एक था टाइगर पाकिस्तानमा प्रतिबन्ध

                        बलिउडका नम्बर वान अभिनेता सलमान खानको पछिल्लो फिल्म एक था टाइगरले पाकिस्तानमा अड्चन बेहोर्नुपरेको छ । यो फिल्मको ट्रेलरलाई पाकिस्तान सरकारले प्रतिबन्ध लगाएपछि पाकिस्तानमा यो फिल्म नै प्रतिबन्धित हुने सम्भावना बढेको छ ।
समाचार एजेन्सी पिटीआइका अनुसार पाकिस्तान विद्युतिय मिडिया नियामक बोर्डले पाकिस्तानका केबल अपरेटर्स तथा स्याटेलाइट टेलिभिजन च्यानलहरुलाई एक था टाइगरको प्रोमो प्रशारण नगर्न निर्देशन दिएको छ । यो फिल्मले पाकिस्तानी जासुसी एजेन्सी आइएसआइको छविलाई गलत ढंंगले पेश गरेको भन्दै बोर्डले यस्तो निर्णय लिएको हो ।
तर फिल्मका निर्देशक कबीर खानले भने टि्वटर मार्फत आफ्नो फिल्मको बारेमा सफाइ दिँदै यो फिल्म कुनैपनि प्रकारको कट्टरवाद वा पाकिस्तानको विरोधी नरहेको बताएका छन् । उनले पाकिस्तान सेन्सर बोर्डले आगमी दिनमा यो फिल्मलाई पाकिस्तानका फिल्म हलमा प्रशारण हुन दिनेमा विश्वास व्यक्त गरेका छन् ।
स्मरण रहोस् यसअघि सैफ अली खानको फिल्म एजेंट विनोदले पनि पाकिस्तानमा प्रतिबन्ध बेहोर्नुपरको थियो । एक था टाइगरमा सलमान खान भारतीय जासुसी संस्था रअको एजेन्टको भूमिकामा छन् । जसलाई एक मिसनका रुपमा पाकिस्तानमा पठाइन्छ । यो फिल्ममा सलमानका अलवा कटरिना कैफ तथा रणविर शौरी लगायतको मूख्य भूमिका छ । एक था टाइगर आगामी अगष्ट १५ मा रिलिज हुँदैछ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको