छिमेकीमुलक भारतमा शरीरको बाहिर मुटु भएको एक बच्चाको जन्म भएको छ । भारतको स्वतन्त्रता दिवस अर्थात अगस्ट १५ तारिखको दिन विहारको सीवान जिल्लाको नारायणपुर गाउँमा उक्त बच्चाको जन्म भएको हो ।
पटनाको रेनबो अस्पतालका डाक्टरले उक्त बच्चामा इक्टोपिया कोर्डिसको लक्षण देखिएको बताएका छन् । स्थानीय रिना देवी र राघो भगत सन्तानको रुपमा उक्त बच्चाको जन्म भएको हो । उक्त बच्चालाई अप्रेशन गरेर बचाउने कोशिस गरिएको बताइएको छ ।
डाक्टरहरुले बच्चामा त्यस्तो समस्या कुपोषण, वशंणुगत रोग र फोलिक एसिडको कमीबाट हुने जनाएका छन् । तथापी उक्त किसिमको रोगको यकिन तथ्य भने पत्ता नलागेको बताइएको छ ।
पटनाको रेनबो अस्पतालका डाक्टरले उक्त बच्चामा इक्टोपिया कोर्डिसको लक्षण देखिएको बताएका छन् । स्थानीय रिना देवी र राघो भगत सन्तानको रुपमा उक्त बच्चाको जन्म भएको हो । उक्त बच्चालाई अप्रेशन गरेर बचाउने कोशिस गरिएको बताइएको छ ।
डाक्टरहरुले बच्चामा त्यस्तो समस्या कुपोषण, वशंणुगत रोग र फोलिक एसिडको कमीबाट हुने जनाएका छन् । तथापी उक्त किसिमको रोगको यकिन तथ्य भने पत्ता नलागेको बताइएको छ ।
राष्ट्रपति डाक्टर रामबरण यादवले संविधानसभाको चुनाव हुन नसक्ने भएपछि आफूले सरकारी अध्यादेश फिर्ता गरेको बताउनु भएको छ । आज काठमाण्डुको सुन्दरीजलमा श्री ओख्रेनी माध्यामिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटन गर्दै राष्ट्रपति यादवले चुनाव नहुने भएपछि अध्यादेश स्वीकृत गर्नुको अर्थ नरहने भएकाले फिर्ता पठाएको प्रतिक्रिया दिनुभयो । सरकार र एकीकृत नेकपा माओवादीले अध्यादेश फिर्ताबारे असन्तुष्टि जनाइरहेका छन् । राष्ट्रपति यादवले चारदलको टक्करका कारण राजनीतिक संकट गहिरिदै गएको पनि टिप्प्णी गर्नुभयो । राजनीतिक संकटको समाधानका लागि दलहरु मिल्नुको विकल्प नरहेकाले मिलेर अघि बढ्न पनि दलहरुलाई राष्ट्रपतिले सुझाव दिनुभयो । कार्यक्रममा शिक्षा मन्त्री दीनानाथ शर्माले माध्यामिक शिक्षालाई गुणस्तरीय बनाउन सरकार नीतिगत रुपमै लागेको बताउनुभयो । कार्यक्रममा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी र कांग्रेस नेता आमोदप्रसाद उपाध्यायले शिक्षाको गुणस्तर खस्केका वेला सरकारी विद्यालयका लागि सुधारको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । राष्ट्रपति यादवले स्वर्ण महोत्सवका अबसरमा स्कूलको ताम्रपत्र उद्घाटन गर्नुभयो ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिबाट फिर्ता हुनु अनुचित रहेको बताउनु भएको छ । प्रचण्डले राष्ट्रपतिबाट अध्यादेश फिर्ता हुँदै गए राम्रो नहुने चेतावनी पनि दिनुभयो । रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा आज बिहान क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारले राष्ट्रपति समक्ष पठाएका अध्यादेश रोक्ने प्रबृतिले राम्रो संकेत नगरेको बताउनुभयो । प्रचण्डले राजनीतिक सहमति बिना प्रधानमन्त्री बाबुराम भट्टराई सरकार छाडेर हिडे मुलुकमा राष्ट्रपति सक्रिय हुने दावी गर्नुभयो । अध्यक्ष प्रचण्डले एकीकृत माओवादी देशलाई सरकार विहीन बनाउने पक्षमा नरहेको र राजनीतिक सहमति नभएसम्म बाबुराम भट्टराईले कुर्सी नछाड्ने बताउनुभयो । सहमति नगरि प्रधानमन्त्रीले कुर्सी छाड्दा राष्ट्रपतिले आफूलाई मन परेको व्यक्ति प्रधानमन्त्री चयन गर्ने, ६÷६ महिनामा नेतृत्व फेरिरहने अवस्था बन्न सक्छ टिप्पणी गर्नुभयो । एकीकृत माओवादी नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्छ भन्ने पक्षमा रहेको तर त्यसका लागि संविधानका विवादित विषय टुङ्ग्याएर केही समयका लागि संविधानसभा पुनःस्थापना गर्नेमा सहमति बन्नु पर्ने प्रचण्डको भनाई छ । पत्रकार सम्मेलनमा विपक्षी काँग्रेस र एमालेप्रति आक्रोशित हुनु भएका अध्यक्ष प्रचण्डले नेकपा एमाले र नेता माधवकुमार नेपालको कारण संविधान सभाबाट संविधान आउन नसकेको आरोप लगाउनु भयोे । माओवादी नेतृत्वमा बनेको मोर्चाप्रति काँग्रेस–एमालेले आपत्ति जनाउनु अर्थ नरहेको भन्दै प्रचण्डले मोर्चा गठन गर्दैमा आकाश नखस्ने बताउनुभयो । अरुहरुलाई पनि मोर्चा बनाउन सुझाव दिंदै उहाँले मोर्चा गठनबाट सहमति निर्माण गर्न सजिलो हुने तर्क गर्नु भयो । राजनीतिक दलहरुबीच सहमति बन्नुको बिकल्प नभएको बताउँदै मोहन बैद्य किरणको नेतृत्वमा रहेको नेकपा–माओवादी पनि आफूहरुको मोर्चामा आउनसक्ने बताउनुभयो । किरणहरुले नाङ्ले पसल थापेकोले आफूप्रति गलत कुराहरु फैलाइरहेको पनि उल्लेख गर्नुभयो ।
नेपाली काङ्ग्रेसले वर्तमान राजनीतिक संकट समाधान र काङ्गेसको कार्यदिशाका विषयमा आजदेखि छलफल गर्दैछ । महामन्त्री कृष्णप्रसाद सिटौलाले हिजो पेश राजनीतिक प्रतिवेदनमाथि आजदेखि छलफल सुरु हुनेछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने आजको बैठकमा सिटौलाले हिजो प्रस्तुत गर्नु भएको समसामयिक राजनीतिक अवस्था र भावी कार्यदिशासम्बन्धी प्रस्तावमासँगै संघियताको विवाद टुङ्ग्याउन पनि छलफल हुनेछ । बैठकमा सहमतिका लागि कांग्रेसले खेल्ने भूमिका, अबको सरकारको नेतृत्वका विषयमा पनि सदस्यहरुले भनाई राख्ने केन्द्रीय सदस्य डाक्टर प्रकाशशरण महतले सीआईएनलाई जानकारी दिनुभयो । काङ्ग्रेस महामन्त्री सिटौलाले सरकारी गठबन्धन विरुद्ध आन्दोलनमा जानुपर्ने र विपक्षीहरुको शसक्त गठबन्धन बनाउनुपर्ने प्रस्ताव राख्नु भएको छ । बैठकमा आदिवासी जनजातिको समस्या अध्ययन गर्न नेता भीमबहादुर तामाङको संयोजकत्वमा गठन गरिएको समितिलाई राज्य पुर्नसंरचनाका विषयमा पनि पार्टीको धारणा तय गर्ने जिम्मेवारी दिने बारेमा अन्तिम निर्णय हुने महतले बताउनुभयो छ । समितिलाई यसअघि दिएको क्षेत्राधिकार कम भएको गुनासो आएपछि क्षेत्राधिकार बढाउँन केन्द्रीय समिति सकारात्मक भएको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामाको माग गर्दै सडक आन्दोलन गर्दै आएका विपक्षी दल निकट युवा तथा विद्यार्थीे सङ्गठनहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् । बिहान ९ बजे देखि ११ बजेसम्म दुईघण्टा प्रधानमन्त्री निवासको १ नम्बर र ३ नम्बर गेटमा धर्ना दिएर उनीहरले घेराउ गरेका थिए । राष्ट्रिय सहमतिको सरकारको मुख्य बाधक वर्तमान प्रधानमन्त्री भट्टराई भएको भन्दै आन्दोलन जारी राखेका उनीहरुले तेस्रो चरणको आन्दोलन अन्तर्गत प्रधानमन्त्रीको निवास घेराउ गरेको युवासंघका महासचिव निरज आचार्यले जानकारी दिनुभयो । यसैगरी युवा तथा विद्यार्थीहरुले सरकारको पक्ष र विपक्षमा गरेको मतदानको मतपरिणाम आज राष्ट्रपति डा. रामवरण यादवलाई बुझाउँदैछन् । हिजो साँझ सकिएको मतगणना अनुसार १५ लाख २६ हजार ८ सय मत खसेको र त्यो मध्ये १८ हजार मत प्रधानमन्त्रीको पक्षमा पनि परेको छ ।
युवा विद्यार्थी सङ्गठनले गएको बिहीबार उपत्यकाका विभिन्न स्थानसहित देशभर एक सय १० स्थानमा मतदान केन्द्र खडा गरी मत सङ्कलन गरेका थिए ।