बनेन संविधान अनि रहेन ६० वर्ष लामो सपना, दशौं अर्बको लगानी र हजारौंको रगतसँग साटिएको संविधानसभा
६० वर्ष लामो सपना, दशौं अर्बको लगानी र हजारौंको रगतसँग साटिएको संविधानसभा आइतबार मध्यरात १२ बजे स्वत भंग भएको छ ।
यससँगै सरकारले दलहरुको असहमतिका बीच
आगामी मंसिर ७ गते संविधानसभाको अर्को चुनाव गर्ने घोषणा गरेको छ ।
कांग्रेस र एमालेले निर्वाचन गर्ने निर्णय स्वीकार्य नभएको बताएका छन् ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले
मंसिर ७ गते संविधानसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । अप्रिय हुँदा
हुँदै पनि एक मात्र विकल्प भएकाले निर्वाचनमा जाने निर्णय गर्नु परेको
अर्थमन्त्री वर्षमान पुन अनन्तले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठक
लगतै प्रधानमन्त्रीले राष्ट्रपति डा. रामवरण यादवलाई निर्णयबारे जानकारी
गराउनु भएको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फेरि
निर्वाचन गर्ने प्रस्ताव गरेपछि एमालेसहितका दलका मन्त्रीहरुले बैठक
बहिस्कार गरेका थिए । एमाले, राप्रपा, परिवार दलका मन्त्रीहरुले फेरि
निर्वाचन गर्ने प्रस्तावमा असहमति जनाएका हुन् ।
यसअघि २०६४ साल चैत्र २८ गते संविधानसभाको
निर्वाचन भएको थियो । निर्वाचनपछि ०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो
बैठक बसेको थियो । २ वर्षका लागि गठन भएको संविधानसभाको म्याद पटक पटक थपेर
आइतबार जेठ १४ सम्म अर्थात ४ वर्ष पुर्याइएको थियो । तर, अधिकांश विषयमा
सहमति जुटेपनि संघीयताबारे सहमति हुन नसकेपछि संविधानसभा असफल भएको हो ।
सर्वोच्च अदालतले जेठ १४ भित्र संविधान निर्माण गर्न र नसके अर्को
निर्वाचन, जनमत संकलन लगायतका संवैधानिक विकल्प खोज्न निर्देशन दिएको थियो ।
0 comments