विद्यालय शान्ति क्षेत्र बनाउन दलको लिखित प्रतिवद्वता

फाल्गुन १६ - बागलुङमा क्रियाशील राजनीतिक दलका नेताहरुले विद्यालय शान्ति क्षेत्र घोषणा कार्यन्वयनका लागि नीतिगत तथा शैक्षिक सुधार गर्न पहल गर्ने लिखित प्रतिवद्धता जनाएका छन् । शिक्षामा देखिएको दलको दोहोरो नीतिलाई सुधार गर्दै जिल्लाका बिद्यालयलाई शान्ति क्षेत्रको रुपमा स्थापित गर्न आवश्यक भूमिका निर्वाह गर्ने उनीहरुले लिखित प्रतिवद्धता जनाएका हुन् । जिल्ला शिक्षा कार्यालय बागलुङको आयोजना, गाजा युवा क्लब र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालको संयोजन र सेभ द चिल्डे«ेनको सहयोगमा गरिएको जिल्ला संवादमा उनीहरुले प्रतिवद्धता जनाएका हुन् । दलकै आह्वानमा बन्द गरेका घटना नभएपनि भातृ संगठनको आव्हानमा हुने बन्द शैक्षिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिका विरुद्ध हुने भएकाले त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताइएको थियो भने सम्वादमा रहेका बन्दका बेला स्वास्थ्य क्षेत्र र एम्बुलेन्स जस्तै विद्यालयका गाडी र विद्यालयमा पठनपाठन निर्वाध रुपमा सञ्चालन गर्न दिने वातावरण बनाउन दलहरुलाई आग्रह गरेका छन् । प्रतिवद्धता पत्रमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले नेकपा–माओवादीका, राष्ट्रिय जनमोर्चाका र राष्ट्रिय जनशक्ति पार्टीलगायतका दलले हस्ताक्षर गरेका छन् ।

, ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको