एउटा गायकको जीवन संघर्षलाई चित्रण गरिएको चलचित्र 'धडकन भित्र' को छायाँकन सकिएको छ । गत माघ १५ गते शुरू गरिएको सो चलचित्रको छायाँकन बिचमा केहि ब्रेक भई २७ औं दिनका दिन आईतवार इन्डक्ल्याप गरियो ।
गायन क्षेत्रलाई आफ्नो मुख्य पेशा बनाएका गायक प्रशान्त तामाङको जीवनीलाई केहि हदसम्म छोएको चलचित्र 'धडकन भित्र' मा राजेश हमाल, ऋचा सिंह ठकुरी, रामकेशर बोगटी, नारायण त्रिपाठी, लभ्लीको मुख्य भुमिका रहेको छ । चलचित्रमा मुख्य चरित्रमा देखिएका प्रशान्त गायककै भुमिकामा प्रस्तुत भएका छन् । उनलाई अनस्क्रिन जोडीको रूपमा नायिका ठकुरीले साथ दिएकी छिन् ।
२१ औं चलचित्रको रूपमा मदन घिमिरेले यस चलचित्रलाई निर्देशन गरेका हुन् भने रत्न देउला, क्यानन श्रेष्ठ, संजिब खत्री चलचित्रका निर्माता हुन् । काठमाण्डौ आसपासका क्षेत्रमा सुटिङ गरिएको सो चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ । कलाकारलाई क्यामरामा कैद गर्ने काम शम्भु सापकोटाले गरे भने पटकथा र संवाद शिबम अधिकारीले लेखेका हुन् ।
निर्देशक बस्नेतले दुलही रानीको रिलिज लगत्तै नयाँ सिनेमा 'जाऊ हिड पोखरा' को पनि सुटिङ सुरू गर्ने बताए
चैत्र १७ गतेका लागि रिलिज डेट तोकिएको शोभित बस्नेत निर्देशित सिनेमा दुलही रानी प्रदर्शनका लागि पूर्ण रूपमा तयार भएको छ । सोमबार साँझ सिनेमाको सेन्सरबाट यू सर्टिफिकेट हातमा लिएपछी निर्देशक बस्नेतले भने, 'बल्ल सवै काम सकियो अब रिलिजको मात्र ह्याड्याक ।'
यो बर्षमात्र तीन वटा सिनेमा निर्देशन गरिसकेका मेसिन निर्देशक बस्नेतले दुलही रानीको रिलिज लगत्तै नयाँ सिनेमा 'जाऊ हिड पोखरा' को पनि सुटिङ सुरू गर्ने बताए । उनले भने, 'यो बर्ष मेरो सिनेमाको संख्या चार पुग्ने पूर्व घोषणा अनुरूप 'जाउ हिड पोखरा' को काम पनि सुरू गरिहाल्छु ।' शोभितले बरदान र प्लानको सम्पूर्ण पोष्टप्रोडक्सन थन्क्याएर दुलही रानी बनाएका हुन् जुन सिनेमाको छायाकंन सुदुर पश्चिमका केही जिल्ला सहित भारतको नैनिताल, दिल्ली गेट, मेट्रो ट्रेनमा समेत गरिएको छ ।