भुइँको टिप्न खोज्दा पोल्टाको खस्छ भन्ने उखान नेकपा एमालेका उपाध्यक्ष अशोक राई र पोलिटब्युरो सदस्यहरु पृथ्वी सुब्बा गुरुङ र बिजय सुब्बा लगायत नेताका हकमा लागू भएको एमालेवृत्तमा
चर्चा चल्न थालेको छ ।मधेसमा दुई राज्य र पहाडमा एकल जातीय पहिचानका आधारमा राज्य नभए एमालेका ३५ केन्द्रीय सदस्यसहित बाहिरिने चेतावनी दिएका थिए अशोक राईले । तर अन्य दलका जनजातीलाई पनि समेटेर छुट्टै पार्टी बनाउने महत्वकांक्षा उनमा बढेपछि आफ्नै खल्तीमा रहेका २६ मधेसी तथा जनजाती नेताहरुले अशोकको साथ छाडेको सोमबारको साँघु साप्ताहिकले छापेको छ । पछिल्लो स्थायी समिति वैठकमा उनले पार्टी छाड्न लागेका ३५ जना केन्द्रीय सदस्यको सूची पनि पेश गरेका थिए ।

आङ्काजीले जिब्रो थुतेर आँखा निकालिदिने
पत्रकारमाथि सार्वजनिकरुपमा कुटन र संचारगृहमाथि आगो लगाउन आह्वान गर्ने अराजक छवि बनाएका जनजाति महासंघका महासचिव आङकाजी शेर्पा यतिखेर आफ्नै समुदायका नेताहरुबिरुद्ध खनिन थालेका छन् । त्यो पनि निकै तल्लो स्तरका शब्द प्रयोग गरेर । उनले प्रेस बिज्ञप्ति, एसएमएस र फेसबुक स्टाटसबाट कांग्रेस एमालेबाट बिद्रोह नगर्ने नेताहरुको नामै किटेर आँखा झिकिदिने र जिब्रो निकालिदिने धम्की दिएका छन् ।
केही हप्तायता तरकारी र फलफूलको भाउ अहिलेसम्मकै महँगो भएको छ ।
स्थानीय व्यापारीले निरन्तरको सुख्खा र खडेरीका कारण तरकारी उत्पादनमा समेत
ह्रास आएपछि तरकारीको मूल्य बढेको बताएका छन् । यस वर्ष कैलालीमा आँप र
केराको उत्पादन समेत घटेपछि फलफूलको भाउ पनि बढेको छ । मूल्य बढेर अहिले
स्थानीय बजारमा प्रतिकिलो नयाँ आलु रु ४०, पुरानो आलु रु २५, मुला रु ६०
तानेबोडी रु ८०, रामतोरिया रु ६०, लौका रु ४०, काउली रु ६०, भन्टा रु ४० र
बन्दा रु ४० पुगेको छ ।
प्याजको मूल्य भने स्थीर रहेको छ । एक डेढ महिनाअघिसम्म पुरानो आलु रु १५, मुला रु ३०, तानेबोडी रु ४०, लौका रु ५०, भन्टा रु ३० र बन्दा रु २० मा उपभोक्ताले पाउने गरेका थिए । यता आँपको मूल्य अहिले प्रतिकिलो रु ८० रहेको छ । केही दिनपछि आँपको मूल्य केही घट्न सक्ने व्यापारीले बताएका छन् ।केरा प्रतिदर्जन रु ६०, स्याउ रु १८०, लिची रु १६० र मौसम रु ८० पुगेको छ । दुईहप्ता अघिसम्म प्रतिदर्जन केरा रु ४०, स्याउ प्रतिकिलो रु १५० र लिची रु १०० मा उपभोक्ताले पाउने गरेको फलफूलका व्यापारी नसीम अन्सारीले बताउनुभयो । तरकारीमा भएको मूल्यवृद्धिसँगै सर्वसाधारण महँगीको थप समस्यामा परेका छन् । रासस

राजधानीमा सोमबार ६ वर्षयताकै सबैभन्दा
बढी गर्मी महसुस भएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले अनुमान
गरेभन्दा पनि बढी तापक्रम पुगेको हो । महाशाखाले अघिल्लो दिन जस्तै सोमबार
पनि अधिकतम तापक्रम ३२ देखि ३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरेको थियो ।
तर, त्यो भन्दा पनि बढेर सोमबार तापक्रम ३४ दशमलव २ डिग्री सेल्सियस
पुगेको छ ।
‘यो यसवर्षको मात्रै नभएर झण्डै ६
वर्षयताको सबैभन्दा उच्च तापक्रम हो’ महाशाखाका मौसमबिद् बरुण पौडेलले
भन्नुभयो । काठमाडौंमा तापक्रमले ३६ डिग्री नाघेको रेकर्ड पनि छ । ‘सन्
१९८९ मा काठमाडौंको तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो’
महाशाखाका बरिष्ठ मौसमविद् मणिरत्न शाक्यले भन्नुभयो -’तापक्रमले नयाँ
रेकर्ड नै चाहिं राखेको होइन, तर पछिल्ला केही वर्षको तुलनामा चाहिं बढेको
हो ।’
राजधानी बाहिर पनि तापक्रम बढेको छ ।
सबैभन्दा बढी गर्मी हुने धनगढी र नेपालगंजमा ४४ डिग्री सेल्सियससम्म
तापक्रम पुगेको छ । ‘यस वर्ष मनसुन पनि शुरु भैनसकेको र पि्रमनसुनमा समेत
राम्ररी पानी नपरेकाले गर्मी बढेको हो’ मौसमविद पौडेलले भन्नुभयो ।
सामान्यतया जुन १० अर्थात आइतबारदेखि मनसुन शुरु हुनुपर्ने भएपनि अझै
चारपाँच दिन लाग्ने अनुमान छ ।