काठमाडौँ, १४ भाद्र- काठमाडौं जमलस्थित ज्योति भवनमा आज आगलागी भएको छ । आगलागीबाट भवनमा रहेको नेपाल बैंक लिमिटेडको शाखा पूर्ण रुपमा क्षति भएको छ भने ग्राण्डी सिटी क्लिनिकमा सामान्य क्षति पुगेको छ । नेपाल बैंकको शाखाबाट विहान करिव ८ बजेदेखि शुरु भएको आगलागी नियन्त्रणमा ल्याउन झण्डै डेढ घण्टा लागेको थियो ।एक्कासी आगालागी भएपछि क्लिनिकमा रहेका ४ जना नर्सहरुलाई सकुसल बाहिर निकालिएको थियो । राससका अनुसार आगलागीबाट बैंकका अधिकांश कागजात, फर्निचरलगायत अन्य सरसामग्री जलेर नष्ट भएका छन् । बैंकको नगद लकर र अति महत्वपूर्ण कागजात भने सुरक्षित रहेको बुझिएको छ । आगो नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरका बारुणयन्त्रका अतिरिक्त नेपाली सेना र नेपाल प्रहरीका खानेपानी टयाङ्कीहरूसमेत प्रयोग गरिएको थियो ।सम्भावित क्षतीबाट जोगाउन भवनमा रहेका हिरो र होण्डा ब्राण्डका मोटरसाइकल तथा स्कुलर बाहिर निकालिएको थियो । मोटरसाइकल भएको शो-रुममा भने कुनै क्षति भएको छैन् । केन्द्रीय प्रसारणको विद्युत लाइन बन्द हुनासाथ आगलागी सुरु भएको हुनाले यूपीएस पडि्कएको हुनसक्ने सुरक्षा गार्डहरुले बताउछन ।
काठमाडौँ, ३० साउन - सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का नवनिर्वाचित अध्यक्ष मोहन चापागाईँले अकोराबबाट रेडियो हरु बाहिरिनु स्ववाभिक नभएको बताउनुभएको छ | मेरो एफ एम ९३.५ मेगाहर्ज को कार्यक्रम सालिन संबाद मा कुराकानी गर्नुहुदै उहाले कुनै पनि एक राजनीतिक दललाई साथमा नलिई अगाडी बढ्न नसकिने पनि प्रष्ट पर्नु भयो |सामुदायिक रेडियो अनि विज्ञापनको प्रसङ्ग उठाउदा उहाले आफुले गाउमा भैसी हराएको सुचना समेत प्रशारण गरेको र १८ दिन पछि सो भैसी भेटिएको दाबि समेत गर्नु भयो |सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को पाँचौ राष्ट्रिय अधिवेशनले मोहन चापागाईँको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरेको थियो,
अधिकांश पदमा सर्वसम्मती जुटेको भनिएपनि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीबीच पद बाँडफाँड भएको छ । आइतबार नै चुनाव हुने कार्यतालिका रहेपनि भागबन्डा नमिल्दा सोमबार रातिमात्र चुनावी प्रकृया थालिएको थियो| राजनीतिक दलहरुको चरम दवाव पछि (अकोराव) बाट झण्डै एक दर्जन रेडियोहरुले सदस्यता परित्यागको घोषणा गरेका थिए |
अधिकांश पदमा सर्वसम्मती जुटेको भनिएपनि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीबीच पद बाँडफाँड भएको छ । आइतबार नै चुनाव हुने कार्यतालिका रहेपनि भागबन्डा नमिल्दा सोमबार रातिमात्र चुनावी प्रकृया थालिएको थियो| राजनीतिक दलहरुको चरम दवाव पछि (अकोराव) बाट झण्डै एक दर्जन रेडियोहरुले सदस्यता परित्यागको घोषणा गरेका थिए |