मंगलबार आयोजना भएको एक कार्यक्रममा मोडल तथा नव नायिका शिल्पा पोख्रेल वार्डरोप मालफक्शनको शिकार भएकी छन् । काठमाण्डौमा बढ्दै गरेको जाडोमा पनि शिल्पा वन पिस पहिरनमा आकर्षक देखिएकी थिइन् । तर बस्ने समयमा आफ्नो पहिरन नसम्हालेपछि उनले भित्रि बस्त्र देखाइहालिन । सार्वजनिक कार्यक्रममा छोटो पहिरनमा पुग्ने अधिकांश नायिकाहरुले क्यामेराबाट बच्नको लागि निक्कै सजकता अपनाएका हुन्छन् ।कतिपय चर्चाकै लागि यस्तो कुरामा सजगता देखाउदैनन् भने कतिपय भने थाहा नपाई वार्डरोप मालफक्शनको शिकार बन्न पुगेका हुन्छन् ।
onlinekhabar.com लिइएको तस्बिरहरु यस्तो छ
onlinekhabar.com लिइएको तस्बिरहरु यस्तो छ

मङ्सिर ४ गते भएको संविधानसभा चुनावको समानुताकितर्फबाट राजनीतिक दलहरुले पाएको सिट सङ्ख्या निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले आज चुनावमा भाग लिएका दलहरूलाई निर्वाचन आयोगमा बोलाएर प्राप्त मत र सीट सङ्ख्याका बारेमा जानकारी गराउदै एक साताभित्र नाम सिफारिस गर्न आग्रह गरेको हो । समानुपातिक तर्फबाट सिट पाएका ३० दलमध्ये २१ दलका प्रतिनिधि आयोगमा पुगेनि एकीकृत नेकपा माओवादीसहित नौ दल अनुपस्थित थिए । दलहरुसँगको छलफलपछि निर्वाचन आयोगले पत्रकार सम्मेलन गरि आज अनुपस्थित भएका दलहरू पनि एकदुई दिनमै आयोगसँग सम्पर्क गरि नाम बुझाउने विश्वास व्यक्त गरेको छ । तोकीएको समयभित्र दलहरुले नामावली नबुझाए त्यसपछिको प्रवाधान के छ ? भन्ने संचारकर्मीहरूको प्रश्नमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले कुनै संवैधानिक र कानुनी व्यवस्था नभएकोले दलहरुलाई पर्खिनुको विकल्प नभएको बताउनुभयो । साथै उहाँले यसपालीको चुनावमा ४ अर्ब ८४ करोड रुपैया खर्च भएको जानकारी दिनुभयो । चुनावमा प्रत्यक्ष तर्फ ७८ दशमलव ३४ र समानुपातिक तर्फ ७९ दशमलव ८४ प्रतिशत मतदाताले मतदान गरेको र त्यसमध्ये प्रत्यक्ष तर्फबाट ८ दशमलव ९ प्रतिशत र समानुपातिक तर्फबाट ३ दशमलव २ प्रतिशत मत बदर भएको आयोगले जानकारी दिएको छ ।