'रिदम' को चर्चा संग संगै 'पागल म बन्न सक्छु' ले पनि उत्तिकै चर्चा कमायो


गत फाल्गुन २५ गते रिलिज भएको फिल्म 'रिदम' लाई दर्शकले जसरी रूचाएका छन् त्यसरी नै उक्त फिल्मको गीतलाई पनि उत्तिकै रूचाएको पाईएको छ । फिल्मका निर्देशक विकास आचार्यले दिएको जानकारी अनुसार फिल्मको पागल म बन्न सक्छु गीतको सिआरबिटी र पिआरबिटी गरेर ५० हजार भन्दा बढि डाउनलोड भईसकेको छ ।'जसरी नाइ नभन्नु ल फिल्मको गीतको रिङ व्याक टोनलाई रोचाईएको थियो त्यसरी नै रिदमको गीतको रिङ व्याक टोनलाई पनि रूचाईएको पाईएको छ, आचार्यले भने हिलेको स्पिडमा नै रिङ व्याक टोन डाउनलोड हुँदै भयो भने मात्रै पनि नाइ नभन्नु ल फिल्मको गीतलाई यसले उछिन्ने छ ।' नाइ नभन्नु लको रिङ व्याक टोनबाट मात्रै १२ लाख रूपैंया हात पारिसकेका निर्देशक आचार्यले रिदमबाट त्यो भन्दा बढि रकम हात पार्ने आश गरेको उनले  बताए ।रिङ व्याक टोनको राईट लिएको बुढा सुब्बा म्युजिकले आफूलाई राम्रो रकम उपलब्ध गराएकोले पनि फिल्मको ३० % लगानी यसै रिङ व्याक टोनबाट उठ्न सक्ने बिश्वास उनको छ । नेपाल सहित बिश्वका अन्य केहि मुलुकमा पनि बुढा सुब्बा रिङ व्याक टोनको सुबिधा उपलब्ध गराउने तयारी गरेकाले निर्देशक आचार्यको बिश्वास बढेको हो । यो समाचार तयार पारूञ्जेल सम्म बुढा सुब्बाका सञ्चालक नवराज गिरीले टिपाएको रिपोर्ट अनुसार सिआरबिटीमा महिला र पुरूषको गरेर २१ हजार भन्दा बढि पटक डाउनलोड भएको छ भने पिआरबिटीमा ३० हजार भन्दा बढि पटक डाउनलोड भएको छ ।
 दैनिक २ हजारको हाराहारीमा  सो गित डाउनलोड भैरहेकोछ  । प्रस्तुत गीतको शब्द रचना डा कृष्णहरि बरालले गरेका हुन् भने संगीत बसन्त सापकोटाको रहेको छ । स्वर भने स्वरूपराज आचार्य र रजिना रिमालले दिएका छन् । फिल्म नाइ नभन्नु ल को गीत पनि डा कृष्णहरि बरालले नै लेखेका हुन् र स्वर दिपक लिम्बु र रजिना रिमालले दिएका हुन् । संगीत भने महेश खड्काको रहेको थियो ।
यस्तै बिकास आचार्यले निर्देशक गरेको अर्को फिल्म 'म तिम्रो भईसकें' को गीत पनि निकै चर्चामा थियो तर रिङ व्याक टोन भने सोचे अनुरूपले डाउनलोड भएन । 'फिल्म खासै नचलेकाले पनि होला रिङ व्याक टोन धेरै डाउनलोड भएन,' निर्देशक आचार्यले भने । यो फिल्मको गीतमा पनि डा कृष्णहरि बरालको शब्द, बसन्त सापकोटाको संगीत तथा दिपक लिम्बु र रजिना रिमालको स्वर रहेको थियो ।

, ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको