माओवादी कार्यकर्ताले दैलेखको 'हाम्रो तेस्रो आँखा' दैनिक र जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा माओवादी कार्यकर्ताहरुले गरेको आक्रमणबाट दुई जना कर्मचारी घाइते भएका छन्। कार्यालयमा आक्रमण गरी कम्प्युटर टेबल, कुर्सी र शिशाहरु तोडफोड गरेका छन्। आगजनी गर्न खोजे पनि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेपछि रोकिएको थियो। प्रतिकारमा आक्रमणकारीमध्ये ६ जना घाइते भएका छन्।माओवादी र विपक्षीबीच दुई पटक भएको झडपमा माउन्टेन टिभीका सञ्चारकर्मी कमल शर्मासहित केही घाइते भएका छन्।यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईसहित एमाओवादीका शीर्ष नेताहरु दैलेख पुगेका छन्। माओवादीले आमसभा गर्न लागेको ठाउँसम्म जाने बाटोमा पत्रकारहरुले सुतेर अवरोध गर्न खोजे पनि प्रहरीले उनीहरुलाई बल प्रयोग गरी हटाएका छन्। आज बिहान सदरमुकाममा उतारिएका २२ ट्रक वाइसिएल कार्यकर्ताहरुले सडकमा नाराबाजी गर्दै १० जना पत्रकारलाई डेकेन्द्रकै हालतमा पुर्याउने धम्की दिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन्। वाइसिएल कार्यकर्ताहरुले खुकुरी र पेस्तोल देखाउँदै हिँडेको उनीहरुले बताएका छन्।
Blog Archive
Join Us On Facebook
Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.
Text Widget
About Me
यो ब्लगको साथी बन्नु होस्
Categories
My Friend Blog List
Hello
Download
Online Friends
धेरैले पढ्नु भएको
-
The Ministry of Foreign Affairs on Friday summoned Indian Ambassador to Nepal Jayanta Prasad over a controversial political statement made...
-
Rakhi Sawant doesn't seem to stop harping about how she's the original item girl. In fact, not too ...
-
प्रहरीले फागुन १९ गते नेविसंघका पूर्व सहमहामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, नेविसंघका नेता राकेश विक्रम...
-
आज पुस १ गते । यस दिनलाई नेपालका ‘प्रजातन्त्रवादी’हरु कालो दिनका रुपमा लिने गर्छन् । २००७ देखि ०१५ सालसम्मको लामो संक्रमणकालपछि आम निर्वा...
-
नेकपा एमालेले सरकार विरुद्धको आन्दोलनलाई शसक्त बनाउने तयारीमा लागेको बताएको छ । आन्दोलनमा जनसमर्थन बढाउन आज एमालेले तयारी बैठक पनि बोलाएक...
-
A film based on 3D technology is set make its first appearance in Nepal through 'Vigilante'. Young director Dipendra K Khanal is...
-
केही समय अघि एक नायिकाले भनेकी थिईन्, ‘चलचित्र ए ६९ भित्र धेरै नै सेक्स र चुम्वनका दृश्य दिनुपर्ने भएकाले मैले यो चलचित्...
-
साना दलहरूले निर्वाचनका लागि आवश्यक संवैधानिक व्यवस्थासमेत नगरी संविधानसभा विघटन गर्नु षड्यन्त्रमूलक रहेको निष्कर्ष निकाल...
-
त्रिवि अस्पतालमा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी ४० जनालाई चिकित्सकलाई प्रहरी पक्राउ गरेको छ ...