बलिउडका नम्बर वान अभिनेता सलमान खानको
पछिल्लो फिल्म एक था टाइगरले पाकिस्तानमा अड्चन बेहोर्नुपरेको छ । यो
फिल्मको ट्रेलरलाई पाकिस्तान सरकारले प्रतिबन्ध लगाएपछि पाकिस्तानमा यो
फिल्म नै प्रतिबन्धित हुने सम्भावना बढेको छ ।
समाचार एजेन्सी पिटीआइका अनुसार पाकिस्तान
विद्युतिय मिडिया नियामक बोर्डले पाकिस्तानका केबल अपरेटर्स तथा
स्याटेलाइट टेलिभिजन च्यानलहरुलाई एक था टाइगरको प्रोमो प्रशारण नगर्न
निर्देशन दिएको छ । यो फिल्मले पाकिस्तानी जासुसी एजेन्सी आइएसआइको छविलाई
गलत ढंंगले पेश गरेको भन्दै बोर्डले यस्तो निर्णय लिएको हो ।

तर फिल्मका निर्देशक कबीर खानले भने
टि्वटर मार्फत आफ्नो फिल्मको बारेमा सफाइ दिँदै यो फिल्म कुनैपनि प्रकारको
कट्टरवाद वा पाकिस्तानको विरोधी नरहेको बताएका छन् । उनले पाकिस्तान सेन्सर
बोर्डले आगमी दिनमा यो फिल्मलाई पाकिस्तानका फिल्म हलमा प्रशारण हुन
दिनेमा विश्वास व्यक्त गरेका छन् ।
स्मरण रहोस् यसअघि सैफ अली खानको फिल्म
एजेंट विनोदले पनि पाकिस्तानमा प्रतिबन्ध बेहोर्नुपरको थियो । एक था
टाइगरमा सलमान खान भारतीय जासुसी संस्था रअको एजेन्टको भूमिकामा छन् ।
जसलाई एक मिसनका रुपमा पाकिस्तानमा पठाइन्छ । यो फिल्ममा सलमानका अलवा
कटरिना कैफ तथा रणविर शौरी लगायतको मूख्य भूमिका छ । एक था टाइगर आगामी
अगष्ट १५ मा रिलिज हुँदैछ ।
मुखमैथुन यौन आनन्द प्राप्त गर्ने एक उपाय हो । यौनको विषयमा समाजमा
खुल्लापन बढ्दै जाँदा तथा पार्टनरहरुबीच यौन सम्बन्धमा सहजता थपिँदै जाँदा
मुखमैथुन सम्भोग प्रक्रियाको एक अंग बन्दै गएको विभिन्न अध्ययनहरुले समेत
देखाएका छन् ।
यौनसुखका लागि प्राकृतिक सेक्स जस्तै मुखमैथुन जस्ता प्रक्रियाहरु समेत
प्रयोग हुन्छन् । मुखमैथुनबाट यौन आनन्दमा वृद्धि त हुन्छ नै तर यदि
सावधानी नअपनाउनेहो भने त्यसले गम्भीर तत्कालिन तथा दीर्घकालीन असर पूराउन
सक्छ । कतिपयमा योनी र लिंगबीचको मिलनबाट हुने यौन सम्पर्कबाट मात्र यौनरोग
सर्ने तर मुखमैथुनबाट यौनरोग नसर्ने भएकाले मुखमैथुन स्वास्थ्यका दृष्टिले
पूर्णरुपमा सुरक्षित रहेको विश्वास तथा भ्रम हुन्छ । तर यस्तो सोँचाइ
पूर्णत गलत हो । सत्य कुरा के हो भने मुखमैथुनबाट पनि विभिन्न खालका यौनरोग
सर्ने सम्भावना उत्तिकै रहन्छ । यौनरोग भन्ने बित्तिकै एड्सलाई मात्र
सम्भिmने र अरु यौनरोगलाई गन्दै नगन्ने चलन पनि छ । तरपनि असुरक्षित यौन
सम्पर्कबाट एड्सबाहेक अरु त्यस्ता खतरनाक यौनरोग पनि लाग्छन् जसले मान्छेको
ज्यानै समेत लिन्छन् ।
मुखमैथुनबाट अन्य सामान्य यौनरोग जस्तै गोनोरिया तथा भिरिंगी जस्ता खतरनाक रोग पनि सर्ने गर्छन् । कतिपयमा मुखमैथुनबाट एड्स सर्दैन भन्ने भ्रम हुन्छ । तर यो गलत हो । यदि मुखमा कुनै घाउ छ, ओँठ वा जिब्रो फुटेर रगत बगिरहेको छ भने त्यस्तो अवस्थामा एचआइभी संक्रिमतसँग गरिने मुखमैथुनबाट एचआइभी सर्न सक्छ ।कतिपयमा यौनरोगको दीर्घकालीन असर हुँदैन भन्ने भ्रम हुन्छ । जसका कारण उनीहरु असुरक्षित मैथुनका लागि सक्रिय बन्छन् ।

मुखमैथुनबाट अन्य सामान्य यौनरोग जस्तै गोनोरिया तथा भिरिंगी जस्ता खतरनाक रोग पनि सर्ने गर्छन् । कतिपयमा मुखमैथुनबाट एड्स सर्दैन भन्ने भ्रम हुन्छ । तर यो गलत हो । यदि मुखमा कुनै घाउ छ, ओँठ वा जिब्रो फुटेर रगत बगिरहेको छ भने त्यस्तो अवस्थामा एचआइभी संक्रिमतसँग गरिने मुखमैथुनबाट एचआइभी सर्न सक्छ ।कतिपयमा यौनरोगको दीर्घकालीन असर हुँदैन भन्ने भ्रम हुन्छ । जसका कारण उनीहरु असुरक्षित मैथुनका लागि सक्रिय बन्छन् ।