आँफै सिकिस्त बिरामी पर्यो जनमैत्री अस्पताल

उक्त ऋण तिर्न नसक्ने अवस्था भएपछि अहिले उनले व्यवस्थापनमा नयाँ मान्छे ल्याएका छन् । प्रभाकरको निर्देशनमा चल्दै आएको अस्पताललाई लिटिल एन्जेल्स स्कूलका सञ्चालक उमेश श्रेष्ठले पनि साथ दिँदै आएका छन् । जनयुद्धका घाइते तथा अपांग नेता कार्यकर्ताको उपचार गर्न भन्दै प्रभाकरले नेताहरुलाई लगानी गर्न उत्पेरित गरेको माओवादी नेताहरुले बताएका छन् । अहिले ऋण उपलब्ध गराउने बैंकहरुको सावाँ ब्याजसमेत डुब्ने अवस्था छ । प्रभाकरको आसेपासे र आफन्त नियुक्ती गर्दागर्दै ओधर स्टाफिङ भएर अस्पताललाई थप समस्या भएको कर्मचारीहरुको भनाइ छ । ऋण छिटो तिर्न बैंकहरुले ताकेता गरिरहेका छन् ।हिमालयन बैंकको नेतृत्वमा लगानी भएको उक्त रकम तिर्न नसक्ने भएपछि प्रभाकरले बैंकहरुको आँखामा छारो हाल्न र्खरै व्यवस्थापन परिवर्तन गरेका छन् । अस्पतालको नाममा करोडौँ रकम हिनामिना गरेको आरोप उनलाई माओवादीभित्रैबाट लाग्दै आएको छ । आजको सँाघु साप्ताहिकले यो समाचार छापेको छ ।
by;online.com
0 comments