बन्ने भो 'नाइ नभन्नु ल २' सुटिङ सुरु

नेपाली कथानक चलचित्र नाइ नभन्नु ल को सिक्वेल फिल्म नाइ नभन्नु ल २ बन्ने भएको छ र सुटिङ पनि सुरु भैसकेको छ ।नायक सुरज सिंह ठकुरी र प्रियंका कार्कीले पहिलो टेक दिएर सुटिङ शुरु गरिएको हो| वान टाईम सिनेमाको व्यानरमा तयार हुने यो चलचित्रलाइ विकाश आचार्यले निर्देशन गर्दैछन भने करिब ३५ दिनको सुटिङ सेड्यूल सहित सुटिङ शुरु गरिएको जानकारी पाइएको छ । यस फिल्ममा सुरज र प्रियंकाको अलावा सरोज खनाल,जीवन लुईटेल, अनुभव रेग्मी, सिताराम कट्टेल धुर्मुसु, सरिता लामिछाने लगायतको अभिनय पनि रहनेछ ।
0 comments