मजस्तो गरिबलाई दुई पैसा खर्च गर्दा त कपालबाट पसिना चुहुन्छ भने एक रुपियाँ एक आना त कुरै के ! त्यसो त मसँग ६ रुपियाँ थियो, तर यस ६ लाई दस, दसलाई बीस र यसै गरी सयसम्मन् पुर्याई एउटा सानु नुनतेल-मसलाहरुको पसल थाप्ने साह्रै रहर भएकोले झट्ट एउटा तुच्छ झुलको निम्ति सत्र आना खर्च गर्ने आँट आएन । तीनपल्ट हीरा साहुको पसलसम्मन् पुगेँ र थरी थरीका झुलहरु हेरेँ । एक दिन एउटा झुल मन पनि पर्यो र मूल्य सोधेँ । एक रुपियाँ आठ आना भन्यो । मैले घटाई एक रुपियाँ एक आनासम्म पुर्याएँ पनि । थैलीबाट सिङ्गो एक कम्पनी र एक आना खुरुक्क निकाली थसुल्ले मारवाडीको हातमा हत्तपत्त दिन साह्रै गाह्रो लाग्यो । नकिन्ने विचार गरी मैले टाल्नलाई भने -”मन परेन ।”
मारवाडी भाषामा के के सराप्यो मैले केही बुझिनँ । कसुर मेरै भए पनि त्यसले एउटा ग्राहकलाई सराप्ने के हक ? मैले पनि नेपालीमा लाजभाँड गाली गरेँ र बाहिर निस्केँ । जब राती टुवीँई … ञ … ट्वींई … ञ गर्दै लामखुट्टे कानमा कराउन लागे अनि झुल नकिनेकोमा पछुतो हुन लाग्यो ! आफैँलाई धिक्कार्दै बिहान भयो । रातभरि नसुतेकोले काम गर्न मन लाग्दैनथ्यो, कुनै तौरले गरे पनि एकैछिनपछि पट्टार लागी हाईहाई गर्दै उँघ्न लाग्दथेँ । यसै गरी दिन बित्न लागे ।
दिनभरि त लामखुट्टेको विचारै आउँदैनथ्यो, तर रात के पर्यो गाला बजायो, कान पिटयो, एउटा कोल्टेबाट अर्को कोल्टे पर्यो र बिहान भयो । जाडो त यसै गरी बित्यो । तर अब गर्मी बितीदनँ भन्थ्यो । एक त वीरगञ्जको लामखुट्टेको फौज, दोस्रो त्यहाँको गर्मी र तेस्रो गन्हाउने छिँडीको डेरा, बितोस् पनि कसरी ? कुनै रात त मेरो छिँडीको कोठा दिउँसोको गर्मीले गुम्सिएर धोबीको भट्टीलाई पनि माथ गथ्र्यो । बाँसको पङ्खा घुमाउँदै घुमाउँदै आँखा लठ्ठिनु के थियो लामखुट्टेको खुट्टीको प्रहार र विनासुरतालको ट्वींट्वींले फेरि बिउँझन्थेँ । एक दिन राती तन्द्रामा मैले देखेँ – एउटा बगैँचामा एउटी राम्री तरुनी जर्जेटको साडी र रेशमी ब्लाउज लगाई आफ्ना सुकुमार, सुकिला नाङ्गा गोडा बिस्तार बिस्तार बढाउँदै मधुरो स्वरमा बिहाग गाउँदै मनजिकै आइरहेकी थिइन् । तर अकस्मात् तीनी थामिइन् । म झल्याँस्स बिउँझे । युवतीको बिहाग त लामखुट्टेको सूर पो रहेछ । गर्मीले खल्खली पसिना आयो, लामखुट्टेहरुले टोक्न लागे, रछानको गन्धले बस्न मुश्किल पर्यो । तर के गर्नु, हवादार बङ्गला, बाबरलेटको ठूलो झुल, फूलको सुगन्ध, बिजुली पङ्खाको बतास सोचेर त भएन । यही आफ्नो गरिबीलाई सम्झनुपर्छ – फेरि पङ्खा घुमाउन थालेँ । अकस्मात् झुल किन्ने विचार आयो-भोलि त अवश्य किन्छु, रुपियाँ भईभईकन किन दुःख भोग्नु ! ब्याहान हुनासाथ त्यही एक रुपियाँ र एक आना-सत्र आनाको झुल किन्ने निश्चय गरेँ । तर विहान त हुनै खोज्दैनथ्यो !
भोलिपल्ट उठ्नासाथ हीरा साहुको पसलमा पुगेँ । पसले त उही थियो तर उसले मलाई चिनेन । एक दिन सरापेकोलाई मोरो बिर्सेछ । ठीक भयो नत्र … !
मैले झुल देखाउनलाई भनेँ । एकै छिनमा मेरो अघिल्तिर थरीथरीका झुलहरुको थुप्रो भयो । तर मलाई त छान्नु थिएन ! चार महिनापहिले नै छानिसकेको थिएँ । त्यसकारण अरु झुलहरुलाई पन्छाउँदै उही “सत्र आने” झुल खोज्न लागेँ । एक्कासि मनमा शङ्का उठयो -”कहीं त्यो झुल बिक्री भइसकेको भए !” मन मनै झसङ्ग भएँ, धेरै खोजेँ तर अन्तमा पाइनँ । अर्कै झुलको मोल गराउनुपर्यो । एउटा निकै राम्रो झुल थियो, गौरसँग हेरेँ र दाम सोधेँ । एक रुपियाँ ६ आना भन्यो । तर धेरै बेर हेर्दा त्यो मन परेन । अर्को हातमा उठाएँ, दाम दुई रुपियाँ । पहिलोभन्दा यो नै राम्रो र मजबूत थियो । यही किन नल्यूँ ६ आना त बेसी हो नि । फेरि आर्को हेरेँ, तीन आनाको फरक र पहिलेको भन्दा धेरै असल । हुँदा हुँदा बाबरलेटको झुलको दाम सोधेँ, सात रुपियाँ भन्यो । पहिले हेरेको मामूली कपडाको झुलभन्दा यो बाबरलेटको झुलमा एक रुपियाँ मात्रै फरक थियो । किन एक रुपियाँ अरु थपेर बाबरलेटको नै नलिनू ? सुनेको थिएँ, बाबरलेटको झुल धेरै वर्ष खप्छ ।
मैले पसलेलाई सोधेँ – “सातभन्दा घट्दैन ?”
उसले भन्यो – “अँहँ ।”
यसरी टाउको हल्लाउँदै उसले यो ‘अँहँ’ भन्यो कि सातभन्दा एक पैसा पनि नघट्लाझैँ लाग्यो । तर मसँग सात थिएन, मैले साँढे पाँच भनेँ । धेरै मोलतोल हुँदा हुँदा अन्तमा ६ मा मञ्जुर भयो । तर थैली निकाल्दा मेरो हात काम्यो । एउटा झुलको ६ रुपियाँ ! किनुँ कि नकिनुँ, यही फसादमा परेँ । झट्ट मेरो मगजमा रातीको लामखुट्टेको घुनुनुन्न र गाला, कान, छाती, गोडालाई केही बेरको अन्तरमा हातले टयाप्पटयाप्प पिटेको याद आयो । नाकको टुप्पोमा लामखुट्टे बस्तथेँ ! अल्छीले हात उठाई उडाउन मन लाग्दैनथ्यो । त्यस कारण नाकको पोरा तीन-चारपल्ट फुलाई उडाउनुपथ्र्यो । त्यो दुःख बेसाउनुभन्दा त रुपियाँ खर्च गर्नु नै बेस हो नि ! – तर ६ रुपियाँ किन खर्च गर्नु ?-लामखुट्टेको डरले ? मुटुमा ढ्याङग्रो बज्यो, तर मनलाई दरो बनाई रुपियाँ मारवाडीको हातमा राखिदिएँ, एक किसिमले दान दिएँ-पाँच ओटालाई त उसले हातमा राती हेर्यो मात्रै, तर एउटा भिक्टोरिया रानीको रुपियाँलाई चाहिँ धेरै बेरसम्मन्, कहिले आँखानजिकै टाँसी र कहिले कोटयाई कोटयाई हेर्न लाग्यो । केही गरी चलेन भने ? म डराएँ । तर हैन, चल्यो ! भुईँमा धेरैबेर ठटाएर कन्तुरको प्वालबाट छिरायो ।
त्यस दिन केही काम गरीनँ । रुपियाँ खर्च गरेकोमा पछुतो भयो । कहाँ सय पुर्याउने र पसल थाप्ने विचार, कहाँ एउटा झुल किन्दा नै रुपियाँ सकियो ! त्यो बाबरलेटको झुललाई दिनभरी छिँडीमा बसी हेरिरहे । यसका एकनासका साना साना प्वाल, बकुल्लाभन्दा पनि सुकिलो कपडा-हेर्दाहेर्दै मन फेरि रसायो । बेस भयो । जे भए पनि किनिहालेँ । अब पछुतो गरेर नै के हुन्छ ? कमसेकम सात-आठ वर्ष त खप्ला नि ! मामूली कपडाको किनेको भए दुवै वर्षमा धूजा धूजा हुन्थ्यो ।
साँझ पर्यो-छिँडीमा त दिउँसैदेखि साँझ परिसकेको थियो । तर अब सारा वीरगञ्जमा झमक्क साँझ पर्यो । अब झुल कस्ने सारसूर गर्नुपर्छ भनी फरियाको पारी खोज्न छिँडीबाट बाहिर निस्केँ । धुइँधुइँती खोज्दा एउटा रातो पारी पाएँ । त्यसलाई च्यापेर चारोटा लामा लामा त्यान्द्रा बनाई झुल कस्न थालेँ । सक्ला त थिएन, त्यस कारण एकातीरको त्यान्द्रोलाई ढोकाको सिक्रीमा, एउटालाई दलिनको कडीमा, आर्कोलाई लुगा टाँग्ने डोरीमा र अर्कोलाई चाहिँ आँखीझ्यालमा टाँगीवरी पानस सल्काएँ । अब रामायण पढ्नु थियो । खाटमा बसी रामायण बाच्न थालेँ – “एक दिन नारद सत्योलोक् पुगिगया … ।” झुलको माथिको हिस्साले टाउको छुन्थ्यो, त्यसकारण अलि अप्ठयारो लाग्यो-टाउको निहुराइरहनुपर्ने । तपाईँहरु भन्नुहोला ६-६ रुपियाँ हालेको झुल पनि कहीँ सानु हुन्छ ? र मेरो पनि त सुन्नुहोस् । झुल सानु थिएन, असाध्य ठूलो थियो ! त्यस कारण ठूलो हुनाले माथिको हिस्सा लत्रिन्थ्यो । फेरि तपाईँहरुले मेरो छिँडीको कोठा देख्नु नै भएको छेन । देखेको भए भन्नुपथ्र्यो- “तारे ठीक भन्छ ।” झुल त कोठाभरीलाई पनि पुग्ने थियो तर खाट भने साह्रै सानु । अब विचार गर्नुहोस्, अवश्य नै लत्रिएको थियो होला । तर जे भए पनि मेरो जस्तो बाबरलेटको झुल तपाईँहरुमध्ये पनि धेरै काम मानिसको छ । मलाई एक दिन मालको सुब्बा कहाँ जाने मौका मिलेको थियो । सुब्बाजस्तो कहाँ पनि मामुली कपडैको झुल देखेँ ।
रामायण बाचीवरी, ढिँडो ओडाली, एक भुल्को गुन्द्रुक उमाली खाईवरी सुत्ने सुरसार कसेँ । बिस्तारै झुल खोली जतनसँग खाटमा लडेँ । लामखुट्टे त थिएन, तर गर्मी असाध्य थियो । कोठामा एउटा सानु आँखीझ्याल मात्र थियो । त्यसमा पनि बाहिर हावा चलेको थिएन । हावा कहाँबाट आओस् । खल्खली पसिना आयो । पङ्खा हम्केँ । तर कतीबेर सम्मन् हम्किरहनू ? यताउती कोल्टे परेँ । फेरि पङ्खा हम्के । नींद केही गरे पनि परेन । धेरै विचार गर्दा थाहा पाएँ, यही झुलले गर्मी ज्यास्ती खपिनसक्नु भएको हो । अन्तमा झुल उठाउनुपर्यो । ६ रुपियाँ हालेको झुलले केही काम दिएन । झुल उठाएपछि गर्मी त केही कम भयो तर फेरि लामखुट्टेको उपद्रव-कहिले मुखमा किटिक्क, कहिले गोडामा र कहिले आँगमा–लुगा फुकाली सुतेको थिएँ) । एक घण्टापछि फेरि झुल कसेँ, फेरि उकुसमुकुस, फेरि खल्खली पसिना, थाहा नै पाइएन कैले भुसुक्क निदाएछु ।
भोलिपल्ट राती
झुल ठूलो थियो, खाटमा बस्यो कि माथिको झुलको हिस्सा आई मुखमा र टाउकोमा लत्रिने । रामायण बाचेँ ! तर केही बुझिनँ, किनभने टाउकोमा र झुलमा नै मेरो मन अल्झिएको थियो । हातले कतीपल्ट पन्छाएँ, तर फेरि लत्रिने । यस्तो अप्ठयारो र असजिलो लाग्यो कि के भनूँ । जम्मा ६ रुपियाँ गाँठमा थियो तर पनि यही नाथे झुलमा फ्याँके । मन मनै झुलदेखि रिस उठयो । एक पटक त जोरसँग माथि फ्याँकेँ पनि तर फेरि आई टाउकोमा हल्लिन लाग्यो । ओह ! मनुष्यको सुख र दुःख कत्रो तुच्छ वस्तुमा निर्भर हुँदो रहेछ ! एउटा हलुको झुलले छुँदा कन्सिरी तातेर आउँछ ।
रामायणनजिकै मुख लगी पढ्न थालेँ । झुलले त छोएन तर घिच्रो दुख्न थाल्यो । फेरि टाउको उठाउनुपर्यो, फेरि झुल । “धिक्कार यस्तो जीवनलाई”-मैले झोंक्किएर एकपल्ट चिच्याएँ । चिच्याएर के हुन्थ्यो ! झुल माथि उठेन । अनि फेरि झुलको प्रतीक्रोध, जीवनको प्रतीघृणा र गरिबीको प्रतीआँसु जोरले बढ्न थाल्यो । हन त एउटा मामुली झुलले छोएको मात्रै थियो, तर मलाई यस्तो भान भयो भनूँ झुल मलाई गिज्याउँदैछ । जस्तो मानिसको टाउकोमा एकएक बूँद धेरैबेर खसालिरहृयो भने त्यो मानिस पागल हुन्छ त्यस्तै मलाई पनि त्यो झुलले बहुलाहा बनायो । एकपल्ट फेरि भएभरको जोरले झुललाई माथि हुत्याएँ । एकातीरको डोरी चुँडियो र सारा झुलले मलाई छोप्यो । डोरी चुँडिनु के थियो मेरो खप्ने सीमा पनि च्वाट्ट गरी चुँडियो । आँगबाट झुल पन्छाइवरी हत्तपत्त खाटबाट ओर्लेर सारा झुललाई अँगालो हाली आफूतीर तानेँ । बाँकी तीनवटा बन्धन पनि चुँडिए ।
म क्रोधले बुहलाहाझैँ भएको थिएँ । झुलैको एउटा फुर्कोलाई पानसको ज्वालामा डढाएँ । हुरहुर बल्न थाल्यो मेरो बाबरलेटको झुल ! मनमा केही शान्ति भयो ! तर कोठाभित्र त बस्नु भएन, घर सल्किने डर थियो । बलिरहेको झुलर्ला झट्ट चोकमा लगेर थुप्र्याएँ । धुँवाले सारा घर रङ्गमगियो । के के न भयो भन्दै माथि बार्दलीबाट थुप्रै मानिस हेर्न लागे । म कुत्रुक्क बसेर बल्दो बाबरलेटको झुललाई हेर्दै थिएँ । माथिका मानिसहरुले पनि केही बोलेनन् । ६ रुपियाँको झुलको अन्तिम क्रियालाई मैले टाउको निहुराई हेरिरहेँ । खरानी भएपछि म जुरुक्क उठेँ र एकपल्ट लामो सास फेरि बिस्तार बिस्तार आफ्नो धुँवा र लामखुट्टेले रङ्गमगिएको कोठातीर हिडेँ । के त्यस बखत म चिन्तित थिएँ ?
(किरण रिमालद्वारा सम्पादित ‘नेपाली कालजयी कथा’बाट)
सरकारी निर्देशन नमान्ने ग्यास उत्पादकलाई कारबाही गरिने भएको छ । करिब तीन महिना अघिदेखि एलपी ग्यासका दुईथरी सिलिन्डर बनाउन निर्देशन दिइएको भए पनि अझैसम्म सो निर्देशन कार्यान्वयन नभएको भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले अटेर गर्ने ग्यास उत्पादकलाई कारवाही गर्ने जनाएको हो ।मन्त्रालयले पटक–पटक नीलो सिलिन्डर बनाउन निर्देशन दिएको भन्दै सो निर्देशन कार्यान्वयन नगर्ने एलपी ग्यास उत्पादक बोटलिङ प्लान्टलाई कारबाही तयारी गरेको जनाएको छ । मन्त्रालयका अनुसार त्यस्ता उत्पादकको ग्यास कोटा कटौती हुने छ ।
‘बोटलिङ प्लान्टलाई नीलो सिलिन्डर बनाउन पटक–पटक समय दिँदै आयौँ,’ नेपाल आयल निगमका प्रवक्ता मुकुन्द ढुंगेलले भने, ‘अब पनि सरकारी निर्देशन नमान्नेलाई ग्यास कोटा कटौती हुनेछ ।’तीनपटकसम्म समय दिँदासमेत सरकारी निर्देशन नमान्ने उत्पादकले सरकारलाई अटेर गरेको उनको भनाइ छ । सरकारी निर्देशनको अवज्ञा गर्ने अधिकार कसैसँग नभएको भन्दै मन्त्रालयले नै त्यस्ता बोटलिङ प्लान्टलाई ग्यास कोटा कटौती गर्न र नीलो सिलिन्डर बनाएकालाई कोटा थप्ने तयारी गरेको छ । मन्त्रालयले अहिले नीलो सिलिन्डर बनाउनेलाई कोटा थपिने पनि जनाएको छ ।
गत असोजदेखि नै मन्त्रालयले ग्यास उत्पादकलाई दुईथरी सिलिन्डर बनाउन निर्देशन दिए पनि ग्यास उद्योग संघले विरोध गर्दै आएको छ । संघको विरोधसँगै अधिकांश ग्यास उत्पादकले दुईथरी सिलिन्डर बनाएका छैनन् । ‘हामीले अहिलेको अवस्थामा दुईथरी सिलिन्डर लागू गर्न सकिँदैन भनेका छौँ,’ एक ग्यास उत्पादकले भने, ‘संघको विरोध हुँदा हुदै पनि कतिपय कम्पनीले भने नीलो सिलिन्डर उत्पादन गरेर बजारमा ल्याउन थालेका छन् ।’ नोबेल ग्यासले केही दिनअघि नै बुधबारदेखि नीलो सिलिन्डर बजारमा ल्याएको छ भने साल्ट ट्रेडिङले एसटिसी ग्यास नीलो सिलिन्डरमा ल्याइसकेको जनाएको छ ।ग्यासमा भइरहेको नोक्सानी कम गर्ने तथा कालाबजारी नियन्त्रणका लागि सरकारले दुईथरी सिलिन्डर बनाउने तयारी गरेको हो । विगतमा ग्यास अभावको समयमा ठूला व्यावसायिक होटल, औद्योगिक क्षेत्रमा ग्यास बढी खपत गरेको तथा बढी मूल्यमा बिक्री गरेको पाएपछि सरकारले यस्तो अवधारणा अघि सारेको हो । यस्तै, ग्यासमा भइहरहेको मासिक नोक्सानी कम गर्न दुईथरी सिलिन्डर लागू गरेर व्यावसायिक र घरायसी प्रयोगमा छुट्टा–छुट्टै मूल्य निर्धारण गर्ने तयारी सरकारले गरेको छ । यसो गर्दा ग्यासको कालाबजारी नहुने तथा घरायसी प्रयोजनमा समस्या नहुने सरकारी बुझाइ छ ।अहिले नेपाल आयल निगमलाई एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ५६ रुपियाँ ६२ पैसा नोक्सानी छ । निगमका अनुसार अहिले ग्यासको कुल नोक्सानी ७८ करोड ७९ लाख पुगेको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार लागत खर्चभन्दा कममा बिक्री गर्नुपर्दा कुल नोक्सानी चुलिँदै गएको निगमले जनाएको छ । सो नोक्सानी कम गर्न परल मूल्यलाई नै बिक्री मूल्य तोक्ने तयारी भएको जनाइएको छ । अहिले एलपी ग्यासको परल मूल्य प्रतिसिलिन्डर दुई हजार एक सय २६ रुपियाँ ६३ पैसा छ । तर, काठमाडौंको बिक्री मूल्य भने एक हजार चार सय ७० रुपियाँ छ ।
निगमले सरकारी राजश्व, निगमको ऋणमा ब्याज खर्च, ढुवानी भाडा, प्रशासनिक खर्च, प्राविधिक नोक्सानी, डिलर कमिसन र डिलर खर्च जोडेर ग्यासको परल मूल्य निर्धारण गर्ने गर्छ । अहिले रक्सौलमै ग्यासको खरिद मूल्य एक हजार ६ सय २७ रुपियाँ ४१ पैसा रहेको जनाएको छ ।
गत असोजदेखि नै मन्त्रालयले ग्यास उत्पादकलाई दुईथरी सिलिन्डर बनाउन निर्देशन दिए पनि ग्यास उद्योग संघले विरोध गर्दै आएको छ । संघको विरोधसँगै अधिकांश ग्यास उत्पादकले दुईथरी सिलिन्डर बनाएका छैनन् । ‘हामीले अहिलेको अवस्थामा दुईथरी सिलिन्डर लागू गर्न सकिँदैन भनेका छौँ,’ एक ग्यास उत्पादकले भने, ‘संघको विरोध हुँदा हुदै पनि कतिपय कम्पनीले भने नीलो सिलिन्डर उत्पादन गरेर बजारमा ल्याउन थालेका छन् ।’ नोबेल ग्यासले केही दिनअघि नै बुधबारदेखि नीलो सिलिन्डर बजारमा ल्याएको छ भने साल्ट ट्रेडिङले एसटिसी ग्यास नीलो सिलिन्डरमा ल्याइसकेको जनाएको छ ।ग्यासमा भइरहेको नोक्सानी कम गर्ने तथा कालाबजारी नियन्त्रणका लागि सरकारले दुईथरी सिलिन्डर बनाउने तयारी गरेको हो । विगतमा ग्यास अभावको समयमा ठूला व्यावसायिक होटल, औद्योगिक क्षेत्रमा ग्यास बढी खपत गरेको तथा बढी मूल्यमा बिक्री गरेको पाएपछि सरकारले यस्तो अवधारणा अघि सारेको हो । यस्तै, ग्यासमा भइहरहेको मासिक नोक्सानी कम गर्न दुईथरी सिलिन्डर लागू गरेर व्यावसायिक र घरायसी प्रयोगमा छुट्टा–छुट्टै मूल्य निर्धारण गर्ने तयारी सरकारले गरेको छ । यसो गर्दा ग्यासको कालाबजारी नहुने तथा घरायसी प्रयोजनमा समस्या नहुने सरकारी बुझाइ छ ।अहिले नेपाल आयल निगमलाई एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ५६ रुपियाँ ६२ पैसा नोक्सानी छ । निगमका अनुसार अहिले ग्यासको कुल नोक्सानी ७८ करोड ७९ लाख पुगेको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार लागत खर्चभन्दा कममा बिक्री गर्नुपर्दा कुल नोक्सानी चुलिँदै गएको निगमले जनाएको छ । सो नोक्सानी कम गर्न परल मूल्यलाई नै बिक्री मूल्य तोक्ने तयारी भएको जनाइएको छ । अहिले एलपी ग्यासको परल मूल्य प्रतिसिलिन्डर दुई हजार एक सय २६ रुपियाँ ६३ पैसा छ । तर, काठमाडौंको बिक्री मूल्य भने एक हजार चार सय ७० रुपियाँ छ ।
निगमले सरकारी राजश्व, निगमको ऋणमा ब्याज खर्च, ढुवानी भाडा, प्रशासनिक खर्च, प्राविधिक नोक्सानी, डिलर कमिसन र डिलर खर्च जोडेर ग्यासको परल मूल्य निर्धारण गर्ने गर्छ । अहिले रक्सौलमै ग्यासको खरिद मूल्य एक हजार ६ सय २७ रुपियाँ ४१ पैसा रहेको जनाएको छ ।
souryadaily.com
नायक राजेश हमालले मन्त्री बन्न तयार रहेको घोषणा गरेका छन्, यतिबेला राजनीतिको केन्द्रमा छ- चुनावका लागि सहमतीय सरकार । यस्तो सरकार बने मन्त्री पद पाइएला कि नपाइएला भनेर सत्ताधारीदेखि बिपक्षी दलका नेताहरुसम्मले हिसाव-किताव गरिरहेका बेला नेपाली सिनेमाका नायक राजेश हमालले मन्त्री बन्न तयार रहेको घोषणा गरेका छन् ।बलिउडका थुप्रै चर्चित कलाकारहरु राजनीतिमा सहभागी भइरहे पनि नेपालमा त्यस्तो अबस्था निकै दुर्लभ छ । कलाकारले नेताका हातबाट टीका र अबिर ग्रहण गरेर पार्टी प्रवेश गर्नेबाहेक नेता बन्ने प्रयास गरेका छैनन् । तर, नायक हमालले भने राजनीतिमा आउने मात्र हैन, चुनाव अगााडी नै सहमतिको सरकार बने मन्त्रीसमेत बन्ने इच्छा व्यक्त गरेका छन् ।‘विश्वका कुनै पनि देशका चर्चित कलाकारहरुले राजनीतिलाई रोजेका छैनन् ।’ शनिवार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा संचारकर्मीसँग हमालले भने-’तर सबै क्षेत्रको सहभागीतामा मन्त्रीमण्डल बिस्तार भएको खण्डमा म मन्त्री हुन तयार छु ।’२२ बर्ष अभियनमा बिताएका हमाललाई यतिबेला राजनीतिमा आउने रहर जाग्नु अस्वभाविक भने हैन् । उमेरका कारण ‘हिरोइजम’ गुमाउनुपर्ने अबस्थामा सायद हमालले राजनीतिलाई रोज्ने तरखर गरेका हुनसक्छन् ।
जंगली हात्तीको आक्रमणमा परी चितवनमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।घरमा सुतिरहेका दम्पत्तिलाई चितवन राष्ट्रिय निकुन्जवाट आएको जंगली हात्तीले आक्रमण गर्दा ज्यान गएको हो । ज्यान गुमाउने ६५ वर्षीय बुद्धिराम वोटे र उनको श्रीमती ६० वर्षीया जरीया वोटे रहेको प्रहरीले जनाएको छ । राति करिव ११ बजेको समयमा आएको हात्तीले आक्रमण गरे लगत्तै स्थानियले खबर गरेपछि निकुन्ज र प्रहरीको टोली घटनाथल पुगेको प्रहरी नायव निरीक्षक लक्ष्मीराज रानाले जानकारी दिए ।बुद्धिरामको घटनास्थलमै ज्यान गएको हो भने जरीयालाई उपचारका लागि भरतपुर ल्याइएकोमा उपचार गर्दा गर्दै बिहान ५ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शवलाई भरतपुर अपतालमा राखिएको छ ।निकुन्जवाट बेलाबेलामा बस्ती छिर्ने हात्तीको आतंकवाट माडीवासी पीडित बनेका छन् । बर्षेनी जंगली जनावरको आक्रमणवाट ठुलो जनधनको क्षति हुने गरेको छ ।
आज पुस १ गते । यस दिनलाई नेपालका ‘प्रजातन्त्रवादी’हरु कालो दिनका रुपमा लिने गर्छन् । २००७ देखि ०१५ सालसम्मको लामो संक्रमणकालपछि आम निर्वाचन भई वीपी कोइरालाको नेतृत्वमा जननिर्वाचित सरकार बनेता पनि ०१७ साल पौष १ गते तत्कालीन राजा महेन्द्रले ‘कु’ गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । त्यो सत्ता आफ्नो हातमा फर्काउन कांग्रेसलाई ३० वर्ष लाग्यो ।संयोगले अहिले फेरि जननिर्वाचित प्रधानमन्त्रीलाई हटाएर चुनाव हारेका व्यक्तिलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्वारा तोकिएको समयसीमा पनि पुस १ कै भोलिपल्ट सकिँदैछ । र, नेपाली कांग्रेस आफैं संसदीय व्यवस्थालाई धुलिसात् पार्दै बाबुराम भट्टराईलाई नयाँ वीपी कोइराला बनाउन कम्मर कसेर लागिपरेको छ ।
०१७ साल पुस १ गते थापाथलीमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको प्रथम अधिवेशन प्रधानमन्त्री वीपी कोइरालाद्वारा उद्घाटन गर्ने कार्यक्रम थियो । दुई तिहाइ बहुमत प्राप्त दलका प्रधानमन्त्री तरुण दलको कार्यक्रममा भाग लिइरहेका बेला दिउँसो साढे ११ बजे साही सेनाका लेफ्टिनेन्ट जनरल सुरेन्द्रबहादुर शाह र बि्रगेडियर जनरल समराज कुँवर नेतृत्वको टोलीले कार्यक्रमस्थलमै पुगेर ‘महाराजधिराजबाट तुरुन्त आउनू भन्ने बोलावट भएको छ’ भन्दै प्रधानमन्त्री वीपी कोइराला, गृहमन्त्री सूर्यप्रसाद उपाध्याय, निर्माणमन्त्री गणेशमान सिंह र सभामुख कृष्णप्रसाद भट्टराईलाई सभास्थलबाटै लिएर गए । त्यसपछि सभामुख, प्रधानमन्त्री, गृहमन्त्री सबैलाई ‘तपाईहरु हिरासतमा हुनुहन्छ’ भन्ने जानकारी गराइयो ।केही मन्त्री र उपमन्त्रीहरु थापाथलीको सभास्थलबाटै भागे भने केही पक्राउ परे । उपप्रधानमन्त्री सूवर्णसमशेर उपचारको बाहनामा केही दिन अगावै भारतको कोलकाता गएका थिए । भरतसमसेर जबरा र बेनीबहादुर कार्कीले विदेश जान टिकट काटेका थिए, तर उनीहरु राजाको दर्शनका लागि दरबार जानेक्रममा दरबार अगाडिबाट समातिए । सभासम्मेलन गर्न नपाउने भनी गृहमन्त्रालयका नाममा विज्ञप्ति जारी भयो । राजदरबार अगाडिको सडकमा पुस १६ सम्म कफ्र्यू लगाइयो । नेताहरुको गिरफ्तारीलाई व्यापक बनाइयो ।
प्रधानमन्त्री र मन्त्रीहरुलाई पक्राउ गरिसकेपछि तत्कालीन राजा महेन्द्रले दिउँसो साढे ३ बजे नारायणहिटीबाट देशबासीका नाममा सम्बोधन गरे । उनको सम्बोधनमा भनिएको थियो-
‘आगे प्यारा प्रजा गैह्र के यथोचित
जनताले छानेका प्रतिनिधिहरुले नै देशप्रति ज्यादा जिम्मेवारी महसुस गरी प्रजातन्त्रको जग मजबुद हुने वातावरण पैदा गर्दछ र देशमा स्थिरता आई विकास द्रुत गतिले हुन्छ भन्ने विश्वास लिई करिब दुई वर्षअघि देशमा आम चुनाव गराएको सबैमा विदितै छ । फलस्वरुप नेपाली कांग्रेस बहुमतमा आयो र जनताको विश्वास प्राप्त गरेको पार्टीलाई नै संविधान अनुसार शासनभार सुम्पी देशप्रतिको जिम्मेवारीको हिस्सेदार बनाउन पाउँदा अत्यन्तै सन्तोष लाग्नुको साथै केही वर्षदेखि देशमा भएको अस्थिरताले हामीमा पैदा गरेको चिन्ता हटाउनु पनि स्वभाविकै कुरा भएको थियो ।
त्यसपछि देशमा घटेको परिस्थितिको अध्ययन गरी हामीबाट समय-समयमा जनप्रतिनिधिहरु र सरकारमा रहेका व्यक्तिहरुलाई समेत कर्तव्यबाट च्युत नहुने संकेत गरेको कुरा पनि सबैले बुझेकै हुनुपर्छ । प्रजातन्त्र पद्दतिअनुसार छानिएका प्रतिनिधिहरुद्वारा जनता र सरकारको वीचमा भएको भ्रमात्मक वातावरणसमेत सुल्झाई राष्ट्रको हित र विकास गर्ने पूरा कोसिस हुनेछ भन्ने सबैले आशा एवं विश्वास राखेका थिए, तर ठीक त्यसको उल्टो प्रजातन्त्र पद्धतिको आडमा राष्ट्र र जनतालाई एकातिर पन्छाई व्यक्तिगत र दलगत स्वार्थपूर्ति गर्नका लागि अधिकार प्रयोग गरियो ।ऐन कानूनको मर्यादा नराखी छिटो छरितो र योग्य बनाउने नाममा यो मन्त्रिमण्डलले देशको प्रशासनयन्त्र निश्त्रिmय र आधारहीन बनाउने चेष्टामा लाग्यो । अधिकार दुरुपयोग हुँदा भ्रष्टाचार बढ्नुको साथै अनेकानेक भ्रान्ति पैदा गराई प्रशासनयन्त्रमा पनि शिथिलता उत्पन्न भई देशमा शान्ति सुरक्षा कायम राख्न यो मन्त्रिमण्डल विल्कुल असमर्थ भएकोले र अराष्ट्रिय तत्वहरुले धेरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामासमेत बाधा पुर्याउने वातावरण आउन लागेको पनि कसैमा नछिपेको तथा वैत्रानिक विश्लेषण र वस्तुस्थितिको अध्ययनविना कोरा सिद्धान्तका आधारमा उठाइएको आर्थिक कमदहरुले समाजमा चाहिने परिवर्तनको सट्टाजनतामा अशान्त र दुषित वातावरण मात्र पैदा गरेकोले, राष्ट्रको हित तथा प्रजातन्त्रकै निमित्त पनि देशमा यस्तो स्थिति धेरै समयसम्म रहन दिनु उचित नभएकोले देशको एकता, राष्ट्रियता र सार्वभौमिकता बचाउने, देशमा अमनचैन कायम राख्ने र देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने अन्तिम जिम्मेवारी पनि हामीमै भएकोले, उपरोक्त वातावरण हटाई शान्ति सुरक्षा कामय राख्ने र देशलाई संक्रमण स्थितिबाट बचाउन विशेष व्यवस्थाको जरुरत पर्न आएकोले तथा देश र जनताको हितलाई मात्र ध्यानमा राखी संविधानको धारा ५५ को अधिकार प्रयोग गरी यो मन्त्रीमण्डल र संसद्का दुबै सदनहरुसमेत हामीबाट आज यो घोषणाद्वारा विघटन गरिबक्सेका छौं । कुनै नयाँ व्यवस्था गर्न केही समय लाग्ने हुँदा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौं
कांग्रेस आफैं महेन्द्रपथमा ?
०१७ सालमा जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरिएको घाऊ ३० वर्षपछि मात्रै पुर्न सकेको नेपाली कांग्रेस यतिबेला जनता र संसदले बनाएको प्रधानमन्त्रीलाई ‘सर्वसत्तावादी’को संज्ञा दिँदै राष्ट्रध्यक्षलाई उकासेर प्रधानमन्त्री हटाउने अभियानमा सरिक भएको छ । यतिमात्रै होइन, कांग्रेस नेता सुशील कोइरालाले सार्वजनिक भाषणहरुमा वर्तमान सरकारलाई राणा र पञ्चायतकालसित तुलना गर्दै सरकारविरोधी संघर्षलाई ‘लोकतन्त्रको लडाइँको संज्ञा दिने गर्नुभएको छ । एमाले नेताहरुको पनि यसमा समान धारणा रहेको छ ।
जनताको मतका आधारमा सबैभन्दा ठूलो पार्टीको नेतृत्व रहेको र संविधानसभाबाट बहुमतका आधारमा निर्वाचित सरकारलाई राष्ट्रपतिबाट असंवैधानिक बाटोबाट अपदस्थ गराई चुनाब हारेका व्यक्तिलाई पुस १ कै भोलिपल्ट प्रधानमन्त्री बनाउँदा नेपालमा लोकतन्त्रको मर्यादा कसरी रहला ? जवाफ दिने पालो फेरि नेपाली कांग्रेसलाई आएको छ ।
onlinekhabar.com