विश्वमा मोबाइल फोनका प्रयोगकर्ताको संख्या निकै आश्चर्यजनक ढंगले बढिरहेको छ । साँच्चीकै पछिल्ला वर्षहरुमा विकाशशील देशहरुमा मोबाइल प्रयोगकर्ताको संख्या यति विघ्न बढेको रहेछ की त्यो सुन्दा पनि हैरान लाग्नसक्छ । हो विश्वमा पछिल्लो २० वर्षमा मोबाइल प्रयोग कर्ताको संख्या करोडौँ प्रतिशतले बढेको हो ।
तथ्यांक अनुसार चिनमा सन् १९९२ मा १ लाख ७६ हजार जनासँग मात्र मोबाइल रहेकोमा सन् २०१२ मा १ अर्ब १ करोड जना मानिससँग मोबाइल फोन छ ।यस्तै अमेरिकामा सन् १९९२ मा मोबाइल प्रयोग कर्ताको संख्या १ करोड १० लाख रहेकोमा अहिले ३१करोड भन्दा बढि मोबाइल प्रयोगकर्ता पुगिसकेका छन् ।
यस्तै इण्डोनेसियामा २० वर्षअघि केबल ३५ हजार ५ सय ४६ जनासँग मात्र मोबाइल फोन रहेकोमा अहिले त्यो संख्या २५ करोड पुगेको छ ।जापानमा सन् १९९२ मा १७ लाख भन्दा केही बढि मानिससँग मात्र मोबाइल फोन थियो, जबकी सन् २०१२ मा १२ करोड १२ लाख जना जापानीको हातमा मोबाइल फोन छ । जर्मनीको कुरा गर्दा २० वर्ष अघि झण्डै १० लाख जना मोबाइल प्रयोगकर्ता रहेकोमा अहिले झण्डै एघार करोड छन् ।रोचक मोबाइल इतिहास त बंगलादेशको छ । २० वर्षअघि केबल अढाइ सय बंगलादेशी सँग मात्र मोबाइल फोन थियो । जबकी अहिले ८ करोड ६५ लाख बंगलादेशीसँग मोबाइल छ ।अझ रोचक कुरा त भारतको छ । सन् १९९२ मा भारतमा एक जना मानिससँग पनि मोबाइल फोन थिएन । जबकी अहिले ९१ करोड ९१ लाख भारतीय सँग मोबाइल फोन छ ।
त्यस्तै रुसमा २० वर्षअघि ८ हजार जनासँग मात्र मोबाइल फोन रहेकोमा अहिले झण्डै साढे २२ करोड रसियालीको हातमा मोबाइल छ ।अफ्रिकी मुलुक नाइजेरियामा पनि पछिल्लो २० वर्षमा मोबाइल प्रयोगकर्ताको संख्या सुन्यबाट ९ करोड नाघेको छ ।नेपालकै कुरा गरौँ २० वर्षअघि नेपालमा मोबाइल फोनको सुविधै थिएन । मोबाइल फोन सेवा सुरु भएको अझै पन्ध्र वर्ष पुगेको छैन । तर नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या १ करोड ६५ लाख पुगिसकेको छ ।
onlinekhabar.com

वेश्यालयले समय समयमा विभिन्न खालका सेक्स महोत्सव तथा प्रदर्शनीको आयोजना गर्ने समेत बताएको छ । यद्यपि उक्त सुविधासम्पन्न विशाल वेश्यालय ठ्याक्क कुन ठाउँमा खुल्नेछ भन्ने कुरा भने बताइएको छैन । विरोध प्रदर्शन हुने डरले अहिले एकिन स्थान खुलासा नगरिएको भएपनि उद्घाटन हुने दिनमा ठूलै सरप्राइज दिने धोको त्यसका संचालकको छ ।


अरुमाथि अपशव्द बोल्ने, अश्लील शव्द बोल्ने वा गाली बेइज्जती गरेको आरोपमा कोही मानिस पक्राउ परेको कुरा सुनिएकै हो । तर के यस्तै आरोपमा चरा पक्राउ परेको कुरा कहिल्यै सुन्नुभएको छ ? सायद यो असम्भव जस्तो विषय सुन्ने कुरै भएन । न त चरा अपशव्द बोल्छ, न त यस्तो आरोञपमा चरालाई अभियुक्त झैँ पक्राउ नै गरिन्छ भन्ने स्भाविक मान्यता होला तपाइँको । तर तपाइँको यो मान्यतालाई गलत सावित गर्ने एक अनौठो घटना चीनमा घटेको छ ।
चीनको एक चिडियाखानाका अधिकारीहरुले चिडियाखाना आउने पर्यटकलाई अश्लील शव्द बोलेर हैरान पारेको आरोपमा एक डांग्रे अर्थात् सारौँ चरालाई पक्रिएका छन् । अपशव्द बोलेको आरोपमा पक्राउ गरिएको चरालाई एकल हिरासतमा राखिएको बताइएको छ ।मध्य चीनको उहान स्थित जिउफेंग चिडियाघरमा यस्तो घटना भएको हो । उक्त डंग्रे चरालाई चिडियाखानाले लालन पालन गरी बोल्ने तालिम दिएर पाहुनाको स्वागत गर्ने जिम्मा दिएको थियो । सुगालाई जस्तो बोल्न सिकाइएको उक्त मैना चरालाई चिडियाखानामा आउने पाहुनासँग मीठा सम्वाद गरी स्वागत गर्न अह्राइएपनि त्यो चराले एकाएक पाहुनाहरुलाई फोहोर तथा अश्लील शव्द बोलेर गाली गर्न थालेपछि चिडियाखानाका अधिकारीहरु नै अचम्ममा परेका थिए ।आफुहरुले उक्त चरालाई सभ्य भाषा सिकाएको भएपनि चिडियाखाना घुम्न आएका कतिपय उरन्ठेउला युवाहरुले बोलेको अश्लील शव्दको सिको चराले गरेको र सोही अश्लील शव्द बारम्बार बोल्ने गरेको अधिकारीहरुको दाबी छ ।
अश्लील शव्द बोल्ने क्रम बढेपछि उक्त चरालाई समातेर एक्लै पिञ्जडामा राखिएको छ, ता की यस्तो शव्द बोल्ने उसको बानी छुटोस् र उसको त्यस्तो बोली भाषा अरु चराले पनि नसिकून् ।
यो प्रजातिको चराको निकै तिक्ष्ण स्मरण शक्ति हुने र मान्छेको बोलीको सहजै नक्कल गर्न सक्ने भएकाले केही आगन्तुकले बोलेको अश्लील शव्दलाई टपक्क टिपेर बोलेको हुनसक्ने अनुमान अधिकारीहरुको छ । एक अधिकारीका अनुसार चिडियाघरमा आउने केही युवाहरुले उक्त चरालाई नजिकै गएर अश्लील शव्द सुनाएर बोल्न लगाउने गरेका थिए ।
अहिले त्यस चरालाई सभ्य भाषा बोल्न सिकाउन चिडियाखानका कर्मचारी जुटिरहेका छन् । खराब बोल्ने बानी नछुटेसम्म उक्त चरा थुनामुक्त हुनेछैन । चिडियाखाना व्यवस्थापनले त्यहाँभित्र रहेका तालिमप्राप्त पंक्षीहरुलाई अपशव्द नसिकाउन आग्रह गर्दै चिडियाघर भित्र ठाउँठाउँमा सूचना समेत टाँसेको छ ।