राजनीतिक दललाई साथमा नलिई अगाडी बढ्न सकिदैन,गाउमा भैसी हराएको सुचना समेत प्रशारण गर्छौ -(अकोराब)अध्यक्ष मोहन चापागाईँ[भिडियो सहित]

काठमाडौँ, ०  साउन - सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का नवनिर्वाचित अध्यक्ष मोहन चापागाईँले अकोराबबाट रेडियो हरु बाहिरिनु स्ववाभिक नभएको बताउनुभएको छ | मेरो एफ एम ९३.५ मेगाहर्ज को कार्यक्रम सालिन संबाद मा कुराकानी गर्नुहुदै उहाले कुनै पनि एक राजनीतिक दललाई साथमा नलिई अगाडी बढ्न नसकिने पनि प्रष्ट पर्नु भयो |सामुदायिक रेडियो अनि विज्ञापनको प्रसङ्ग उठाउदा उहाले आफुले गाउमा भैसी हराएको सुचना समेत प्रशारण गरेको र १८ दिन पछि सो भैसी भेटिएको दाबि समेत गर्नु भयो |सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को पाँचौ राष्ट्रिय अधिवेशनले मोहन चापागाईँको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरेको थियो,
अधिकांश पदमा सर्वसम्मती जुटेको भनिएपनि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीबीच पद बाँडफाँड भएको छ । आइतबार नै चुनाव हुने कार्यतालिका रहेपनि भागबन्डा नमिल्दा सोमबार रातिमात्र चुनावी प्रकृया थालिएको थियो| राजनीतिक दलहरुको चरम दवाव पछि (अकोराव) बाट झण्डै एक दर्जन रेडियोहरुले सदस्यता परित्यागको घोषणा गरेका थिए |

[पाँचौ अधिवेशनले चयन गरेको नयाँ कार्यकारिणी समिति यसप्रकार छः]

अध्यक्षः मोहन चापागाईँ (रेडियो लुम्बिनी, रुपन्देही)
वरिष्ठ उपाध्यक्ष : किशोरजंग थापा (रेडियो गोरखा, गोरखा)
उपाध्यक्ष (जनजाति) : अर्जुन राई (मकालु रेडियो)
उपाध्यक्ष (दलित) : शिवजी गायक (रेडियो जागरण, रुपन्देही)
उपाध्यक्ष (महिला) : यमकुमारी केसी (रेडियो म्याग्दी)
उपाध्यक्ष (मधेसी) : तुलसीराम यादव (रेडियो कपिलबस्तु, कपिलबस्तु)
महासचिवः गोविन्द देवकोटा (रेडियो नारायणी, वीरगञ्ज)
सचिवः अर्जुन गिरी (रेडियो तुल्सीपुर, दाङ)
कोषाध्यक्षः सुवास खतिवडा (रेडियो धादिङ)

क्षेत्रीय संयोजक

पूर्वाञ्चलः राजेन्द्र किराती (रेडियो जनसन्देश, ……..)
मध्यमाञ्चलः होम पाठक (शैलुङ एफएम, ……….)
पश्चिमाञ्चलः भूमि चापागाईँ (विजय एफएम, नवलपरासी)
मध्यपश्चिमाञ्चलः इमानसिंह भारती (रेडियो प्युठान, प्युठान)
सुदुरपश्चिमाञ्चलः रमेश जोशी (रेडियो सुदुरआवाज, डडेल्धुरा)

सदस्यहरुः

खुलाः
शंकर धामी (रेडियो नयाँ नेपाल, दार्चुला)
पिताम्बर सिग्‍देल (रेडियो तमोर, …….)
लक्षमण खड्का (हाम्रो रेडियो, ………)
नेत्रकुमार केसी (रेडियो हिमाल, बाँके)
दिनेशकुमार थपलिया (रेडियो ध्रुवतारा, चितवन)/ लिला खनाल (रडियो सरगम, झापा) (बराबर मत ल्याएकाले आधाआधा कार्यकाल काम गर्ने)
दलितः भुवन सिंह (रेडियो मान्डवी, ………)
मधेसीः अजयकुमार यादव (रेडियो तराई, ……..)
सुनिलकुमार साह (समग्र एफएम, ……..)
महिलाः इन्दु बस्नेत (रेडियो गणतन्त्र राप्ती, दाङ)
प्रेमकुमारी घले (रेडियो मर्स्याङदी)
जनजातिः
महावीर राना (रेडियो लिस्ने आवाज, ……..)
बन्दना दनुवार (रेडियो उदयपुर, उदयपुर)
निवर्तमान अध्यक्ष मिनबहादुर शाही पदेन (रेडियो कर्णाली, जुम्ला)

लेखासमिति

संयोजकः तुला अधिकारी (कृष्णसार एफएम, बाँके)
सदस्यः सरोज पौडेल (कृषि रेडियो, धादिङ), शालिकराम शर्मा (रेडियो शारदा, सल्यान)
 मेरो एफ एम ९३.५ मेगाहर्ज को कार्यक्रम सालिन संबाद मा गरिएको कुराकानी यस्तो छ 

, , , , , ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको