संघीयतालाई स्वीकार गर्न नसक्दा संविधानसभा भंग भएको आरोप
डा. बाबुराम भट्टराईले कांग्रेस, एमालेसहितका दलहरुले संघीयतालाई स्वीकार गर्न नसक्दा संविधानसभा भंग भएको आरोप लगाउनु भएको छ ।
संविधानविनै संविधानसभाको कार्यकाल स्वत
समाप्त भएपछि मंसिर ७ गते अर्को चुनावको घोषणा गरेका प्रधानमन्त्री
भट्टराईले कांग्रेस एमालेल लगायतका पुराना दलहरु २०४७ सालको
संविधानभन्दामाथि उठ्न नचाहेकाले सहमति हुन नसकेको बताउनु भयो । ‘पूराना
राजनीतिक दलहरुले अन्त्यमा आएर संघीयता स्वीकार नगर्दा संविधान निर्माण
गर्न सकेनौं’ बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले
भन्नुभयो-’विषयगत समिति र आयोगको प्रतिवेदनलाई आधार बनाएर प्रक्रियामा जाउँ
भन्दा पनि उनीहरुले मानेनन् ।’
प्रक्रियामा पनि नजाने र सहमति पनि नगर्ने
कांग्रेस र एमालेका कारण संविधानसभा भंग भएको भन्दै उहाँले लोकतन्त्र,
धर्मनिरपेक्षता लगायतको संस्थागत गर्न अब हुने चुनावमा संघीयता पक्षधर
परिर्वतनकारी शक्तिहरुलाई दुई तिहाई मत दिन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री भट्टराईले कार्यकारी अधिकार
आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा रहने भन्दे राष्ट्रपतिलाई त्यसलाई
स्वीकार गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘असफलतालाई सफलतामा परिर्वतन
गर्नु नै विकासको परिचानयक हो’ उहाँले भन्नुभयो-’लोकतन्त्रको मुल मर्म
भनेको जनताको अभिमत प्राप्त गर्नुहो । त्यसैले यस पटकको संविधानसभाबाट
संविधान बन्न नसके पनि हामीले मंसिर ७ गते फेरि चुनावमा जाने निर्णय गरेका
छनैं ।’
उहाँले अब हुने चुनावमा संघीयता पक्षधर परिर्वतनकारी शक्तिहरुलाई प्रष्ट मत नदिएसम्म जनताको संविधान बन्न नसक्ने बताउनु भयो ।
0 comments