

रिङरोड भित्र हुने विभिन्न क्रियाकलापलाई सिनेमाले उठान गरेको छ । ‘अंगुरी हुँ म अंगुर’ बोलको गीतको आइटम नृत्यलाई अनलाइनखबरमार्फत सार्वजनिक गरिएको छ । रिङरोड भित्र प्रशस्त मात्रामा खुलेका डान्सबारका कथालाई पनि सिनेमाले उठान गरेको छ ।
फाल्गुन १६ - आगामी चैत १ गतेबाट हुन एसएलसी परीक्षामा यो बर्ष १ हजार विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । दोहोरो रजिस्ट्रेसन फारम भरेका नक्कली र प्रक्रिया नपुगेका परीक्षार्थीले परीक्षा दिन नपाउने भएका हुन् ।परीक्षाका लागि फारम भरेकामध्ये करिब २ सयले दोहोरो रजिस्ट्रेसन फारम भरेको, ९७ जना नक्कली विद्यार्थी भएको र पाँच सयको प्रक्रिया नपुगेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । उपनियन्त्रक पल्हाद अर्यालका अनुसार मुलुकभरबाट परीक्षाका लागि आएका फारम रुजु गर्दा सो तथ्य फेला परेको हो ।दोहोरो रजिस्ट्रेसन भर्ने विद्यार्थीले परक्षिा अगाडी एक स्थानको फाराम एक स्थानबाट फिर्ता गरेमा त्यस्ता विद्यार्थीको परीक्षा रद्द नहुने भएको छ । दोहोरो रजिस्ट्रेसन फारम भएकाले फारम फिर्ता नगरी परीक्षा दिएमा दुई बर्षसम्म परीक्षामा समावेश हुन नपाउने व्यवस्था गरिएको छ । यस बर्ष मुलुकभरबाट ५ लाख ४७ हजार २ सय ५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

फाल्गुन १६ - बागलुङमा क्रियाशील राजनीतिक दलका नेताहरुले विद्यालय शान्ति क्षेत्र घोषणा कार्यन्वयनका लागि नीतिगत तथा शैक्षिक सुधार गर्न पहल गर्ने लिखित प्रतिवद्धता जनाएका छन् । शिक्षामा देखिएको दलको दोहोरो नीतिलाई सुधार गर्दै जिल्लाका बिद्यालयलाई शान्ति क्षेत्रको रुपमा स्थापित गर्न आवश्यक भूमिका निर्वाह गर्ने उनीहरुले लिखित प्रतिवद्धता जनाएका हुन् । जिल्ला शिक्षा कार्यालय बागलुङको आयोजना, गाजा युवा क्लब र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालको संयोजन र सेभ द चिल्डे«ेनको सहयोगमा गरिएको जिल्ला संवादमा उनीहरुले प्रतिवद्धता जनाएका हुन् । दलकै आह्वानमा बन्द गरेका घटना नभएपनि भातृ संगठनको आव्हानमा हुने बन्द शैक्षिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिका विरुद्ध हुने भएकाले त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताइएको थियो भने सम्वादमा रहेका बन्दका बेला स्वास्थ्य क्षेत्र र एम्बुलेन्स जस्तै विद्यालयका गाडी र विद्यालयमा पठनपाठन निर्वाध रुपमा सञ्चालन गर्न दिने वातावरण बनाउन दलहरुलाई आग्रह गरेका छन् । प्रतिवद्धता पत्रमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले नेकपा–माओवादीका, राष्ट्रिय जनमोर्चाका र राष्ट्रिय जनशक्ति पार्टीलगायतका दलले हस्ताक्षर गरेका छन् ।