आन्दोलन छाडी सहमतिमा आउन विपक्षी दललाई प्रचण्डको आग्रह

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक संकट समाधानका लागि आन्दोलन छाडेर सहमतिमा आउन विपक्षी दललाई आह्वान गर्नुभएको छ । उहाँले मुलुक अप्ठ्यारो अवस्थामा रहेको भन्दै सहमतिको माध्यमबाटै समस्याको समाधान खोज्न आग्रह गर्नुभयो ।  पार्टी कार्यालय पेरिस डाँडा कोटेश्वरमा पुस्तकालय तथा सूचना केन्द्रको  उद्घाटन गनुहुँदै अध्यक्ष प्रचण्डले संविधानसभाको निर्वाचनबाट मात्रै समस्याको सामाधान हुने बताउनुभयो । उहाँले जेठको दोस्रो सातामा चुनाव गराउने विषयमा एकीकृत माओवादी तयार रहेको धारणा राख्नुभयो । उहाँले विपक्षी दलहरु निर्वाचनसँग डराएको पनि बताउनुभयो । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आउने महाधिवेसनबाट पार्टीले नयाँ दिशा र गति लिने पनि बताउनुभयो । उहाँले संसोधनवाद र दक्षिणपन्थका कारण कम्युनिष्ट आन्दोलनमा समस्या आएको पनि बताउनुभयो । प्रचण्डले दक्षिणपन्थी संशोधनवादको प्रतिनिधित्व एमालले र जडसूत्रीय संशोधनवादको नेतृत्व मोहन वैद्यले गरेको पनि टिप्पणी गर्नुभयो । पढ्ने सस्कृतिको विकास गर्ने भन्दै एकीकृत माओवादीको प्रचार विभागले पार्टी कार्यालयमा पुस्तकालय र सूचना केन्द्रको स्थापना गरेको हो ।  

, ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको