
जिल्ला सम्मेलनको लागि एकीकृत नेकपा माओवादीको नेतृत्व आज बैतडी जादैछ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री तथा उपाध्यक्ष बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आज बिहान बैतडी जाने माओवादीले जनाएको छ । प्रधानमन्त्री आउने कार्यक्रम तय भएपछि विपक्षी दलले बैतडी जिल्ला बन्द गराएका छन् । उनीहरुले प्रधानमन्त्रीलाई प्रवेश निषेध धन्दै जिल्ला बन्द गराएको बताएका छन् । सम्भावित झडपलाई मध्यनजर गरि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेकपा एमालेले सरकार विरुद्धको आन्दोलनलाई शसक्त बनाउने तयारीमा लागेको बताएको छ । आन्दोलनमा जनसमर्थन बढाउन आज एमालेले तयारी बैठक पनि बोलाएको छ । जनवर्गिय संगठन, विभिन्न विभाग, उपत्यका तीनवटै कमिटी र सम्पर्क समितिहरुको सयुक्त बैठकमा एमालेका सबैजसो नेताहरुको पनि सहभागिता रहनेछ । विपक्षी दलले गर्ने आन्दोलन त्यसको एमालेको परिचालनका विषयमा बैटकमा छलफल हुने एमाले नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल केपी ओली तीनै जनाले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

onlinekhabar.com
छोरा का कारण मनमा शान्ति नभएको भन्दै पूर्वरानी कोमल शाहले यसपटक आफ्नो जन्मदिन बाराको सिमरामा मनाउने भएकी छन् । जन्मदिन मनाउने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले तराईका केही जिल्लाको भ्रमण गरेर आफूप्रतिको जनमत बुझ्ने तयारी गरेका छन् ।शासन सत्ता गुमेपछि पनि निर्मलनिवासमा जन्मोत्सव मनाउँदै आएकी पूर्वरानी कोमल शाहले बाराको सिमरास्थित पूर्वराजा ज्ञानेन्द्रका बालसखा प्रभुशमशेर राणाको दरबारमा मनाउन लागेकी हुन् । स्रोतका अनुसार थाइल्याण्डमा रहेका पूर्वयुवराज पारस लागुऔषधलगायतका काण्डमा मुछिएको र भेट्नसमेत नआएका कारण पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल चिन्तित छन् । उनकै चिन्ताले निर्मल निवासमा रहँदा मनमा शान्ति नभएपछि उनीहरु काठमाण्डौं बाहिर जान लागेको जनाइएको छ |
एकीकृत नेकपा माओवादीले दैलेखका पत्रकारहरुको सुरक्षाको ग्यारेण्टी लिने बताएको छ । एकीकृत माओवादीका प्रवतmा अग्नीप्रसाद सापकोटाले विस्थापित पत्रकारलाई निर्धक्कसंग दैलेख फर्किन आग्रह गर्नुभयो । नियमीत साप्ताहीक पत्रकार भेटघाट कार्यक्रम अन्तरगत पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संचारकर्मीहरुसँग कुरागर्दे उहाँले पत्रकारहरु राजनीतिक आडमा भन्दा स्वतन्त्र रुपमा आन्दोलन गर्दा उपयुतm हुने बताउनुभयो । थोरै सङख्यामा रहेका बिपक्षी दलका नेता तथा कार्यकर्ताहरुले एकीकृत माओवादीको जिल्ला अधिवेसन बिथोल्न खोज्दा ठाउँ ठाउँमा तनाव उत्पन्न हुने गरेको उहाँले बताउनुभयो । प्रवतmा सापकोटाले जेठको दोश्रो साता सम्ममा निर्वाचन गराउने गरि स्वतन्त्र व्यतिmको नेतृत्वमा सरकार गठन गर्नु नै उपयुतm हुने बताउनुभयो । आउदो माघ २० गते देखि हुने महाधिवेसनको तयारी तिब्र पारिएको बताउदै उहाले आज सम्ममा ५० जिल्लाको अधिवेसन सकिएको जानकारी दिनुभयो ।

अर्थमन्त्री वर्षमान पुनले असुरक्षाको कारण देखाउँदै दैलेखका पत्रकारले जिल्ला छाडेकोमा दुःख व्यक्त गर्नु भएको छ । दैलेखका पत्रकारको सुरक्षाको लागि सरकार प्रतिवद्ध रहेको बताउँदै जिल्ला छाडेका पत्रकारलाई जिल्ला फर्केर निर्धक्क काम शुरु गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । एकिकृत नेकपा माओवादी धादिङको दोसं्रो जिल्ला सम्मेलन उद्घाटन गर्न धादिङ आउनुभएको बेला क्रान्तिकारी पत्रकार सघं जिल्ल शाखा धादिङले धादिङवेशिमा आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताउनुभएको हो । उहाँले दुवै पक्ष बसेर छलफल गरी समस्या समाधान गर्न पनि आग्रह गर्नुभयो । एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य तथा अर्थमन्त्री बर्षमान पुनले माओवादीको महाधिवेशन अगाडी सहमति हुने संभावना कम भएको बताउनुभएको छ ।
माओवादीले हत्या गरेका दैलेखका पत्रकार डेकेन्द्र थापाले गाएको गीत ‘घुम कर्णाली फर्की यताको...’ म्यूजिक भिडियो आज ललितपुरमा सार्वजनिक गरिएको छ ।पाटनको यलमाया केन्द्रमा स्व.पत्रकार थापाको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । थापाले दैलेखी देउडा भाकामा गाएको गीतको म्यूजिक भिडियो उनी मारिनु भन्दा केही बर्ष अगाडि छायांकन गरिएको थियो । म्यूजिक भिडियोमा कर्णालीको किनारमा बसेर थापाले गाएका एउटा मात्र गीत छ ।
म्यूजिक भिडियोको निर्माण तथा निर्देशन पत्रकार ध्रुव बस्नेतले गरेका हुन् । सोही अवसरमा पत्रकार थापाको जीवनीमा आधारित बृत्तचित्र ‘न्यायको लडाई’ पनि प्रदर्शन गरियो ।
पत्रकार थापाको माओवादीले अपहरण गरेको ४५ दिनमा हत्या भएको, हत्यापछि नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगको पहलमा शव उत्खनन् गरेका घटनाक्रमहरु वृत्तचित्रमा समेटिएका छन् ।
म्यूजिक भिडियोको निर्माण तथा निर्देशन पत्रकार ध्रुव बस्नेतले गरेका हुन् । सोही अवसरमा पत्रकार थापाको जीवनीमा आधारित बृत्तचित्र ‘न्यायको लडाई’ पनि प्रदर्शन गरियो ।
पत्रकार थापाको माओवादीले अपहरण गरेको ४५ दिनमा हत्या भएको, हत्यापछि नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगको पहलमा शव उत्खनन् गरेका घटनाक्रमहरु वृत्तचित्रमा समेटिएका छन् ।

यसैबीच प्रधानमन्त्रीको विरोधमा आज भक्तपुरमा पत्रकारहरूले पनि कालोपट्टी बाँधेर समाचार सङ्कलन गरेका छन् । पत्रकारहरूको सुरक्षास्थिति गम्भिर बन्दै गएको र दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नहरूलाई कारवाही नगर्न प्रधानमन्त्रीले आदेश दिएपछि पत्रकारहरूले त्यसको विरोध गर्दै आएका छन् । जिल्ला अधिवेशनको क्रममा एकीकृत माओवादीले भक्तपुरको त्यौमडीमा सभा गरेको थियो ।