आन्दोलनरत चलचित्रकर्मीले चलचित्र विकास बोर्डमा फेरि ताला लगाए





आन्दोलनरत चलचित्रकर्मीले चलचित्र विकास बोर्डमा फेरि ताला लगाएका छन् । झण्डै एक सय जना चलचित्रकर्मीले नाराजुलुस सहित गएर बोर्डमा ताला लगाएका हुन् । विभिन्न माग राखी आन्दोलनमा उत्रिएका चलचित्रकर्मीले ६ दिनअघि लगाएको ताला प्रहरीले बुधबार बल प्रयोग गरी खुलाएको थियो । माग पूरा गर्नुको साटो प्रहरी लगाएर ताला तोडेको भन्दै चलचित्रकर्मी आक्रोशित बनेका छन् । बोर्डको स्वायत्तता, बोर्डमा चलचित्रकर्मीको नियुक्ति, बक्स अफिसको व्यवस्था लगायत माग राखेर चलचित्र सम्बन्धि विभिन्न ११ वटा संस्था आन्दोलनमा छन्| प्रहरीले शान्तीपूर्ण आन्दोलनमा रहेका करिब ४ दर्जन फिल्मकर्मीलाई पक्राउ गरेको छ |प्रहरीको पक्राउमा नायिका करिष्मा मानन्धर, अभिनेत्री बसुन्धरा भुषाल, लक्ष्मी गिरी, नायिकाहरू सुमिना घिमिरे, ऋचा सिंह ठकुरी, पूजना स्त्री, अभिनेत्री मौसमी मल्ल, कलाकार संघका अध्यक्ष नवल खड्का, द्धन्दकलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, निर्देशक सुरेश दर्पण पोखरेल, श्याम भट्टराई, एमएस अग्रज, बिमल पौडेल, नायक मुकेश ढकाल लगायतका फिल्मकर्मीको साथमा फिल्मीखबरकर्मी अनुप भट्टराई र अनलाईनखबरका बिजय आवाज रहेका छन् । एकतर्फी रुपमा आफ्नो बल प्रयोग गरेर सरकारले आफूहरूको आन्दोनललाई जति रोक्न खोजेपनि माग पूरा नभएसम्म यो आन्दोलन नरोकिने आन्दोलनरत फिल्मकर्मीहरुले जनाएका छन् |

, ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको