
दैलेखमा तनावपूर्ण अवस्था देखिएको छ । एमाओवादीले गर्न लागेको जुलुसलाई बिपक्षीको जुलुसले पछि हट्न बाध्य बनाएको छ । जुन सुकै बेला एमाओवादी र विपक्षी कार्यकर्ताबीच झडपको अवस्था हुने संभावना रहेको छ ।माओवादी बिरुद्ध विपक्षीहरुले नारावाजी गरिरहेका छन् । एमाओवादीको जुलुस भने कार्यक्रमस्थलतर्फ अघि बढी रहेको छ ।पत्रकारहरु प्रहरी घेरामा रहेका छन् । विपक्षीहरुले बिहानै देखि एमाओवादी र विशेष गरेर प्रधानन्त्री आउने भएपछि बन्दको आह्वान गरेर बन्द आन्दोलन गरेका थिए ।

सम्मेलनस्थलसम्म कालोझन्डा राख्ने घोषणापछि एमाओवादी र विपक्षी दलका कार्यकर्ताबीच झडपको सम्भावना बढेको छ । झडप हुने सम्भावना र त्यसबाट हुन सक्ने खतरा देखेपछि शान्तिसुरक्षाका लागि प्रहरीले सदरमुकाममा सुरक्षाव्यवस्था कडा बनाएको छ । सुर्खेतबाट सुरक्षाका लागि सशस्त्र १ सय ५० र जनपद प्रहरी १ सय १० आइसकेका छन् ।
प्रधानमन्त्रीको विरोधमा विपक्षीले ‘जनसभा’ पनि गर्ने भएका छन् । एमाओवादीको जिल्ला सम्मेलन काँडाचौरमा हुँदै छ भने विपक्षीले टँुडिखेलमा जनसभा गर्ने तयारी गरेका हुन् । बिहान घरघरमा कालोझन्डा राख्ने र नाराजुलुससहित बजार परिक्रमापछि टुँडिखेलमा जनसभा गर्ने तयारी गरिएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मयाराम अधिकारीले बताए ।
त्यस्तै विपक्षीले एमाओवादीको जिल्ला सम्मेलन उद्घाटन समारोह कार्यक्रम बहिष्कार गर्ने भएका छन्

माघ १०, काठमाडौ- नवगठित नेकपा-माओवादीका अधिकांश नेताले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई 'भारतको इमानदार दलाल ' भएको आरोप लगाएका छन् । केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश नेताले एमाओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईबीच 'भारतको चाकडी गर्न प्रतिस्पर्धा भइरहेको' गम्भीर आरोपसमेत लगाए ।प्रवक्ता पम्फा भुसालले प्रधानमन्त्री भट्टराई भारतीय विस्तादवादको नयाँदलाल को रूपमा उदय भएको बैठकको निष्कर्ष रहेको बताइन् । 'यो जनताले बुझेका छन्,' उनले भनिन्, 'प्रचण्ड, बाबुराम इतिहासकै जनविरोधी र भारतीय विस्तारवादका ठेकेदार भएका छन् ।' बैठकले जनसंघर्षका कार्यक्रम सार्वजनिक गर्ने उनले बताइन् ।'भारतको चाकडी गर्नमा दाहाल र भट्टराई इतिहासमै पहिलो स्थानमा आएका छन् । भित्री रूपमा उनीहरू लम्पसार नै परेका छन्,' एक केन्द्रीय सदस्यको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'सबै कमरेडहरू गम्भीर भएका छन् । यसबारेमै बढी छलफल भयो ।राष्ट्रिय स्वाधीनताको विषयमा अन्य दल, नागरिक समाज, गणतन्त्रवादीसँग छलफल बहस चलाएर अगाडि नबढे मुलुकको स्थिति नाजुक हुनेसमेत केन्द्रीय नेताहरूले मंगलबारको छलफलमा नेतृत्वलाई सुझाव दिएका थिए । 'राष्ट्रिय स्वाधीनताका विषयमा गम्भीर नभए मुलुकको सिक्किमीकरण त हँुदैन ? भन्ने चिन्ता साथीहरूमा व्यापक थियो,'एक केन्द्रीय सदस्य भने ।केन्द्रीय सदस्य भरत बमले अबको आन्दोलनमा नेतृत्वले बलिदान गर्न तयार रहनुपर्ने सुझाव दिएको बताए । विगतका क्रान्तिमा जनताले बलिदान गरिसकेको भन्दै उनले अब आन्दोलनको अग्रपंक्तिमा नेतृत्व आए मात्र जनताले विश्वास गर्ने बताए ।'नेतृत्व इमानदार नभएको पटक-पटक पुष्टि भएको छ, आन्दोलनको उठानका लागि नेताले बलिदानीका लागि साहस गर्नुपर्छ भन्ने बैठकमा कुरा उठ्यो,' उनले भने । अबको आन्दोलनमा नेतृत्व बलिदानीका लागि तयार नभए जनताले पत्याउन गाह्रो हुने उनको भनाइ थियो ।जनसंघर्ष कार्यक्रम घोषणा गरेर तुरुन्त आन्दोलनका लागि तयार रहन अधिकांश पोलिटब्युरोलगायत केन्द्रीय सदस्यले नेतृत्वलाई दबाब दिएको छ । शान्तिपूर्ण आन्दोलन गर्दा सरकार दमनमा उत्रे सशस्त्र रूपमा तयार रहन समेत पोलिटब्युरोले सुझाव दिएको थियो ।
ekantipur.com
दुई दिन अघि मात्रै माइक्रो ब्लगिङ ट्वीटर एकाउन्ट खोलेका प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई मेन्सन गरेर सोधिएको प्रश्नको उत्तर दिएपछि ट्टीटर सञ्जालमा यसबारे चर्चा सुरु भएको छ ।'बिहारमा ५ बर्षमा विकास भयो, हामीले कतिन्जेल आशावादी बन्ने हो', भन्दै ओमभक्त उप्रेतीले ट्वीटरमा दुई दिन अघि सोधेको प्रश्नमा प्रधानमन्त्रीले मंगलबार जवाफ दिएका छन्,'बिहारमा जस्तै मलाई ५ बर्षसम्म बहुमतीय सरकार चलाउन दिनु, विकास गर्न सकिन भने गोली हाने हुन्छ ।'प्रधानमन्त्रीको तर्फबाट आएको यस्तो जवाफले मंगलबार दिउँसो ट्वीटर सञ्जालमा तरंग फैलिएको थियो । या स्माइए फरेभरको नाममा रवी शर्माले शोलार ऊर्जामा ध्यान दिन प्रधानमन्त्रीलाई गरेको अनुरोधमो जवाफमा प्रधानमन्त्रीले लेखेका छन्, 'मैले सोलार प्रबर्द्धन गर्न खोज्दैछु । सिंहदरबारमा पनि सोलार जडान गर्न भर्खरै सम्झौता गरिएको छ ।'मंगलबार बिहानै प्रधानमन्त्रीले आफ्नो ट्वीटरमा लोडसेडिङ दैनिक २ घण्टा घटाएको भन्दै ट्वीटेका थिए । गर्मीमा पनि १०-१२ घण्टा भन्दा बढी लोडसेडिङ हुन नदिने प्रण गरेका छन् । प्रधानमन्त्रीले ट्वीटरमा देखाएको सक्रियताबारे मिश्रति प्रतिक्रिया आएको छ ।प्रधानमन्त्रीको रहेक ट्वीटरमा युवालाई सम्बोधन गरिएको छ ।हालसम्मको उनलाई चार हजार तीनसय बढीले फलो गरेका छन् । यद्यपि उनले दुई नेपाली सहित अमेरिकी राष्ट्रपति बाराक ओमाबा र बिदेशी पत्रिकाको ट्वीटरलाई फलो गरेका छन् । ट्वीटरमा प्रधानमन्त्रीबाट फलो गरिएका व्यक्ति सञ्चारकर्मी प्रतिक प्रधान र रवीन्द्र मिश्र हुन् ।
