बागलुङ, जेष्ठ १८-नेपाल बार एसोसिएसनले खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने आङ्खनो पुरानो अडानलाई दोहो¥याएको छ ।
बाग्लुङ सदरमुकाममा आज सम्पन्न दुई दिने केन्द्रीय कार्यकारिणी परिषद्को बैठकले रेग्मीको राजीनामा माग्ने पूर्वनिर्णयलाई अनुमोदन गरेको हो । बैठकपछि जारी १९ बुँदे बाग्लुङ घोषणापत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट लोकमानसिंह कार्कीलाई हटाउन र अब आइन्दा जनआन्दोलनका विरोधीलाई नियुक्त नगर्न सरकारसमक्ष आग्रह गरिएको छ ।
बैठकपछि एसोसियसनका उपाध्यक्ष टिकाराम भ
ट्टराईले रेग्मीको राजीनामा माग्नेलगायत बारले यसअघि गरेका निर्णयहरुलाई परिषद बैठकले अनुमोदन गरेको जानकारी दिनुभयो । बैठकले संविधानसभा चुनावको वातावरण तत्काल बनाउन पनि माग गरेको छ । परिषद बैठकको उद्घाटन हिजो कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले गर्नुभएको थियो ।
घोषणापत्रमा राजनीतिक एवं समसामयिक विषयमा पाँचवटा बुँदा समावेश छन् । जसमा, प्रधानन्यायाधीश पदबाट खिलराज रेग्मीले राजीनामा दिनुपर्ने, लोकमानको नियुक्ति बदर गरिनुपर्ने र भविष्यमा जनआन्दोलनका दोषीलाई नियुक्त गर्न नहुने उल्लेख छ । राजनीतिक वातावरण बनाउँदै अविलम्ब निर्वाचनको मिति घोषणा गर्न बारले माग गरेको छ ।

र्गको चन्द्रनिगाहपुर स्थित राजमार्ग नै जलमग्न हुने गरेको छ ।
काठमाडौ, जेष्ठ १८ -नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिए निर्वाचन हुन कठिन हुने बताउनुभएको छ । नेपाल विद्यार्थी समाज लम्जुङले काठमाण्डुको गरेको कार्यक्रममा काङ्ग्रेस उपसभापति पौडेलले अध्यक्ष रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिए सरकार र निर्वाचन समस्यामा पर्ने बताउनुभयो । उहाँले बहालावाला प्रधानन्यायाधीश मन्त्रिपरिषदद् अध्यक्ष रहने संवैधानिक प्रावधान रहेको दावी गर्नुभयो । उहाँले रेग्मीको राजीनामा माग गर्दै गणतन्त्र दिवस बहिष्कार गर्नु आपत्ति जनक रहेको बताउनुभयो । पौडेले मंसिरमा चुनाव हुनु आबश्यक रहेकाले अब बाँकी कुरा छाडेर चुनावमा लाग्नुपर्ने बताउनुभयो ।