नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाहको २९२ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइदैछ । विसं १७९९ साल पुस २७ गते गोर्खामा जन्मिएका उनी आफ्नो शासनकालमा भुरे–टाकुरे राज्यहरुमा विभिाजित नेपालको भुगोललाई एक बनाएका थिए । यही योगदानलाई कदर गर्दै पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकामा २०६२/२०६३ सालको आन्दोलनपछिको सरकारले विदा कटौति गरि सरकारीस्तरमा मनाउन छाडेको थियो ।
