धेरै प्रकारका क्रिम तथा जेल पाइन्छन् । कतिपय क्रिमले सरीरको छाला चम्किलो पार्ने दाबी गरिन्छ भने कतिपय क्रिम सरीरको चाउरी हटाउने भन्दै बजारमा ल्याइएको छ ।केही समयअघि योनीको छाला चम्किलो र गोरो पार्ने भन्दै एउटा जेलको प्रचार गरिएको थियो ।टेलिभिजनमार्फत प्रचारित उक्त विज्ञापन निकै विवादित पनि बन्यो । काला वर्णका मानिसहरुले गोरो योनी मात्र पुरुषले मन पराउँछन् भन्ने आशयको उक्त विज्ञापनको घोर विरोध गर्न भ्याए ।
तरपनि उक्त विज्ञापन बजि नै रह्यो । यसैबीच फेरी अर्को प्रकारको जेल बजारमा आएको छ । यो जेल लगाएमा योनी कसिलो हुने दाबी गरिएको छ ।१८ अगेन अर्थात् तपाइँ ‘फेरी १८ वर्षे जोवन’ नामको उक्त जेलले महिलाको योनीलाई कसिलो तथा भर्जिन जस्तै बनाउने दाबी गरिएको छ । भारतीय टेलिभिजनबाट प्रशारण हुने यो विज्ञापनमा एक दम्पत्ति आफ्ना परिवारजनका अगाडि मज्जाले नाचिरहेको देखाइएको छ ।ती महिलाले आफु निकै तरुनी जस्तै भएको र खुसी रहेको बताउँछिन् भने पुरुषले आफुहरुको सेक्स लाइफमा निकै सुधार आएको र पहिलोचोटी सेक्स गर्दाको जस्तै मज्जा आउने गरेको बताउँछन् ।स्मरण रहोस् यो जेल उत्पादक कम्पनीले १८ अगेन जेललाई बजारमा पठाउँदा नायिका सेलिना जेट्लीलाई बोलाएर ठूलै कार्यक्रमको आयोजना गरेको थियो ।
'वान साईडेड लभ' अर्थात एकोहोरो प्रेमको पिडा नभोग्ने सायदै कम होलान् । हुनत एकोहोरो प्रेममा पर्नुको मज्जा छुट्टै छ तर त्यसले दिने पिडा जीवनकालसम्म स्मरणिय बन्ने गर्छ । यहि एकोहोरो प्रेममा परेका एक प्रतिनिधि पात्र हुन् बाबु बोगटी ।
'१५ बर्षको उमेरमा नै एकोहोरो प्रेमको अनुभव लिएको छु', फ्ल्यास ब्याकमा पुग्दै बाबुले भने, 'कहिल्लै प्रेम प्रस्ताव राख्न सकिन । हरेक दिन प्रेमको पिडाको अनुभव लिएँ । अचानाको पिर खुकुरीले बुझ्दैन भने झैं उनले थाहा पाएर पनि नपाए जस्तो गरिन् । त्यो दिनको अझै पनि सम्झना आउँछ ।'
एकोहोरो प्रेममा मानसिक पिडा हुने त त्यसको शिकार आफू पनि भएको बताउँदै बाबु थप्छन्, 'त्यो बेला प्रेम व्यक्त गर्न निकै डर लाग्थ्यो । आफ्नो माया व्यक्त गर्न हिरो हिरोईन भएको पोस्टकार्डमा केहि मायाका शब्द र शुभकामना लेखेर नयाँ बर्षको अवसरमा उपहार दिईन्थ्यो । अहिले पनि त्यो पललाई मिस गरिरहेको हुन्छु तर त्यो बिगत थियो अब सम्झेर त रमाउने मात्र हो
०५५ सालमा एसएलसी दिएर काठमाण्डौ आएपछि उनले आफ्नो पहिलो प्रेमलाई पनि छोडे । 'अहिले त मिठो सम्झना मात्र छ', बाबुले भने, 'अहिले त्यो लभले पूर्णता पाएको भए सायद म यो स्थानमा हुन्थिन होला, कुनै देशको कुनामा गएर बस्नु पर्थ्यो होला । जे भयो राम्रै भयो ।' अहिले भने आफू सिङ्गल नै रहेको बाबु बताउँछन् । तर उनले आफ्नो पहिलो वान साईडेड प्रेमलाई पुन: एक पटक अनुभव गर्ने मौका पाएका छन् तर त्यो रिलयमा नबहेर रिल लाईफमा ।
एकोहोरो प्रेममा परेको प्रेमीको तानाबानालाई बुनिएको फिल्म 'आई एम इन लभ' मा बाबु अनुसँगको एकोहोरो प्रेमीको भुमिकामा देखिंदैछन् जुन प्रदर्शनको क्रममा छ ।
'त्यो बेलाको प्रेमलाई पर्दामा पुन: व्यक्त गर्न पाउँदा रमाईलो त भयो नै काम गर्न पनि सजिलो भयो', बाबुले भने, 'अनुसँग रियलमा लभ परेको हल्ल भने बेकार हो । उनी मेरो अनस्क्रिनको प्रेमिका हुन् त्यो पनि मेरो तर्फको मात्र ।' मिडियामा चलाईएको हल्लालाई आफूले अब्जेक्सन नजनाएको बताउँदै बाबु भन्छन्, 'सुटिङका बेला धेरै मिल्थ्यौ त्यसको प्रतिफल होला अहिलेको यो हल्ला ।'
www.Filmykhabar.com