डा। सूर्य पराजुली .
समयमै दिसा नहुनु वा दिसा हुँदा गाह्रो हुनु र कडा प्रकारको दिसा आउनुलाई कब्जियत वा दिसा गोटा पर्नु भनिन्छ । यस समयमा आउने कडा प्रकारको दिसामा साधारणतया भन्दा पानीको मात्रा कम पनि हुन्छ । कब्जियत वा दिसा गोटा पर्नु भनेको रोग होइन तर लक्षण हो । सामान्यतय शरीरको अन्य समस्याहरु जस्तो पाचन प्रणाली र पाचन प्रक्रियाको सम्बन्धमा मानिसको कम ध्यानाकर्षण हुने भएकोले नियमित रुपमा दिसा भएको छ वा छैन भनेर पनि थाहा नहुने अवस्था हुन्छ । यदि कुनै व्यक्तिले ३ दिनसम्म लगातार दिसा गरेको छैन अथवा दिसा गर्ने समयमा दुखेको वा गाह्रो भएको अनुभव गरेको छ भने त्यसलाई कब्जियत भएको बुझिन्छ ।
कारणहरु
अनियमित रुपममा दिसा गर्ने बानी, कडा प्रकारका खानाहरु खानु, रेसादारयूक्त खानाहरु रोटी, मकै, ढिडो, सागसब्जी तथा फलफुलहरु कम खानु, गर्भावस्था, झोल पदार्थ कम खानु, लामो समयसम्म औषधीको सेवन गर्नु, व्यायामको कमी, लामो समयको पखालाको कारणले शरीरमा पानी सकिनु वा कम हुनु, इन्टेस्टाइनल अब्सट्रक्सन तथा पेट र आन्द्रा सम्बन्धि कुनै रोग हुनु, मानसिक तनाब, आन्द्राको क्षयरोग तथा क्यान्सर हुँदा दीर्घकालीन रुपमा कब्जियत हुन सक्ने हुन्छ
शिक्षा मन्त्रालयले गेसपेपर प्रतिबन्ध लगाएपनि नवलपरासीमा अझै यसको छ्याप्छ्याप्ती विक्री वितरण भएको छ । नवलपरासीका गैडाकोट, रजहर, कावासोती, अरुणखोला, बर्दघाट, सुनवल, परासी लगायतका पुस्तक पसलहरुमा यसको छ्याप्छ्याप्ती विक्री वितरण भईरहेको छ । विद्यार्थीहरुको पठनक्षमतामा ह्रास ल्याएको भन्दै सरकारले गेसपेपरमा प्रतिबन्ध लगाएको थियो । नवलपरासीमा पुस्तक व्यवसायीहरुले यस बर्ष प्रकाशन भईसकेको गेसपेपरमा रोक नलगाएको भन्दै विक्री गरिरहेको छ । जिल्ला शिक्षा कार्यालय नवलपरासीका कर्मचारीहरुले भने कारवाही गर्ने नगर्ने विषयमा आन्यौलता रहेको जनाएको छ । स्पष्ट निर्देशन नआएकाले कारवाही र प्रतिबन्ध लगाउन अप्ठेरो भएको जिल्ला शिक्षा कार्यालय नवलपरासीका एक कर्मचारीले बताए । तर जिल्ला शिक्षा कार्यालय नवलपरासीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले भने नियम विपरित विक्री वितरण भएको पाइए कारवाही गरिने बताउनुभयो ।
दलित विद्यार्थीलाई वितरण गरिने छात्रवृतिको दुरुपयोग भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । राजधानीमा दलित सेवासंघले आयोजना गरेको “उच्च शिक्षामा दलित युवाहरुको पहुँचको लागि अवसर, चुनौति र सरोकारवालाहरुको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले राज्यले दलितहरुलाई दिइने छात्रवृत्ति कनिका छरे सरह भएको बताएका हुन् । उनिहरुले दलित विद्यार्थीको नाममा आएको रकम केहि टाठाबाठाका छोराछोरीहरुले मात्रै पाएको भन्दै छात्रवृत्तिको सदुपयोग भए नभएको विषयमा अनुगमन गर्नु पर्नेमा जोड दिएका छन् । सोहि अवसरमा शिक्षा मन्त्रालयका प्रवक्ता रोजनाथ पाण्डेले शिक्षा क्षेत्रमा सरकारले लगानी गरे अनुसार दलित विद्यार्थीको उच्च शिक्षामा पहुँच पुग्न नसकेको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले अन्य समुदायको तुलानामा दलित समुदायको शिक्षामा पहुँच शुन्य प्रतिशत रहेको बताउनु भयो । शिक्षा विभागका उपनिर्देशक दुर्गा कडेंलले गरिबीका कारण अधिकांश दलित वालवालिका विद्यालय बाहिर रहेको भन्दै उनीहरुका लागि शिक्षामा पहुँच पुर्याउन विशेष रणनीति तय गरिएको जानकारी दिनु भयो । दलित अधिकारकर्मी हिरा विश्वकर्माले विद्यालय तहमा दिइएको छात्रवृत्ति र दलित विद्यार्थी भर्ना अभियान भ्रष्टाचारको रुपमा विकसित हुँदै गएको बताउनु भयो । उहाले दलित भर्ना कार्यक्रम र छात्रवृत्तिले केहि दलित विद्यार्थीलाई आकर्षण गरे पनि विद्यार्थी संख्या देखाएर विद्यालय व्यबस्थापन समितिका व्यक्ति र शिक्षकहरुको मिलेमतोमा रकम झिकि खाने माध्यम बनेको जिकिर गर्नु भयो । साथै उहाँले छात्रवृति वितरण गर्ने संघसंस्थाहरुसँग छात्रवृत्तिको लागि गरिविलाई मात्रै आधार नबनाउन पनि आग्रह गर्नु भयो ।
जिल्ला शिक्षा कार्यलय सिरहामा अहिले शिक्षक अनुमति पत्र (लाईसेन्स)
लिनेहरुलाई सास्ती भइरहेको छ । “सिरहाका जिल्ला शिक्षा अधिकारी हरि बस्ती
विगत ९÷१० दिन देखि काठमाडौँमा बसेको कारण उहाँको हस्ताक्षर विना शिक्षक
अनुमति पत्र दिन नमिल्ने कार्यालयका कर्मचारीले बताएका छन् । शिक्षक सेवा आयोगमा शिक्षक अनुमति पत्र आवश्यक भएकोले शिक्षक सेवा आयोगका फाराम भर्नेहरु मर्कामा परेका छन् । शिक्षक सेवा आयोगको फारम भर्ने अन्तिम मिति यहि माघ २५ गतेसम्म छ ।
पर्वतको शालिजा गाविसमा अवस्थित शालिजा उच्च माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत बालबालिकाहरु ब्रेललिपिको माध्यामबाट अक्षर चिन्न शुरु गरेका छन् । पछिल्लो समयमा स्रोत कक्षाको विकासका लागि सहयोगी निकायले चासो देखाएपछि उनीहरु ब्रेललिपिमार्फत अक्षर चिन्ह थालेका हुन् । स्थापनाकालमा स्रोत कक्षाको विकासका लागि समस्या भए पनि पछिल्लो समयमा जिल्ला शिक्षा कार्यालय, प्लान नेपाल, नेपाल अपाङ्ग उत्थान समाज लगायतका निकायहरुबाट सहयोग प्राप्त भएपछि अहिले स्रोत कक्षा सञ्चालनका लागि समस्या नभएको विद्यालयका प्राचार्य कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो । केही वर्षअघि जिल्लाकै सदरमुकामको छिमेकी गाविस पिपलटारीमा सञ्चालनमा आएको स्रोत कक्षा प्रभावकारी नभएपछि शालिजा उच्च माविमा स्थान्तरण गरिएको हो । विद्यालयमा अहिले १० जना दृष्टिविहिन बालबालिका अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।