कक्षा ११ को परीक्षाफल प्रकाशित, ४० प्रतिशत पास

उच्च माध्यमिक शिक्षा परिषदले आज कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गएको जेठमा भएको परीक्षामा ४ लाख ३५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएकोमा जम्मा ४० प्रतिशत अर्थात १ लाख ९९ हजार ९ सय ८७ विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ १ लाख ४९ हजार ७९ जना र आंशिकतर्फबाट ५० हजार ९ सय ८ विद्यार्थी उत्तीर्ण भएका हुन् । झण्डै ६० हजार विद्यार्थी एउटा विषयमा फेल भएका छन् । एक विषयमा फेल हुने विद्यार्थी फागुन २५ गते मौका परीक्षा दिन पाउने उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ ।
0 comments