माओवादीद्वारा दैलेखको पत्रिका र जिल्ला प्रशासन कार्यालयमा तोडफोड,खुकुरी र पेस्तोल देखाउँदै १० पत्रकारलाई डेकेन्द्रको हालतमा पुर्याउने चेतावनी
माओवादी कार्यकर्ताले दैलेखको 'हाम्रो तेस्रो आँखा' दैनिक र जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा माओवादी कार्यकर्ताहरुले गरेको आक्रमणबाट दुई जना कर्मचारी घाइते भएका छन्। कार्यालयमा आक्रमण गरी कम्प्युटर टेबल, कुर्सी र शिशाहरु तोडफोड गरेका छन्। आगजनी गर्न खोजे पनि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेपछि रोकिएको थियो। प्रतिकारमा आक्रमणकारीमध्ये ६ जना घाइते भएका छन्।माओवादी र विपक्षीबीच दुई पटक भएको झडपमा माउन्टेन टिभीका सञ्चारकर्मी कमल शर्मासहित केही घाइते भएका छन्।यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईसहित एमाओवादीका शीर्ष नेताहरु दैलेख पुगेका छन्। माओवादीले आमसभा गर्न लागेको ठाउँसम्म जाने बाटोमा पत्रकारहरुले सुतेर अवरोध गर्न खोजे पनि प्रहरीले उनीहरुलाई बल प्रयोग गरी हटाएका छन्। आज बिहान सदरमुकाममा उतारिएका २२ ट्रक वाइसिएल कार्यकर्ताहरुले सडकमा नाराबाजी गर्दै १० जना पत्रकारलाई डेकेन्द्रकै हालतमा पुर्याउने धम्की दिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन्। वाइसिएल कार्यकर्ताहरुले खुकुरी र पेस्तोल देखाउँदै हिँडेको उनीहरुले बताएका छन्।
0 comments