सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ ।
मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ ।
सुन्तलाको फल मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा खानामा रुची बढ्छ । सुन्तलाको छोक्रामा प्रसस्त मात्रामा फाइबर पाइन्छ । यसले पेट सफा राख्न मद्दत गर्छ ।बालबालिकालाई झाडा पखालाले सताएको समयमा सुन्तलाको रस थोरैथोरै गरेर दिइयो भने बिरामीको शरीरलाई चाहिने पानीलगायत अन्य तत्वको आपूर्ति हुन्छ । गिँजाबाट रगत बग्ने समस्यामा पनि सुन्तला लाभदायक हुन्छ । त्यस्तै सुन्तलामा रहेको क्याल्सियमले दाँतलाई स्वस्थ र मजबुत बनाउँछ ।
बजारमा पाइने कृतिम पेयपदार्थ भन्दा मौसम अनुसार पाइने फलफूल खानु स्वास्थ्यकालागि औषधि समान हो । सुन्तलाको बोक्रामा पनि पौष्टिक तत्व हुन्छ । सुन्तलाको बोक्रा सुकाएर मसिनो पारेर काटेर चिनीमा हालेर पकाएर बालबालिकालाई खुवाउनु निकै लाभदायक हुन्छ । त्यसैगरि सुन्तलाको बोक्रा सुकाएर धुलो पारेर अनुहारमा लगाउनाले अनुहारको छाला सफा र नरम हुन्छ । सुन्तलाको बोक्रा खान र अनुहारमा लगाउन पनि सकिन्छ । भोक वा तिर्खा लाग्दा विभिन्न किसिमका प्याकेटका खानेकुराको सट्टा सुन्तला खाँदा शरीर स्वस्थ हुन्छ र कब्जियत हुनबाट पनि बँचिन्छ । सुन्तलामा पाइने भिटामिन ‘सी’ले रुघाखोकी आदिबाट बँचाउछ । दिनहँु सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ । दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पु¥याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ ।
नेपालको विभिन्न भागमा रहेका आदिवासीको रुपमा परिचित थारु जातीको महान पर्व माघी आजदेखि सुरु भएको छ । एक हप्तासम्म चल्ने यो पर्व मध्य तथा सुदर पश्चिमको दाङ बाँके, वर्दिया, कैलाली र कन्चनपुरमा ठाँउ अनुसार फरक फरक रुपले मनाउने गरिन्छ ।
माघी मनाउन पुस मसान्तको रात महिलाहरु जागराम वस्ने र धुमरु गित गाउने गर्दछन । माघे सक्रान्तीका दिन विहानै पुरुषहरु नजिकैको खोला, नदी वा तालमा स्नानका लागि जान्छन भने महिलाहरु चालमको पिठोवाट वनाईने विषेश परिकार ढिक्री र अन्य परिकारहरु तयार पार्दछन् । उज्यालो भएपछि सवै जनाले आफ्नो मान्यजनवाट टिका र आशिर्वाद थाप्नुका साथै मिठो मिठो परिकार खाने र खुवाउने प्रचलन छ ।
वर्ष भरी कामका लागि घरवाहिर गएकाहरु पनि माघी कै लागि घर र्फकन्छन् भने माघीमा वर्ष भरी गाँउ ठाँउमा गरीने नयाँ कामका लागि समूहगत रुपमा छलफल गरी नितीनियम समेत वनाउने प्रचलन रहेको छ । सक्रान्तीको दोश्रो दिन माघीमा वनाईएका विभिन्न परिकारहरु आफ्नो चेलीवेटीको घरमा पुर्याउने गरिन्छ । त्यसका साथै माघीका गित गाँउदै र नाच्दै रमाईलो गर्ने गरिन्छ ।
गणतन्त्र स्थापना भए यता माघीमासमेत सरकारले एक दिन सार्वजनिक विदा दिन थालेको छ तर थारु समुदायले भने ३ दिन सम्म सार्वजनिक विदा दिन माग गर्दै आएका छन् । पछिल्लो समयमा थारुजातीको भेषभुषा र रहन सहनमा र परम्परामा आएको परिवर्तनवाट स्वयम थारुहरु नै चिन्तित देखिएका छन् ।
मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ।
ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ुमकर संक्रान्तिु पनि भनिएको हो।सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि९साउने संक्रान्ति० र मकर राशि९माघे संक्रान्ति०प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ्र यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।
माघेरमकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरूल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ। भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरूल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ। मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने(भन्ने यस पर्वमा गुरू, पुरोहित र ब्राहृमण आ(आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन्। महिना सुनिसकेपछि गृहस्थीहरू गुरू, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरूल, लड्डुसहितको सिदा दान गर्छन्। शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरुवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशीबाट मकर राशीमा सङ्क्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरु हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व छ । माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न९सुठुनी०, खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ । माघे सङ्क्रान्ति आउनुभन्दा एक दुई दिन अगाडि सङ्क्रान्तिको दिनलाई भनेर गाउँघरतिर आफ्नो घरमा भएका गल, बाउसो, खन्ती आदि खन्ने चिजबीज बोकेर नजिकको वनतर्फ लाग्ने मानिसहरूको भिड देख्न पाइन्छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ ।

क्रान्तिका लागि परिस्थिति परिपक्व भएको ठहर
महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष वैद्यले जनविद्रोहका लागि लेनिनले भनेका वस्तुगत अवस्था परिपक्व भएको र आत्मगत स्थिति पनि चाँडै परिपक्व हुने संश्लेषण गर्नुभएको अर्का केन्द्रीय नेता अनिल शर्मा विरहीले अनलाइनखबरलाई बताउनुभयो । ‘लेनिनले भनेको वस्तुगत अवस्था परिपक्व छन्, आत्मगत स्थिति पनि तुरुन्तै निर्माण गर्न सक्छौं, तयारीमा जानुपर्छ ।’- वैद्यको भनाइ उधृत गर्दै शर्माले भन्नुभयो ।
तर, नेपालमा लेनिनले भनेजसरी क्रान्ति नहुने भन्दै वैद्यले जनयुद्धको जगमा मात्रै जनविद्रोह सम्भव हुने संश्लेषण गरेको शर्माले जानकारी दिनुभयो । ‘नेपालमा रुस र चीनका दुबै विशेषतालाई मिलाएर मात्रै क्रान्ति सम्भव छ । क्रान्तिकै दौरानमा विशिष्ट मोडल निर्माण हुन्छ ।’-बैद्यको संश्लेषण छ ।
प्रचण्ड र बाबुराम एक नम्बरका दलाल
नेकपा-माओवादीले आफ्ना पूर्वनेताद्धय प्रचण्ड र बाबुरामलाई एक नम्बरको दलाल भनेका छन् । नेता यादवले भन्नुभयो-’प्रचण्ड बाबुराम भारतीय विस्तारवाद र नवउपनिवेशवादको एक नम्बरका दलाल हुन्, त्यसको भण्डाफोर गछौं ।’अरुको दलाललाई प्रधानमन्त्री बनाउन आन्दोलनमा नजाने
नेकपा-माओवादीले संसदवादी शक्तिहरुले मुलुकलाई निकास दिन नसक्ने भन्दै क्रान्तिकारीको नेतृत्वमा सरकार हुनुपर्ने बताएको छ । ‘अब संसदवादी शक्तिहरुले मुलुकलाई निकास दिन सक्दैनन’ यादवले भन्नुभयो-’अब देशको जिम्मा हामी लिन्छौं र देशलाई अगाडी बढाउँछौं । त्यसका लागि क्रान्तिकारीको नेतृत्वमा सरकार हुनुपर्छ ।’ माओवादीले वामपन्थी, गणतन्त्रवादी र देशभक्त शक्तिहरुसँग मोर्चाबन्दी गरेर अघि बढ्ने बताएको छ ।
बाबुराम सरकार विरुद्ध कांग्रेस, एमालेसँग मिलेर आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा आइतबार नेताहरुले बोलेका छन् । सोक्रममा नेताहरुले बाबुरामलाई प्रधानमन्त्रीबाट हटाएर ‘अर्को दलाल’लाई कुर्सीमा पुर्याउन आन्दोलन नगर्ने भन्दै आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् । कांग्रेस, एमालेलगायतका विपक्षी दलले चाहिँ सुशीललाई प्रधानमन्त्री बनाउने शर्तमा वैद्यपक्ष आफूहरुमको मोर्चामा आउने अपेक्षा गरेको थिए ।
onlinekhabar.com
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नलाई छानविन गरी कारबाहीको माग गर्दे बागलुङ तथा गुल्मीका पत्रकार आन्दोलनमा उत्रेका छन् । आज बागलुङका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् भने गुल्मीका दिउँसो एक घण्टा चक्काजाम गरेर विरोध जनाएका छन् । पत्रकार हत्याका आरोपिलाई उचित कार्वाहीको माग गर्दै दवाव दिन भन्दैे स्वतन्त्र प्रेस प्रतिको हस्तक्षेप भएको भन्दै विरोध स्वरुप एक दिनका लागि पत्रकारहरुले हातमा कालोेपट्टी बाँधेर काम गरेको युनियनका अध्यक्ष दिलिप पौडेलले बताउनुभयो ।ललितपुरमा पनि डेकेन्द्रराज थापा सहितका पत्रकारहरुका हत्यारालाई कारबाही गर्न माग गर्दै ललितपुरका पत्रकारहरुले प्रधानमन्त्रीलाई टर्च लाइट उपहार पठाएका छन् । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले आज प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठमार्फत टर्चलाइट उपहार पठाएका हुन् । टर्चलाइट उपहार प्रदान गर्दै पत्रकार महासंघ ललितपुर शाखाका सदश्यहरुले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई कार्वाहीमा सहयोग गर्नुको साटो प्रमाण लोप गर्न निर्देशन दिनु आपत्तिजनक भएको बताउनुभयो ।
दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याका आरोपितहरुको कानूनी कारबाही प्रभावित गर्न सार्वजनिक अभिव्यक्ति दिने प्रधानमन्त्री डा बाबुराम भट्टराई र प्रक्रिया रोक्न आदेश दिने महान्याधिवक्ता मुक्ति प्रधानविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । डेमोक्रेटिक लयर्स एसोसिएसन र नेपाल प्रेस युनियनका तर्फबाट संयुक्तरुपमा आज रिट दायर भएको हो । रिटमा हत्याको आरोपितलाई पक्राउ गरेर शुरु भएको कारबाही रोक्न महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयको विरुद्ध उपयुक्त आदेशको माग गरिएको छ । पुनरावेदन अदालत सुर्खेतले थापा हत्याको कानूनी प्रक्रिया अगाडि बढाउन आदेश दिएपछि स्थानीय प्रशासनले शुरु गरेको कारबाही प्रक्रियालाई बाधार पुर्याउने कार्यले अदालतको मानहानी भएको ठहर पनि रिटमा गरिएको छ ।
दिल्लीमा एक किशोरीको सामूहिक बलात्कारपछि हत्या भएको एक महिना पनि
नपुग्दै त्यस्तै खालको अर्को घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको
छ । पञ्जाब राज्यको अमृतसर नजिकै २९ बर्षीया महिलालाई सामूहिक बलात्कारको
आरोपमा पञ्जाब प्रहरीले ६ जना पक्राउ गरेको हो ।
अमृतसर नजिकैको गाउँमा ओर्लिन खोजेकी ती महिलालाई चालक र कन्डक्टरले गाडी
नरोकी एकान्तस्थल पुर्याएका थिए । उनीहरुले थप ५ जना साथी बोलाएर रातभर
बलात्कार गरेको आरोप महिलाले लगाएकी छन् । संलग्न भनिएको अर्का एक जना
फारार छन् ।
डिसेम्बर १६ मा दिल्लीमा सामूहिक बलात्कारकी शिकार बनेकी २३ बर्षीय छात्राको उपचारको क्रममा ज्यान गएको थियो ।

डिसेम्बर १६ मा दिल्लीमा सामूहिक बलात्कारकी शिकार बनेकी २३ बर्षीय छात्राको उपचारको क्रममा ज्यान गएको थियो ।
विज्ञप्तिमा भनिएको छ,’हामी चाहान्छौ
कानुनको बर्खिलाप हुने जुनसुकै घटनाका दोषीहरुलाई कानुनी कारवाही हुनैपर्छ ।
अपराधीले राज्यको प्रशासन र पार्टी विशेषको आडमा उन्मुक्ति पाउनु हुदैन ।
कानुनभन्दा माथि कोही पनि छैन र हुनेछैन । अपराधी जो जुनसुकै पार्टीको
भएपनि त्यो अपराधी नै हो त्यस्तालाई संरक्षण गर्नु भनेको अन्तर्राष्टिय
जगतमा समेत मुलुकको साख गुमाउनु हो ।’
नेजाले थापाको हत्या गरेको अपराधमा संलग्न
अपराधीलाई पक्रेर अनुसन्धान गर्न लाग्दा प्रधानमन्त्रि भट्टराई र
महान्यायधिबक्ता मुक्ति प्रधानले अपराधीलाई संरक्षण गर्न लागेको लज्जास्पद
कार्यप्रति घोर भत्र्सना गरेको छ । उसले नेपाल पत्रकार महासंघले यसको
विरुद्ध गरिरहेको आन्दोलनप्रति एक्येवद्दता जनाएको छ ।
मौसमी फ्लूले प्रकोपको रुप लिन लागेपछि अमेरिकाको न्यूयोर्कमा सार्वजनिक स्वास्थ्य संकट घोषणा गरिएको छ । २० हजार भन्दा बढी बिरामी परेपछि न्यूयोर्कका गर्भनर एन्ड्रयू क्यूमोले संकटकालको घोषणा गर्नुभएको हो । स्वास्थ्य संकटको स्थिती घोषणा भएसंगै राज्यमा मेडिकल सन्चालकले पनि १८ वर्ष मूनिका बालबालिकालाई खोप दिने अनुमति पाएका छन् । यसअघि अस्पतालमा बाहेक अरु ठाउँमा बालबालिकालाई खोप लगाउन रोक लगाईएको थियो । गर्भनर क्यूमोले बढी भन्दा बढी नागरिकलाई खोपको पहुँचमा पुर्याउनका लागि सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको थियो । डिसेम्बर शुरु भएलगत्तै देखिएको फ्लू अहिले अमेरिकाका ४७ राज्यमा प्रकोपका रुपमा देखिएको छ ।
काठमाडौंमा विस्तार गरिएका सडक मर्मतको काम तीव्र पारिएको छ । सडक मर्मतको काममा सरकारले निरन्तर अनुगमन गरेपछि अहिले व्यवस्थित रुपमा काम शुरु गरिएको छ । मर्मत गर्नुपर्ने सडकमा सम्बन्धित ठेकेदार कम्पनीले सडक निर्माण भईसक्ने समय, लागत लगायतको विवरण सहित बोर्ड राखेका छन् । विस्तार गरिएका ठाउँमध्ये कृष्णपाउरोटी ज्ञानेश्वर सडक मात्रै मर्मत तथा पुनर्निर्माण सम्पन्न भईसकेको छ । कालिकास्थान–न्यूप्लाजा र सानेपा–कुपण्डोल सडक पनि कालोपत्रे गरिसकिएको छ । तर बिजुलीका पोल सार्ने लगायतका काम अझै पनि बाँकी छ । माईतीघर–तिनकुने, ज्ञानेश्वर–गौचरन लगायतका सडकमा बिजुलीका पोल सार्ने, ढल विच्छ्याउने, सडक किनारमा वाल लगाउने, माटो सम्याउने काम भईरहेको छ । धुम्बाराही पिपलबोट सडकमा मर्मतको काम भईरहेकाले झण्डै एक महिनादेखि ठूला गाडी प्रवेश गर्न नदिईएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै बानेश्वर शंखमूल सडकमा पनि मर्मत भएकाले चारपांग्रे गाडी चल्न रोक लगाईएको छ । यसबाहेक काम भईरहेका अरु कुनै पनि सडकमा गाडीको आवतजावत प्रभावित भएको छैन । सडक विभागले वर्षा लाग्नु अघि नै मुख्य सडकको मर्मत तथा पुनर्निर्माण भईसक्ने बताएको छ ।
बालबालिकालाई दादुरा र रुबेला बिरुद्धको खोप लगाउने समय थपिएको छ । सरकारले मध्यमाञ्चल र पूर्वाञ्चलका बालबालिकालाई एक महिनाको समयमा खोप लगाईसक्ने योजना बनाएपनि पूरा नभएपछि समय थप गरिएको हो ।
माघको पहिलो हप्तासम्ममा खोप अभियान सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको मंसिर २९ गतेदेखि सरकारले तेस्रो चरणको खोप अभियान थालेको थियो । बाल स्वास्थ्य महाशाखाको खोप शाखा प्रमुख गिरिराज सुवेदीका अनुसार लालितपुर, काभ्रे र तराईका केही जिल्लामा खोप लगाउन बाँकी छ । स्थानीयबासिन्दाको सहयोग मिलेकाले पहिलो र दोस्रो चरणको खोप अभियान भन्दा तेस्रो चरणमा खोप लगाउने वातावरण सहज भएको सुवेदीले बताउनुभयो । एक महिनामा दुई अञ्चलका ३५ जिल्लाका ९५ प्रतिशत भन्दा बढी क्षेत्र समेटिएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म ३५ लाख बालबालिकाललाई खोप लगाइएको छ । यो चरणमा ५४ लाख बालबालिकामा खोप पुर्याउने सरकारको लक्ष्य छ ।
माघको पहिलो हप्तासम्ममा खोप अभियान सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको मंसिर २९ गतेदेखि सरकारले तेस्रो चरणको खोप अभियान थालेको थियो । बाल स्वास्थ्य महाशाखाको खोप शाखा प्रमुख गिरिराज सुवेदीका अनुसार लालितपुर, काभ्रे र तराईका केही जिल्लामा खोप लगाउन बाँकी छ । स्थानीयबासिन्दाको सहयोग मिलेकाले पहिलो र दोस्रो चरणको खोप अभियान भन्दा तेस्रो चरणमा खोप लगाउने वातावरण सहज भएको सुवेदीले बताउनुभयो । एक महिनामा दुई अञ्चलका ३५ जिल्लाका ९५ प्रतिशत भन्दा बढी क्षेत्र समेटिएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म ३५ लाख बालबालिकाललाई खोप लगाइएको छ । यो चरणमा ५४ लाख बालबालिकामा खोप पुर्याउने सरकारको लक्ष्य छ ।
काठमाडौंको पशुपति मन्दिर क्षेत्रको मृगस्थलीमा आगलागी हुँदा एक बृद्धाको ज्यान गएको छ । ज्यान गुमाउने बृद्धाको सनाखत हुन सकेको छैन । मृगस्थली नजिकको गोरखनाथ मन्दिरसंगै रहेको सत्तलमा आगो लाग्दा १५ लाख रुपैंया बराबरको क्षती भएको प्रहरीले जनाएको छ । झण्डै २ घण्टा लागेको आगो प्रहरी र स्थानियबासिन्दाको प्रयासमा नियन्त्रणमा लिईएको थियो ।
प्रधानमन्त्री डा.बाबुराम भट्टराईले डोटीमा भएको बस दुर्घटनाप्रति चिन्ता र दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले दुर्घटनामा ज्यान गुमाएकाप्रति चिरशान्ति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । घाइतेको उपचारमा पूर्ण प्राथमिकता दिन सम्बन्धित स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले आफ्नो काममा कुनै कमीकमजोरी हुन नदिन र तत्काल गर्नुपर्ने काममा सजगता र क्रियाशिलता अलवम्बन गर्न पनि स्थानीय प्रहरी र प्रशासनलाई निर्देशन दिनुभएको छ । देशमा सडक दुर्घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै प्रधानमन्त्रीले यस्ता घटनाको सत्यतथ्य पहिचान गर्न आफूले कार्यदल नै गठन गर्न समेत निर्देशन दिनुभएको निजी सचिवालयले उल्लेख गरेको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको छानविन गरी कारवाही हुने भए शान्ति प्रक्रिया भंग हुने चेतावनी दिनु भएको छ । उहाँले द्धन्दकालमा भएका घटनाको छानविन गरिए द्वन्दकालमा सरकारको नेतृत्व गरेका एमाले र काँग्रेसका नेताहरु पनि तानिने चेतावनी दिनुभयो । पौडेलले भन्नुभयो,’आफै हस्ताक्षर गरेको विस्तृत शान्ति सम्झौताको विरोध गरे कहि पुगिदैन । शान्ति सम्झौताबाट टुङगिएका कुरा अहिले उठाएर शान्ति सम्झौता भंग गर्ने षडयन्त्र भईरहेको छ ।’ द्धन्दकालको घटनाको सत्य निरुपण तथा मेलमिलाप आयोगबाट घटनाको छानविन गरL मिलाउनु पर्ने भन्दै उहाँले यसरी एक जनाको हत्याको घटनालाई लिएर विपक्षीहरुले आन्दोलन u/] सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभयो । रिपोर्टर्स क्लब नेपालले आh राजधानीमा गरेको साक्षात्कारमा पौडेलले भन्नुभयो,’यसलाई लिएर विपक्षीहरु आन्दोलनमा उत्रिए घटना उत्तेजक हुन्छ । उनीहरुले आन्दोलन गरे हामी पनि चुप लागेर बस्दैनौ ।’माओवादी शान्ति प्रक्रियाप्रति प्रतिबद्ध भएकाले नै सेना समायोजन र हतियार ब्यवस्थापन गरेको दावी गर्दै उहाँले सम्झौता विपरित गतिविधी भए प्रधानमन्त्री र महान्याधिवक्ताले चुप लागेर बस्न नसक्ने पौडेलले बताउनुभयो ।