नब्याउदै दुई महिना अघिबाटै गाईले दुध दियो

                  कैलाली जिल्लाको सदरमुकाम धनगढी नगरपालिका–८ शिक्षानगरका एक वृद्ध कृषकको गाईले नव्याउदै  दुध दिन थालेको छ ।
शिक्षानगरका ७४ बर्षिय लीलाधर अधिकारीको गाईले नव्याउँदै दुध दिएको हो । नस्लसुधार (कृतिम गर्भाधान)   गरेर जन्मेको र हुर्काएको अधिकारीको होलिस्टेन जातको गाईले पाँच दिन अघिदेखि असार २७ गतेदेखि दुध दिन थालेको हो ।
गाईले एक्कासी खान छोड्यो औषधि ल्याएर खुवायौ तर पनि खाएन कल्चौडो पनि निक्कै बढेको थियो नेपाल टेलिकममा कार्यरत अधिकारीका छोरा टेकनाथ अधिकारीले भन्नुभयो, त्यसपछि  थुनेलो रोग लागेको हो कि भनेर गाईलाई दुन थाल्दा त ब्याएको गाईले जस्तो खोटो दुध दिन थाल्यो ।
अहिले गाईलाई दुएर दुध, दही र मही वनाएर खाइरहेका छौ उहाँले भन्नुभयो शुरुमा एक पटक ( साँझ वा विहान ) सवा किलो दुध दिने गरेको गाईले अहिले डेढ किलो वढी दिन थालेको छ । गाईलाई दुन थालेपछि घाँस र पिडो वेस्सरी खान वेस्सरी थालेको लीलाधरले बताउनुभयो ।
यो गाईबाट वच्चा जन्माउनका लागि पनि कृतिम गर्भाधान गराएका हौ टेकनाथले भन्नुभयो त्यसअनुसार भदौ २५ गते गाई व्यानउनु पर्ने थियो खै के भएर हो नब्याउदै दुई महिना अघिबाटै दुध दिन थाल्यो ।
जिल्ला पशु कार्यालय कैलालीमा पनि यो आश्चर्यजनक घटना वारे जानकारी गराएको  टेकनाथले वताउनुभयो । पशु कार्यालयले दुध नुनिलो भए नखानु भनेको थियो दुध नुनिलो छैन गुलयो नै छ उहाँले भन्नुभयो ।
पशु विकास अधिकृत जयकृष्ण विष्टले २७ वर्षको जागिरे अवधीमा गाई नब्याउदै दुध दिन थालेको पहिलो घटना थाहा पाएको वताउनुभयो । हामीले त्यसबारेमा यहाँ पनि छलफल ग¥यौ केही निश्कर्ष निकाल्न सकेनौ उहाँले भन्नुभयोे अव केन्द्रमा जानकारी गराउदैछौ ।
अधिकृत विष्टले दुध खाँदा कुनै समस्या हुँदैन तर अहिले नै दुध दुएर खाँदा वाच्छो ख्याउटे जन्मन सक्ने सम्भावना रहेको बताउनुभयो  

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको