एसएलसीको नतिजा सार्वजनिक
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०६९ सालको एसएलसीको नतिजा मंगलबार सार्वजनिक गरेको छ । प्रकाशित नतिजाअनुसार यस वर्ष ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले आज दिउसो सवा ३ बजे नतिजा सार्वजनिक गरेको हो । २०६९ सालको एसएलसी परीक्षामा कुल पाँचलाख ११ हजार सहभागी भएका थिए ।

का छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित तर्फ ४ लाख ३ हजार ९ सय ३६ मध्ये १ लाख ६७ हजार ९ सय ३५ जना पास भएका छन् ।यसमध्ये विशिष्ट श्रेणीमा १६ हजार ९ सय २४, प्रथम श्रेणीमा ७६ हजार १ सय ६५, द्वितीय श्रेणीमा ६९ हजार ८ सय ३० र तृतीय श्रेणीमा ५ हजार १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै एक्जाम्पटेडतर्फ १लाख ७ हजार २ सय २९ मध्ये ८ हजार ३ सय १८ जना पास भएका छन् । एक्जाम्पटेडमा बिशिष्ट श्रेणीमा कोहीपनि उतीर्ण भएका छैनन् । प्रथम श्रेणीमा एकसय १७, द्वितीय श्रेणीमा ५ हजार ८ सय ४८ र तृतीय श्रेणीमा २ हजार ३ सय ५३ जना पास भएका छन् ।
0 comments