सामुदायिक रेडियोहरुको विश्व संस्था (अमार्क) को एसिया प्रशान्त क्षेत्रीय उपाध्यक्षमा सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोरावका निवर्तमान अध्यक्ष मीनबहादुर शाही निर्वाचित हुनुभएको छ । कोरियाको राजधानी सोलमा सम्पन्न अमार्कको तेस्रो साधारणसभाले शाहीलाई उपाध्यक्षमा चयन गरेको हो । अमार्कका एसिया प्रसान्त क्षेत्रको अध्यक्षमा फिलिपिन्सका माइका लग्मन, उपाध्यक्षमा नेपालका मीनबहादुर शाही, कोषाध्यक्षमा जापानका जुनिची हेविनो, दक्षिणपुर्वी एशिया उपक्षेत्रीय उपाध्यक्षमा इन्डोनेसियाका इमाम प्राकोसो, पुर्वी एशिया उपक्षेत्रीय उपाध्यक्षमा कोरियाका आङ् वियोन् चेङ्, दक्षिण एसिया उपक्षेत्रीय उपाध्यक्षमा भारतका रामनाथ भाट र प्रशान्त क्षेत्रका लागि सीर्ले तागी निर्वाचित हुनुभएको हो ।मङ्सिर १६ गतेदेखि तीन दिनसम्म कोरियाको राजधानी सोलको सीटी हलमा भएको सम्मेलनमा भागलिन सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालका अध्यक्ष मोहन चापागाईको नेतृत्वमा २२ सदस्यीय प्रतिनिधि मण्डल कोरिया गएको थियो । सम्मेलनमा नेपालमा सामुदायिक रेडियोहरुको उपलब्धीको विषयमा सामुदायिक रेडियो प्रसारक संघले विशेष कार्यशालाको आयोजना गरेको थियो ।
तलगंगा आखा प्रतिष्ठान को नया दर्ता साखाको कम्प्युटर बिग्रिएर टोकन सिस्टम नचलेपछि आज बिहान करिव २ घण्टा सम्म आखा जाच गर्न गएका बिरामीले सास्ती खेप्नु परेको छ । बिहान ८ बजे देखि नया नाम दर्ता कार्य सुरु गरिनु पर्नेमा १० बजे सम्म पनि सुरु नहुदा करिव २०० जना नया बिरामीहरुलाई समस्या परेको हो,टोकन सिस्टमनै नचले पछि १० बजे देखि मुखले नै टोकन नम्बर बोलाउदै दर्ता सुरु गरिएको थियो।बिरामीले के भएको हो भनि सोध्दा त्यहा बसेका सहयोगीहरुले कम्प्युटरलाई चिसो लागेको भन्दै जबाफ दिएका थिए। पुरानो दर्ता कार्य भने सुचारु नै थियो तर ८ बजे देखि सुरु भनिएता पनि १५(२० मिनेट ढिला गरि सुरु गरिएको थियो।खास के भएर त्यस्तो समस्या आएको हो भनि बुझ्न जादा त्यहा बसेका सेक्युरेटी अफिसर आर बि रानाले सबै खुलाउन चाहेनन् उनले भने ुकम्प्युटर मा सानो समस्या आएको हो एकैछिन मा हुन्छु। तर बिहानको दर्ता समय अवधि भरिनै टोकन सिस्टम मा समस्या देखिएको थियो। जाच गराउन गएका केहि बिरामीले भने जहिले पनि एक एक निहु बनाएर अस्पतालले लापरबाही गर्ने गरेको गुनासो पनि गरे।