
डोटीको लामिखाल ४ घर भएकी १९ बर्षीया पार्वती भाटका कोखबाट २ ओटा टाउको र ४ ओटा हात भएकी एक शिशुको जन्म भएको हो । सुत्केरीको अवस्था जटिल भएपछि अपरान्ह ४ बजेर २० मिनेटमा जिल्ला अस्पतालमा अप्रेशन गरी साढे ७ हफ्ताको शिशुको जन्म गराइएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ ।
नवजात शिशुले कुनै बेला एउटा टाउको र कुनै बेला अर्को टाउकोको माध्यमबाट श्वास फेर्ने गरेको र उनको बाँच्ने सम्भावना कम भएको अस्पतालका डक्टर सन्दिप श्रेष्ठले जानकारी दिनुभयो ।
.jpg)
‘विन्दास’ मा विगि्रएकी सुष्मा ‘विन्दास २’ मा सुध्रने निर्माणपक्षले बताएको छ । तर ‘विन्दास’ मा हत्या गरिएका कलाकार विन्दास २ मा देखिने छैनन् । चलचित्रको छायांकन चाडै नै सुरु गर्ने योजना निर्माणपक्षले बनाएको छ ।onlinekhabar मा खबर छ
समिक्षकको राम्रो साथ नपाएपनि रेश २ ले शुक्रबार र शनिबार ३५ करोडको व्यापार गरेको छ ।शुक्रबार १५.१० करोडको व्यापार गरेको यो सिनेमाले शनिबार १९.७५ करोडको व्यापार गरेका हो । यस्तै रेश २ ले ओभरसिजमा पनि राम्रो सुरुवात गरेको छ । सिनेमाले ओभरसिजमा ७.३५ करोड को व्यापार गरेको हो । ३ दिनमा ५० करोडको व्यापार गरेको खण्डमा रेश २ ले १०० करोडको व्यापार सजिलै गर्ने दाबी धेरैको छ । दिपिका पादुकोण, सैफ अलि खान, जोन अब्राइम, ज्याक्लिन, अमिशा पट्टेल, अनिल कपुर लगायतका स्टारहरुले अभिनय गरेको यो सिनेमा सन् २००८ मा तयार भएको रेश को सिक्वेल हो ।
.jpg)
बल्र्डलिंक कम्युनिकेसन्सले मुलुकमै तीव्र गतिको इन्टरनेट सेवा सुरु गरेको छ । 'केवल जुम' नाममा सुरु गरिएको इन्टरनेट निश्चित परिमाणमा १० एमबीपीएससम्म गतिमा चलाउन सकिने छ । कम्पनीले कम्तीमा १ हजार १ सय रुपैयाँ शुल्क तिरेर २० जीबीसम्म डाटा १० एमबीपीएस गतिमा चलाउन सक्ने छन् । तोकिएको डाटा परिमाण सकिएपछि डाटा सेवा लिएको अवधिभर ग्राहकले १ सय १८ केबीपीएस गतिमा इन्टरनेट चलाइरहन पाउने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले पत्रकार सम्मेलनमा बताए । 'बजारमा अहिलेसम्म आएका गतिको १० गुणा तीव्र इन्टरनेट सेवा हामीले ल्याएका छौं,' उनले भने, 'बजारमा १ एमबीपीएसभन्दा बढी गतिमा कुनै कम्पनीले सेवा दिन सकेका छैनन्् ।कम्पनीले सुरुमा काठमाडौं र ललितपुरको केही स्थानहरूमा सेवा सञ्चालनमा ल्याएको छ । अरू स्थानमा चरणबद्ध रूपमा विस्तार गर्दै लाने कम्पनीको कार्य योजना रहेको अग्रवालले बताए ।
१२ दिन देखि रिले अनशनमा बस्दै आएका चलचित्रकर्मीहरुले आफ्नो आन्दोलनको स्वरुप फेरेका छन् । सोमबार सम्म रिले अनशनमा बसेका चलचित्रकर्मीहरु आज मंगलबारदेखि आमरण अनशनमा बस्ने भएका छन् ।आज मध्यान्न १२ बजेदेखी ७ जना चलचित्रकर्मीहरु आमरण अनशनमा बस्न लागेका हुन् । आमरण अनशनमा बस्न लागेका चलचित्रकर्मीहरुमा बरिष्ठ कलाकार सुनिल थापा , हेमन्त बुढाथोकी, निर्देशक बिमल पौडेल , अंग्रज केसी, कुमार सिलवाल, निला बस्नेत, सुर्य रेग्मी छन् । २४ घन्टे रिले अनशनमा बस्दा पनि सरकारले मागको कुनै सुनुवाई नगरेपछि चलचित्रकर्मीहरुले आन्दोलनको स्वरुप कडा बनाउन लागेका हुन् ।
यस्तै आज चलचित्र बिकास बोर्डको परिसरमा नागरिक समाज, नेपाल पत्रकार महासंघलाई समेत निमन्त्रणा गरिएको छ । आइतबारदेखि चलचित्र प्रदर्शनलाई ठप्प पार्ने निर्णयलाई पुनः बिचार गरिएको छ । शुक्रबारदेखि नयाँ सिनेमा प्रदर्शनमा आएकाले एक हप्ता हल बन्द नगर्ने निर्णय गरिएको हो । आउदो शुक्रबारदेखि भने कुनै पनि सिनेमा हलमा प्रदर्शनमा नगर्न चलचित्र संघलाई पत्र काटिएको छ । यस्तै आमरण अनशनका बिषयमा प्रधानमन्त्री कार्यलय र सुचना तथा संचारमन्त्रालयमा समेत पत्र पठाइएको छ ।
यस्तै आन्दोलनमा रहेका केही संस्थाका अध्यक्षहरुले चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष धमेन्द्र मरवैता लाई भेटेर सहकार्य गर्ने बचन दिएको बिषयमा संचारमाध्यममा आएको समाचारमा समेत आन्दोलनरत संघसंस्थाले ध्यानाकर्षण भएको बताएका छन् । चलचित्र निर्माता संघका सचिव सुरेश दर्पण पोखरेलले भने, ‘यो बिषयमा पनि सोमबारको बैठकमा कुरा उठेको छ । बाटोमा भेट्दा बोल्नु सामान्य कुरा भएपनि त्यसलाई असामान्य बनाएर हल्ला फैलाइएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’
उनले नव नियुक्त अध्यक्ष ‘पप्पु’ ले आन्दोलनाई फुटाउनका लागि यस्तो हल्ला फैलाउदै हिडेको आरोप समेत लगाए ।
