सर्लाही क्षेत्र न. ६ धनकौल(पश्चिम) को वडा न. ८ र ९ को मतदान केन्द्रमा गोली चलेको छ । गोलि चल्दा २ जना घाइते भएका छन् । घाइते दुवै तमलोपा कार्यकर्ता हुन् । त्यही क्षेत्रको बलरा वडा न. ५ ६ ७ को बुथ रहेको मदरसा नजिक सदभावना पार्टीका उम्मेदवार फकिरा महतो चढेको गाडीमा केही व्यक्तिले ढुंगा हानेका छन् र महतोलाई पनि सामान्य चोटपटक लागेको छ
दैलेखको चामुण्डामा मतदान सुरु भएको छ । विहान मतदान सुरु हुन केहीबेर अघि बैद्य माओवादीका कार्यकर्ता बुथ कब्जा गर्दै मतपेटिका र मतपत्र जलाएका थिए । बैद्य माओवादी आक्रमणमा उत्रिएपछि मतदान स्थलमा भागदौड मच्चिएको थियो भने प्रहरीले १७ राउण्ड हवाई फायर गरेको थियो । भागदौड तथा गोली चलाउने क्रममा १४ जना घाइते भएका छन् । उनीहरु मध्ये २ जनाको अवस्था गम्भीर छ । उनीलाई हेलिकोप्टरबाटै सदरमुकाम ल्याइँदैछ । हेलिकोप्टरबाट मतपत्र र मत पेटिका लगेपछि मध्यान्ह सवा १२ बजेबाट मतदान सुरु भएको छ ।
अहिलेसम्म देशभरि ४० प्रतिशत मत खसेको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले दिनु भएको जानकारी अनुसार सबैभन्दा बढी इलाममा ५५ प्रतिशत मत खसेको छ । त्यस्तै धनकुटामा मध्यान्हसम्म करिव ५० प्रतिशत मतदान भएको छ । त्यसैगरी रामेछापमा पनि सोही हाराहारीमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । झापा जिल्लामा पनि मध्यान्हसम्ममा करिव ४५ प्रतिशत मतदान भए
को निर्वाचन कार्यालयले जनाकारी दिएको छ ।
को निर्वाचन कार्यालयले जनाकारी दिएको छ ।