शोभित बस्नेतको "दुलही रानी" प्रदर्शनका लागि तयार
निर्देशक बस्नेतले दुलही रानीको रिलिज लगत्तै नयाँ सिनेमा 'जाऊ हिड पोखरा' को पनि सुटिङ सुरू गर्ने बताए

यो बर्षमात्र तीन वटा सिनेमा निर्देशन गरिसकेका मेसिन निर्देशक बस्नेतले दुलही रानीको रिलिज लगत्तै नयाँ सिनेमा 'जाऊ हिड पोखरा' को पनि सुटिङ सुरू गर्ने बताए । उनले भने, 'यो बर्ष मेरो सिनेमाको संख्या चार पुग्ने पूर्व घोषणा अनुरूप 'जाउ हिड पोखरा' को काम पनि सुरू गरिहाल्छु ।' शोभितले बरदान र प्लानको सम्पूर्ण पोष्टप्रोडक्सन थन्क्याएर दुलही रानी बनाएका हुन् जुन सिनेमाको छायाकंन सुदुर पश्चिमका केही जिल्ला सहित भारतको नैनिताल, दिल्ली गेट, मेट्रो ट्रेनमा समेत गरिएको छ ।
प्लान मार्फत हिरोईनमा डेब्यू राजेन्द्र खड्गीको छोरी रागिनी मुख्य भूमिकामा छिन् । सिनेमामा जयकिशन बस्नेत मुख्य चरित्र भूमिकामा छन् भने मुकेश आचार्य, मौसमी मल्ल, रविन्द्र खड्का पनि प्रमुख कलाकार हुन् ।
by;filmykhabar.com
0 comments