परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०६९ सालको एसएलसीको नतिजा मंगलबार सार्वजनिक गरेको छ । प्रकाशित नतिजाअनुसार यस वर्ष ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले आज दिउसो सवा ३ बजे नतिजा सार्वजनिक गरेको हो । २०६९ सालको एसएलसी परीक्षामा कुल पाँचलाख ११ हजार सहभागी भएका थिए ।
यसवर्ष पोहोरको भन्दा उतीर्णदर घटेको छ । पोहोर ४७ दशमलव १६ प्रतिशत विद्यार्थी उतीर्ण भएकोमा यसवर्ष ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी मात्र पास भएपरीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.soce.gov.np , शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np , शिक्षा विभागको www.doe.gov.np , र नेपाल टेलिकमको www.slc.ntc.np हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ । यस्तै नेपाल टेलिकमको १४००, बिभिन्न संघसंस्थाको ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा एसएमस गरेर पनि नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैबीच एसएलसीमा दुई विषयमा अनुतीर्ण हुने परीक्षार्थीको लागि साउन २० देखि २७ गतेसम्म पुरक परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
का छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित तर्फ ४ लाख ३ हजार ९ सय ३६ मध्ये १ लाख ६७ हजार ९ सय ३५ जना पास भएका छन् ।यसमध्ये विशिष्ट श्रेणीमा १६ हजार ९ सय २४, प्रथम श्रेणीमा ७६ हजार १ सय ६५, द्वितीय श्रेणीमा ६९ हजार ८ सय ३० र तृतीय श्रेणीमा ५ हजार १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै एक्जाम्पटेडतर्फ १लाख ७ हजार २ सय २९ मध्ये ८ हजार ३ सय १८ जना पास भएका छन् । एक्जाम्पटेडमा बिशिष्ट श्रेणीमा कोहीपनि उतीर्ण भएका छैनन् । प्रथम श्रेणीमा एकसय १७, द्वितीय श्रेणीमा ५ हजार ८ सय ४८ र तृतीय श्रेणीमा २ हजार ३ सय ५३ जना पास भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसी परीक्षाको नतिजा आज ३:३० बजे सम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा तयारीको लागि बसेको परीक्षा समितिको बोर्ड बैठक सकिएको छ । र अर्को बैठक फेरी बस्ने तयारी भैरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक प्रलाद अर्यालले जानकारी दिनुभयो |
परीक्षाको नतिजा www.meronepalnews.blogspot.com मा हेर्न सकिने छ । त्यस्तै परीक्षा नियन्त्रणको कार्यालयले पनि विभिन्न वेवसाईट, एसएमएसबाट परीक्षाफल हेर्ने सुविधा मिलाइएको छ । जस अन्तर्गत शिक्षा मन्त्रालयको वेवसाईट www.moe.gov.np शिक्षा विभागको www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np र नेपाल टेलिकमको slc.ntc.np अन गरेर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ ।