६ वर्षयताकै सबैभन्दा बढी गर्मी सोमबार

राजधानीमा सोमबार ६ वर्षयताकै सबैभन्दा बढी गर्मी महसुस भएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले अनुमान गरेभन्दा पनि बढी तापक्रम पुगेको हो । महाशाखाले अघिल्लो दिन जस्तै सोमबार पनि अधिकतम तापक्रम ३२ देखि ३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरेको थियो । तर, त्यो भन्दा पनि बढेर सोमबार तापक्रम ३४ दशमलव २ डिग्री सेल्सियस पुगेको छ ।
‘यो यसवर्षको मात्रै नभएर झण्डै ६ वर्षयताको सबैभन्दा उच्च तापक्रम हो’ महाशाखाका मौसमबिद् बरुण पौडेलले भन्नुभयो । काठमाडौंमा तापक्रमले ३६ डिग्री नाघेको रेकर्ड पनि छ । ‘सन् १९८९ मा काठमाडौंको तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो’ महाशाखाका बरिष्ठ मौसमविद् मणिरत्न शाक्यले भन्नुभयो -’तापक्रमले नयाँ रेकर्ड नै चाहिं राखेको होइन, तर पछिल्ला केही वर्षको तुलनामा चाहिं बढेको हो ।’
राजधानी बाहिर पनि तापक्रम बढेको छ । सबैभन्दा बढी गर्मी हुने धनगढी र नेपालगंजमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । ‘यस वर्ष मनसुन पनि शुरु भैनसकेको र पि्रमनसुनमा समेत राम्ररी पानी नपरेकाले गर्मी बढेको हो’ मौसमविद पौडेलले भन्नुभयो । सामान्यतया जुन १० अर्थात आइतबारदेखि मनसुन शुरु हुनुपर्ने भएपनि अझै चारपाँच दिन लाग्ने अनुमान छ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको