रोग निको बनाउन चाहनुहुन्छ भने "रक्सीले नुहाउनुहोस"||



पश्चिमी युक्रेनको एक स्नानघरमा नुहाउनको लागि पानी होइन बियर दिइन्छ । स्नानघरमा जाँदा बियर दिएपछि बियरले नुहाउनर्पर्छ ।
युक्रेनको राजधानीबाट १२ माइल टाढा रहेको टर्नोपोलस्थित त्यस स्नानघर परम्परागत उपचार पद्धतिका पारखीहरुको लागि मक्का मदिना नै सावित भएको छ । वास्तवमा युक्रेनमा घरेलु उपचार पद्धति निकै चर्चित छ । घरेलु उपचारका केही विधिहरु निकै डरलाग्दा पनि छन् । ढाड दुखेको उपचार गर्न तातो गिलासले डाम्ने देखि लिएर खोकीको उपचारका लागि तेलमा चोपेर बालिएको कपडा छातिमा राखिदिने जस्ता डरलाग्दा विधि समेत अपनाउने गरिएको छ ।
रक्सीले नुहाउने स्नानघरमा स्वदेशी मात्र नभएर धेरै विदेश पनि धाउने गरेका छन् । बियरले नुहाउँदा मृगौलाको रोग निको हुने तथा अपचको समस्या पनि हट्ने विश्वास छ । त्यस्तै छालाजन्य रोगको उपचारमा पनि बियर बाथ थेरापीको प्रयोग हुने गरेको छ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको