबलमा भने तेस्रो भएपछि मनाङका स्टार खेलाडीहरूले आलोचना खेपेको थियो ।
प्रस्तावित सिमरा रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मनाङ मर्स्याङ्दीका लागि शुलभ मास्केले खेलको ८१ औं निर्णायक गोल गरेका हुन् ।
0 comments